काठमाडौं- टेबल टेनिसकी ८ पटककी विजेता नविता श्रेष्ठले काठमाडौंको खुसिवुस्थित् पलेस्वान मार्गमा टेबल टेनिस एकेडेमी सञ्चालनमा ल्याएकी छिन्। सोमबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एकेडेमीको उद्घाटन गरे।
एकेडेमीमा अहिले तीन टेबल टेनिस बोर्ड रहेका छन्। एकेडेमीका बारेमा जानकारी गराउँदै सञ्चालक नविताले धेरै अगाडिदेखि एकेडेमी सुरु गर्ने सोच रहेको र त्यसलाई परिवारको सहयोग र साथले साकार बनाएको बताइन्।
‘डिप्लोमा पढ्दादेखि एकेडेमी सञ्चालन गर्ने सोच बनाएको थिएँ। १३औं सागपछि खेलाडीभन्दा पनि प्रशिक्षकको भूमिकामा आफूलाई उभ्याउने विचार गरेको थिएँ। त्यसैलाई यथार्थमा परिणत गरेको हो’, नविताले भनिन्।
त्यस्तै, नविताले टेबल टेनिसलाई व्यवसायिकतातर्फ लानुपर्ने भन्दै उपत्यका बाहिरबाट आएका खेलाडीलाई यो एकेडेमी सञ्चालनमा आएपछि सहज हुने बताइन्।
एकेडेमीको उद्घाटन गर्दै ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले खेल जीवनपछि खेलाडीहरूको भविष्यको सुनिश्चितता नभएका कारण बिचैमा खेल छोड्ने र खेलाडीले क्षमता अनुसारको उच्च प्रदर्शन गर्न नसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।