नयाँ दिल्ली- भारतीय समाचार संस्था ‘द वाइर’का संस्थापक सम्पादक सिद्धार्थ बर्धराजनविरूद्ध एफआइआर रिपोर्ट दर्ता भएको छ।
बर्धराजनले भारतमा चलिरहेको किसानको प्रदर्शनको क्रममा निकालिएको ट्र्याक्टर र्यालीमा प्रहरीको गोली लागी एक युवकको मृत्यु भएको समाचार ट्विटरमा सेयर गरेपछि उत्तर प्रदेश पुलिसले एफआइआर दर्ता गराएको हो।
शुक्रबार प्रकाशित भएको उक्त समाचारमा मृतक नवरीत सिंहको परिवारको बारेमा उल्लेख गरिएको थियो। सिंहका परिवारले ट्र्याक्टर पल्टेर सिंहको मृत्यु भएको भनी प्रहरीले दिएको खवर झुटो भएको जनाएको समाचारमा उल्लेख गरिएको छ। परिवार भने सिंहलाई गोली हानी हत्या गरिएको बताउँदै आएका छन्।
भारतको रामपुर जिल्लाका एक स्थानीयवासी सञ्जु तुराहाले प्रहरीमा बर्धराजनका विरूद्ध उजुरी दिएका थिए। एफआइआरमा बर्धराजनले सेयर गरेको ट्वीटबारे उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।