काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू:
१) नेकपाको दुवै पक्षले आफूहरुले पार्टी फुटाएको नभनेको अवस्थामा आफूले फुटाइदिन नमिल्ने निर्वाचन आयोगको स्पष्टोक्ति, अहिलेको अवस्था घरमा भागबण्डाका लागि झगडा गरेका तर अदालत नगएका दाजुभाइको जस्तो भएको भनाइ
२) प्रतिनिधि सभा विघटनको मुद्दा संवैधानिक इजलाशमा शुक्रवार पनि निरन्तर सुनुवाई, विघटनका लागि सिफारिस गरेको पत्र र अदालतमा आएको पत्रमा शंका रहेको दलिल पेश
३) प्रतिनिधि सभा विघटनपछि सत्ता लोभमा परेका कांग्रेस नेताहरूलाई गगन थापाले दिए ‘लड्डु कांग्रेस’को संज्ञा, प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई कृष्णप्रसाद सिटौलाले भने मुर्ख्याइँ
४) अमेरिकी राष्ट्रपति जो बाइडेनले गरे पूर्व राष्ट्रपति ट्रम्पले ल्याएको गर्भपतनविरोधी मुख्य नीति रद्द, नीतिले अमेरिकाबाट संघीय सहायता प्राप्त गर्ने एजेन्सीहरुलाई सेवा प्रदान गर्न र गर्भपतनबारे छलफल गर्न लगाएको थियो रोक।
५) र, डिफेन्डिङ च्याम्पियन लिभरपुलसँग टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलमा ३–१ गोलअन्तरले पराजित, २० खेलबाट ३७ अंक बनाएको लिभरपुल चौथो स्थानमा र टोटेनहम भने छैटौं स्थानमा ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।