• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोभिड-१९ को खोपबारे जान्नैपर्ने ६ तथ्य

दीपक अधिकारी शनिबार, माघ १७, २०७७  १०:३०
1140x725

भारतबाट अनुदानमा प्राप्त कोभिड-१९ विरुद्धको खोप माघ १४ गतेदेखि नेपालमा लगाउन शुरु भएसँगै यस खोपको बारेमा विभिन्न जिज्ञासा र संशय उत्पन्न भएका छन्। भारत सरकारबाट अनुदानमा उपलब्ध, बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टीच्युट अफ इण्डियाले उत्पादन गरेको कोभिशिल्ड नामक यस खोप नेपालमा हजारौँ अग्रपंक्तिमा काम गर्ने कर्मचारी र स्वास्थ्यकर्मीले लगाइसकेका छन्। उक्त १० लाख डोज खोप दुई पटक गरी करीब साढे चार लाखलाई लगाइँदैछ।

कस्तो हो कोभिशिल्ड खोप ?

हालै नेपालमा लगाउन शुरु गरिएकाे काेभिशिल्ड खाेपकाे भायल। तस्बिर: उमेश नेपाल

विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक सिरम इन्स्टीच्युट अफ इण्डियाले यस खोपको उत्पादनका लागि अनुमति पाएपछि उसले कोभिशिल्ड नामक खोपको उत्पादन शुरु गरेको हो। यस खोपमा एडेनोभाइरस भनिने रुघाखोकी सार्ने भाइरसको कमजोर वा परिमार्जित संस्करण प्रयोग गरिएको छ। यस खोपले हाम्रो शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोनाभाइरस पहिचान गर्न मद्दत गरी त्यस विरुद्ध एन्टिबडी बनाउन लगाउने विज्ञहरुले बताएका छन्।

कुन खोपले कसरी काम गर्छ ?
‘नन रिप्लिकेटिङ भाइरल भेक्टर’ मा आधारित कोभिशिल्ड खोपले हाम्रो शरीरमा प्रोटिन बन्न मद्दत गर्छ। “यसले शरीरमा प्रोटिन बन्न मद्दत गर्छ र हाम्रो रोग प्रतिरोधी प्रणालीले कोरोनाभाइरसको प्रोटिनलाई चिन्छ। अनि शरीरले यस विरुद्ध लड्न एन्टिबडी बनाउँछ,” जापानको ओशाका सिटी विश्वविद्यालयबाट विद्यावारिधि गरेकी विषाणु विज्ञ (भाइराेलाेजिस्ट) लुना भट्ट शर्माले साउथ एसिया चेकलाई बताइन्।

त्यस्तै अमेरिकी कम्पनी मोडर्ना र फाइजर-बायोएनटेककाे सहकार्यमा विकसित खोपहरु मेसेन्जर आरएनए प्रविधिमा आधारित हुन्। यो नयाँ खाले प्रविधिमा आधारित खोप हो। अधिकांश खोपले शरीरको प्रतिरोधी क्षमतालाई सक्रिय बनाउँछ जसका लागि खोपमार्फत कमजोर वा निष्क्रिय भाइरस शरीरमा पठाइन्छ। तर मेसेन्जर आरएनएले हाम्रो शरीरको प्रतिरोध प्रणाली सक्रिय बनाउनका लागि शरीरका कोषलाई प्रोटिन बनाउन सिकाउँछ। “यो प्रविधिमा एन्टिबडी बनाउन जीवित वा निष्क्रिय भाइरस चाहिँदैन, प्रोटिन भए पुग्छ,” भाइराेलाेजिस्ट शर्माले भनिन्, “यसरी हाम्रो जिनलाई म्यानिपुलेट गर्न मिल्छ। त्यसैले मोडर्ना र फाइजरको खोप धेरै गुणा सुरक्षित मानिन्छ।”

त्यस्तै खोप विकासको अर्को प्रविधिमा भाइरसलाई निष्क्रिय पारिन्छ तर त्यसो गर्दा ‘केमिकल’ प्रयोग गरिन्छ। भारत बायोटेकबाट उत्पादित र भारतको नियमकारी निकायले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको कोभ्याक्सिन नामक खोप यो प्रविधिमा आधारित छ। भारतको नेसनल इन्स्टीच्युट अफ भाइरोलोजीमा कोरोनाभाइरसको एक नमुना प्रयोग गरी यो खोपको विकास गरिएको हो। दुई दशक पुरानो यस कम्पनीले १६ वटा खोप बनाई १२३ देशमा आपुर्ति गरिसकेको बिबिसीको एक रिपोर्टमा जनाइएको छ । तर यसको तेस्रो चरणको परीक्षण र यसको विकासक्रम बारे प्रश्न उठेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

न्युयोर्क टाइम्सको एक आलेख अनुसार कोभ्याक्सिन बेटाप्रोपियो ल्याक्टोन नामक रसायन प्रयोग गरी यसलाई निष्क्रिय बनाइएको हो। “यसमा भाइरस मरिसकेकाे हुन्छ। अब यो (खोप) सुरक्षित छ भने पनि कहिलेकाहीँ रसायन हाल्ने बेलामा राम्रोसँग भएन भने केमिकलको मात्रा रहिरहन सक्छ,” भाइरोलोजिस्ट शर्माको भनाइ छ। यदि उक्त भाइरस शत प्रतिशत मृत भएन भने रोग लाग्नसक्ने जोखिम पनि रहेको उनले बताइन्।

कोभिशिल्ड गर्भवती वा स्तनपान गराइरहेका महिलाले लगाउनुहुन्छ ?
गर्भवती महिलाले यो खोप लगाउनु हुन्छ कि हुँदैन भन्ने बहस अहिले नेपालका विज्ञहरुबीच पनि चर्केकाे छ। गर्भवती वा स्तनपान गराइरहेका महिलालाई खोपको परीक्षणमा सामेल नगराइएकोले लगाउनु नहुने एकथरिको तर्क छ। अर्काथरिले गर्भवती महिला आफैले खाेप लगाउने नलगाउने निर्णय गर्नुपर्ने र काेभिड-१९ काे उच्च जाेखिममा रहेकालाई लगाउने विकल्प खुल्ला छाड्नुपर्ने बताउँछन्। अधिका‌ंश पश्चिमा देशले सबै उमेर समूह र अवस्थाका मानिसलाई खोप लगाएको र यस महामारीको जोखिम ठूलो भएकाले लगाउन समेत सुझाइएकाे छ।

भारतको इण्डियन एक्सप्रेसका अनुसार शरीरमा गर्भ रहँदा शरीरको प्रतिरोधी प्रणाली र भाइरसको संक्रमणप्रति त्यसको प्रतिक्रियामा बदलाव आउने भएकाले गर्भवती महिलालाई खोप नलगाउन त्यहाँको स्वास्थ्य मन्त्रालयले सुझाएको छ। बेलायत सरकारले जारी गरेकाे खोपसम्बन्धी सूचनामा समेत कोभिड-१९ को धेरै जोखिम नभएको अवस्थामा बच्चा जन्माइसकेपछि खाेप लगाउन र पहिलो डोज लगाएपछि गर्भवती भएमा दोस्रो डोज बच्चा जन्माइसकेपछि मात्र लगाउन सुझाइएको छ। त्यसैगरी स्तनपान गराइरहेका महिलाले पनि त्यो रोकिएपछि मात्र खोप लगाउनु उपयुक्त हुने बताइएको छ।

भाइरोलोजिस्ट शर्माका अनुसार काेभिड-१९ काे एकदमै जोखिममा रहेको अवस्थामा खोप लगाउनु सही हुने भएपनि गर्भवती महिलाले कोभिशिल्ड लगाउनु उपयुक्त हुँदैन। “यसले गर्भवती महिलामा पार्ने असरबारे रिसर्च नै भएको छैन। कसरी भन्ने र लगाउनुहुन्छ भनेर ?” उनले भनिन्। नेपालमा गर्भवतीलाई यो खोप नलगाइएता पनि स्तनपान गराइरहेका महिलालाई भने लगाइएकाे छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अनि ६५ वर्ष माथिकाले नि ?

नेपालले ज्येष्ठ नागरिकलाई समेत खोप दिने घोषणा गरेको छ। तर यो खोपको परीक्षणमा बढीजसो वयस्कले भाग लिएकाले बुढाबुढीका लागि प्रभावकारी हुँदैन कि भन्ने आशंका उत्पन्न भएको छ। यस विषयमा पनि वैज्ञानिकहरुबीच मत बाझिएको छ। जर्मनीले हालैमात्र ६५ वर्ष माथिकालाई अक्सफोर्ड एस्ट्राजेनेका खोप हाललाई नलगाउने घोषणा गरेको छ। द गार्जियनको एक लेखका अनुसार ६५ वर्ष माथिका मानिसलाई यो खोप कति प्रभावकारी हुन्छ भन्ने थाहा पाउन पर्याप्त तथ्यांक नभएकाले जर्मनीले त्यस्तो निर्णय लिएको हो। तर ६५ वर्ष माथिका बुढाबुढीमा पनि यो खोप प्रभावकारी हुने विज्ञहरुले बताएका छन्। “निष्पक्ष रुपमा भन्दा ६५ वर्ष माथिका बुढाबुढीमा त्यसै पनि रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ। दीर्घरोगीले यो खोप लिन मिल्दैन। भ्याक्सिन भन्दैमा जतिखेर पनि जति पनि लिने भन्ने हैन,” शर्माले भनिन्, “६५ वर्ष माथिका मानिसबीच कम परीक्षण भएको र नतिजा पनि कम आएको हो।” इण्डियन एक्सप्रेसको एक्सप्लेनरमा पनि कमजोर रोग प्रतिरोधी क्षमताका वा रोग प्रतिरोधसम्बन्धी औषधि सेवन गरिरहेकाले भारत बायोटेकबाट उत्पादित कोभ्याक्सिन नलगाउनु भनी विज्ञहरुले सुझाएको उल्लेख छ।

यो खोप लगाइसकेपछि के कस्ता असर देखिन्छन्?
कोभिशिल्ड खोप लगाएको व्यक्तिमा जिउ दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिनेगरेको चिकित्सकहरुले बताएका छन्। यस्ता लक्षणबाट आत्तिनु नपर्ने बरु यसबाट खाेपले काम गरेकाे पुष्टि हुने उनीहरुले बताए।

पहिलो दिन खोप लगाउने संख्या कम भएपनि दोस्रो दिनदेखि संख्या बढेको साउथ एसिया चेकले कुरा गरेका स्वास्थ्यकर्मीहरुले बताएका छन्। “मान्छेले वेट एण्ड वाच गरेका रहेछन् भन्ने थाहा भयो,” नुवाकोटस्थित सरकारी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट दिपेन्द्र पाण्डेले भने। बुटवलको लुम्बिनी अस्पतलाका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र खनालले मानिसहरुलाई मनोवैज्ञानिक रुपमा आश्वस्त बनाउन जानकारी दिन जाेड दिँदै खाेप कार्यक्रम अन्तर्गत आपत्कालीन स्वास्थ्यसेवा पनि उपलब्ध गराइएको बताए। “सामाजिक सञ्जालमा धेरैथरि भ्रम फैलाइएको छ। हरेक औषधिजस्तै यसको पनि केही साइड इफेक्ट हुन्छ। तर यो एकदमै स्वाभाविक हो,” उनले भने, “यो विज्ञानले खोज गरेर मानवजातिका लागि ल्याएको उपहार हो। यो राम्रोको लागि हो। यसलाई सकारात्मक किसिमले ग्रहण गदै अगाडि बढ्नु ठिक होला।”

के नर्वे र भारतमा यो खोप लगाएका कारण धेरै मानिसको निधन भएको हो?
नर्वेको एक नर्सिङ होममा फाइजर नामक कोभिड-१९ खोप लगाएका २३ जनाको निधन भएपछि उक्त खोपको प्रभावकारिता माथि प्रश्न उठेकाे थियो। उक्त समाचार नेपालका अखबार र विदेशका सामाजिक सञ्जाल प्रयाेगकर्तामाझ फैलाइएको थियो। तर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको एक तथ्य जाँचमा नर्वेको इन्स्टीच्युट अफ पब्लिक हेल्थले २३ मध्ये १३ मृत्युको अध्ययन गर्दा त्यसको उक्त खोपसँग कुनै सम्बन्ध नरहेको पत्ता लगायो। त्यसैगरी वायर्ड म्यागेजिनको एक लेख अनुसार फाइजरले त्यस्ता घटनाहरु आफूहरुले अनुमान गरेकै जति भएको र आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ। नर्वेमा औसतमा ४५ जना हरेक दिन नर्सिङ होममा निधन हुने पनि उक्त लेखमा जनाइएको छ।

भारतको अनलाइन स्क्रलका अनुसार कोभिसिल्ड खोप लगाएपछि हालसम्म ९ जनाको निधन भएको छ। प्रारम्भिक अध्ययनले तिनको मृत्यु खोपसँग सम्बन्धित नएपनि थप अध्ययन हुनुपर्ने अर्को एक समाचारमा जनाइएको छ।

स‌ंसारभरि दिनहुँ हजाराैँ मानिसकाे विभिन्न कारणले निधन हुन्छ। त्यसैगरी कैयाैँ मानिसलाई राेग लाग्छ। स्वास्थ्यविदहरुका अनुसार काेराेना खाेप लगाएका मानिसकाे लगत्तै मृत्‍यु भयाे भने त्याे खाेपकाे कारणले हाे वा अन्य कारणले भन्ने निर्क्याेल गरिनुपर्छ।

(यो सामग्री साउथ एसिया चेकबाट लिइएको हो।)

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्