• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

प्रधानमन्त्री कप : अपेक्षितको फितलो प्रदर्शन, नयाँको लोभलाग्दो

64x64
सराेज तामाङ शनिबार, माघ १७, २०७७  १९:५६
1140x725

काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नाम चलेका खेलाडी छायाँमा पर्दा केही युवा खेलाडीको प्रदर्शन भने उत्कृष्ट रह्यो। टिममै पर्न संघर्षरत केही खेलाडीले आफूलाई प्रमाणित गरे भने सिनियर खेलाडीको प्रदर्शन बिर्सनलायक रह्यो।

नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को प्रतिबन्धमा पर्दा नेपाली घरेलु प्रतियोगिता मरेर गयो। खेलाडीहरू 'बेवारिसे' भए। घरेलु प्रतियोगितालाई चलायमान राख्न र खेलाडीको अभिभावकत्व ग्रहण गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सन् २०१७ बाट प्रधानमन्त्री कप सुरु गर्‍यो।

आइसिसीको प्रतिबन्ध फुकुवा भएपछि पहिलो पटक प्रधानमन्त्री कपको आयोजना क्यानले माघ २ देखि १७ गतेसम्म मूलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानमा सम्पन्न गर्‍यो। प्रतियोगिता नहुनुभन्दा भएकै बेस भनी धेरथोर कमीकमजोरी भुल्ने हो भने खेलाडीले आफ्नो प्रतिभालाई प्रस्फुटन गर्न पाए। 

नाम चलेका केही र राष्ट्रिय टिमका सिनियर खेलाडीको नै प्रदर्शन प्रधानमन्त्री कपमा उत्कृष्ट रहेन। चोटका कारण लामो समय थला परेका र केही युवा खेलाडीको प्रदर्शन भने तारिफयोग्य नै रह्यो।

चाहे त्यो, गण्डकी प्रदेशका विशाल पौडेलको ह्याट्रिक विकेट होस्, या १५ वर्षीय अर्जुन कुमालको निडर ब्याटिङ। अझ सुनील धमला र विनोद भण्डारीको शतकले प्रतियोगितालाई थप रोचक बनायो। टिममै पर्न संघर्ष गरिरहेका पृथु बास्कोटाको उच्च प्रदर्शनले सबैको ध्यान तानेको हुनुपर्छ।

बदलासहितको उपाधि
प्रधानमन्त्री कपमा यसअघि पनि आर्मीलाई नै पराजित गर्दै एपिएफले उपाधि जितेको थियो। लगातार दुई पटक फाइनलमा पुगेर उपविजेता बनेको आर्मीले चौथो संस्करणमा भने एपिएफलाई ३३ रनले पराजित गर्दै उपाधि चुम्यो।

Ncell 2
Ncell 2
nimb
nimb

 

 

 

Xtrem

Xtrem

 

 

 

 

 

 

 

२१२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपिएफले ४१.३ ओभरमा सबै विकेटको क्षतिमा १७८ रन मात्र बनाउँदा उपाधि आर्मीको पोल्टामा पुग्यो। आशिफ शेखले अर्धशतक बनाएपनि अन्य खेलाडी सस्तैमा समेटिदा एपिएफको उपाधि यात्रा समाप्त भएको थियो। आशिफले ६१, सन्दीप जोराले २९, शंकर रानाले २१, सुमित महर्जनले १९ र सुवास खकुरेलले १४ रन बनाए। बलिङतर्फ आर्मीका विक्रम सोब, जितेन्द्र मुखिया र शाहब आलमले समान ३–३ विकेट लिए।

५० ओभर खेल्न नसक्नु नै हारको मुख्य कारण भएको कप्तान शरद भेषवाकर बताउँछन्। कप्तान शरदले भने, ‘हामीले ५० ओभर खेल्न सकेनौं। हारको मुख्य कारण यही बन्यो। महत्वपूर्ण क्याचहरु छुट्यो। आर्मीले राम्रो खेल्यो।’

शीतले ओसिलो मैदानमा टस हारेसँगै ब्याटिङको निम्तो पाउँदा आर्मीले केही नयाँ प्रयोग गर्‍यो। यसअघि नवौं नम्बरमा ब्याटिङ गर्ने सुसन भारीलाई आर्मीले ओपनिङमा ल्याएको थियो। तर ३२ रनमा पहिलो विकेटको रुपमा सुसनलाई गुमाएको आर्मीले ठूलो स्कोर बनाउन सकेन। ५० ओभरमा ९ विकेटको क्षतिमा २११ रनमै खुम्चिएको आर्मीका लागि हरि चौहानले अर्धशतकसहित ५८, राजेश पुलामी मगरले २८, शाहब आलमले अविजित २५ र लोकेश बमले १५ रन जोडे। बलिङतर्फ एपिएफका अविनाश बोहराले चार र किशोर महतोले दुई विकेट लिए। 

दुवै टिमले नराम्रो खेल खेलेका बताएका आर्मीका कप्तान उपाधि जित्दा निकै दंग छन्। कुनै एक बेला एपिएफको पोल्टामा गइसकेको उपाधि आर्मीले जित्दा सन्दीप जोराको विकेट मुख्य ‘टर्निङ पोइन्ट’ बन्यो। यो कुरालाई कप्तान विनोद पनि स्वीकार्छन्।

‘हामीलाई सुरुमा ब्याटिङ गर्न सजिलो थिएन। त्यही भएर पनि सुसनलाई ओपनिङमा पठायौं। एकपछि अर्को विकेट गइरहेको थियो। फिनिसिङ पनि सोचे जस्तो भएन,’ कप्तान विनोद थप्छन्, ‘बलिङमा निकै राम्रो गर्‍यौँ। सन्दीप जोराको विकेट नै हाम्रो जितको आधार बन्यो।’

आधा पुरस्कार राशि
लगातार तीन संस्करणको उपाधि विजेता टिमले २० लाख नगद पाउँदा उपविजेताले १० लाख पाए। राखेपले गरेको प्रतियोगितामा राखिएको पुरस्कार राशिले खेलाडीलाई एक प्रकारको ऊर्जा नै पैदा गरेको थियो।

त्यसो त, प्रधानमन्त्री कपमा २० लाख रुपैयाँ पुरस्कार राशि राख्दा त्यो बेला भइरहेको चर्चित फ्रेन्चाइज लिगले पुरस्कारमा वृद्धि नै गर्नु परेको थियो। यसले पनि प्रतियोगिताको स्तरलाई बढाएको थियो।

चौथो संस्करणको प्रधानमन्त्री कप चलिरहेकै बेला ढिलो गरी क्यानले पुरस्कार राशि घटाएर आधा मात्र बनाएको छ। यसले खेलाडीमा थप ऊर्जा मिलेको छैन। क्यानको यस्तो निर्णयले राम्रो सन्देश पनि गएको छैन।

प्रतियोगिताको 'म्यान अफ द सिरिज' एपिएफका कमलसिंह ऐरी घोषित भए। उनले ५० हजार पाए। उत्कृष्ट ब्याट्सम्यान बागमती प्रदेशका पृथु बास्कोटा हुँदा उत्कृष्ट बलर आर्मीका शाहब आलम घोषित भए।

त्यस्तै, उदयीमान खेलाडीमा प्रदेश २ का विवेक कुमार यादव घोषित भए।

२ शतक, २९ अर्धशतक
प्रधानमन्त्री कपमा २ शतक बन्दा २९ अर्धशतक बन्यो। यो पटकको प्रधानमन्त्री कपमा पहिलो शतक आर्मीका कप्तान विनोद भण्डारीको बनाए। उनले गण्डकी प्रदेशविरुद्ध ७३ बलमा शतक बनाएका थिए। ७६ बलमा ९ चौका र ५ छक्का प्रहार गरेका विनोद १११ रनमा अविजित रहे।

त्यस्तै, अर्को शतक नेपाल पुलिसका सुनील धमलाले बनाए। सुनीलले लुम्बिनी प्रदेशविरुद्ध १०४ रन बनाएका थिए।

प्रतियोगितामा २९ अर्धशतक बन्दा एपिएफका आशिफ शेखले तीन अर्धशतक बनाए। उनले फाइनलमा आर्मीविरुद्ध ६१, गण्डकी प्रदेशविरुद्ध ७८ र प्रदेश १ विरुद्ध ५९ रन बनाए।

त्यस्तै, बागमतीका पृथु बास्कोटा, लुम्बिनीका सौरभ खनाल, प्रदेश २ का विबेक कुमार यादव, बागमति प्रदेशका आदिल खान र प्रदेश २ का हरिशंकर शाह समान २–२ अर्धशतक बनाए। राजेश पुलामी मगर, सुनिल धमला, सन्दीप जोरा, दिपेन्द्रसिंह ऐरी, अनिल मण्डल, सन्दीप राजाली, कुशल भुर्तेल, हेमन्त ओली, सन्जु दमाई, इशान पाण्डे, सिद्धान्त लोहनी, हिमांशु शाही, पवन सर्राफ, समीर कँडेल, हरि चौहान र विबेक मेहेताले अर्धशतक बनाए।

लयमा फर्किए पृथु
कुनै एक बेलाका उत्कृष्ट खेलाडी उमेर समूह हुँदै राष्ट्रिय टिममा समेत राम्रो छाप छोडे। नेपाली राष्ट्रिय क्रिकेट कप्तानी गर्न सक्ने खुबी भएको खेलाडीको रुपमा समेत हेरिएका पृथु एकाएक 'गायब' जस्तै बने।

चोटले लामो समय ग्रसित भएका पृथुले चौथो संस्करणको प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरे। बागमती प्रदेशका पृथुले ५ खेलबाट २१५ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा रहे।

लय बाहिर रहेका पृथु आफूलाई प्रमाणित गर्न नै इखले खेलेका बताउँछन्। हुन पनि पृथुले यो सिजनमा २१५ रन बनाउँदा दुई अर्धशतक बनाए। सुदूरपश्चिम प्रदेशविरुद्ध ८४ रन बनाउँदा प्रदेश २ विरुद्ध ५३ रन जोडे। पुलिस क्लबविरुद्ध पनि उनले ४८ रन बनाए। यो उत्कृष्ट प्रदर्शनसँगै राष्ट्रिय टिममा स्थान बनाउने उनको सम्भावना बलियो भएको छ। 

त्यस्तै, प्रतियोगितामा तीन अर्धशक बनाएका आशिफ शेख सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो नम्बरमा रहे।

आशिफले पाँच खेलबाट २०६ रन जोडे। त्यस्तै, प्रतियोगितामा राजेश पुलामी मगरले २०४, सुनील धमलाले १९०, सौरभ खनालले १८२ र सन्दीप जोराले १८१ रन बनाए।

बलिङमा अविनाश
अविनाश टी-२० मा मात्रै हैन एकदिवसीय क्रिकेट खेलमा पनि उत्कृष्ट हुन् भन्ने कुरा उनले प्रमाणित गरेका छन्। उनले पाँच खेलबाट १४ विकेट लिए। एपिएफ फाइनलसम्म पुग्न अविनाशको पनि निकै ठूलो भूमिका छ।

राष्ट्रिय टिमका नियमित सदस्य अविनाशलाई विशेषगरी टी-२० क्रिकेटको लागि स्थान दिइँदै आएको थियो। तर ५० ओभरको प्रधानमन्त्री कपमा सर्वाधिक विकेट लिने खेलाडी बने।

त्यस्तै, बागमती प्रदेशका गौतम केसीको बलिङ पनि उत्कृष्ट रह्यो। मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेटबाट घरेलु प्रतियोगितामा देखिएका उनले त्यो सिजन एक खेल मात्रै खेलेका थिए। गौतम केसीले यो पटक पनि बागमती प्रदेशबाट मात्र तीन खेल खेल्ने अवसर पाए। तर यो तीन खेल नै उनलाई प्रमाणित गर्ने पर्याप्त खेल बन्यो।

उनले ३ खेलबाट ११ विकेट लिए। सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा उनी दोस्रो स्थानमा छन्। उनको किफायती बलिङमा विपक्षी खेलाडी सिकार बने। आर्मीविरुद्ध उनले एकै खेलमा पाँच विकेट लिएका थिए।

आर्मीका शाहब आलमले ५ खेलबाट १० विकेट लिँदा एपिएफका कमलसिंह ऐरी र बागमतीका रामनरेश गिरीले समान १०–१० विकेट लिए। त्यस्तै, भुवन कार्की र सुसन भारीले प्रतियोगितामा समान ९-९ विकेट लिए।

प्रधानमन्त्री कपमा केही नयाँ खेलाडीले लोभलाग्दो प्रदर्शन गर्दा निकै आश गरिएका खेलाडीको प्रदर्शन भने फितलो रह्यो। राष्ट्रिय टिमका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले ५ खेलबाट १०० रन बनाए। तर सोचे जस्तो प्रदर्शन उनको भएन। आर्मीविरुद्ध उनले बनाएको ४७ रन नै सर्वाधिक बन्यो।

शरद भेषवाकरकै कप्तानीमा एपिएफ टिम उविजेता बनेपनि उनको प्रदर्शन भने स्मरणीय रहेन। उनले ६ खेलबाट ७५ रन मात्रै बनाए। जहाँ उनको सर्वाधिक उच्च स्कोर २४ रन रह्यो। त्यस्तै, रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी लगायतका खेलाडीको प्रदर्शन त्यति राम्रो भएन।

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  १९:५६
  • #आइक्यान-
  • #राखेप
  • #प्रधानमन्त्रीकप
  • #नयाँखेलाडी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले कम्पनीले खेलाडीसँग सहकार्य गरेको जना... आइतबार, असोज १८, २०८३
मोइन अलीले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अली नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सबाट खेल्ने... आइतबार, असोज १८, २०८३
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाड क्रिकेटमा स्वर्ण पदक शनिबार भएको फाइनलमा भारतले दिएको २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रन मात्रै बनाउन सक्यो । शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
प्रवासीका एजेन्डासहित नवराज शिवाकोटी कांग्रेस केन्द्रीय सदस्य लड्ने सोमबार, असोज १९, २०८३
कांग्रेसमा उम्मेदवारी शुल्क तोकियो, सभापतिका लागि ४० हजार सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशन : आज बेलुका मतदाता नामावली प्रकाशन गरिने, २२ गते मतदान सोमबार, असोज १९, २०८३
सभापति गगनको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो सोमबार, असोज १९, २०८३
कार्टुन सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्