काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) प्रतिनिधि सभा पुनःर्थापना गरेर नक्कली सरकार बनाउन चाहेको प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी, प्रदेश २ मा पहिलो चरण अन्तर्गत वैशाख १७ मा निर्वाचन हुने उल्लेख
२) बागमती प्रदेशको प्रदेश सभा बैठक स्थगनपछि नेकपा प्रचण्ड– नेपाल समूहका प्रदेश सभा सदस्य आन्दोलित, प्रदेश सभामुख अल्पमत सरकारको लाचार छायाँ बनेको अष्टलक्ष्मी शाक्यको आरोप
३) नेपालमा छापिएको अन्तःशुल्क स्टिकर प्रयोग गर्न सबैभन्दा ठूलो चुरोट उत्पादक सूर्य नेपालको अस्वीकार, स्टिकर लगाउने बेलामा भने स्क्यानर मेसिन जडान गर्न नसक्ने तर्क
४) म्यानमारमा सैनिक ’कू’ ः सत्तारूढ दलकी प्रमुख नेतृ आङ सान सुकीसहित सबै जननिर्वाचित सांसद सेनाको नियन्त्रणमा, राजधानी र प्रमुख शहरमा सञ्चार सम्पर्क विच्छेद
५) र, राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबद्वारा उदयपुरको चौदण्डीगढीविरुद्ध २२–० गोलअन्तरको जित, सावित्रा भण्डारीको मात्रै १२ गोल
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।