काठमाडौं- चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिना अवधिमा अधिकांश वाणिज्य बैंकहरूको नाफा घटेको देखिएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमास अवधिमा बैंकहरूले कमाएको नाफासँग तुलना गर्दा यसवर्ष नाफा घटेको देखिएको हो।
कोभिड-१९ महामारीका कारण मुलुकको अर्थतन्त्र नै धराशायी बनेको अवस्थामा बैंकहरूको वित्तीय विवरणमा पनि त्यसको नकारात्मक प्रभाव देखिएको छ। बिहीबारसम्ममा अपरिस्कृत (अनअडिटेड) अर्धवार्षिक वित्तीय विवरण सार्वजनिक गरेका २३ वटा वाणिज्य बैंकहरूमध्ये ८ वटाको मात्रै गतवर्षको तुलनामा बढी नाफा देखिएको छ।
यो अवधिमा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड रूपैयाँ बराबर नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकले १ अर्ब ६८ करोड बराबर नाफा कमाएको थियो।
त्यस्तै, बढी नाफा कमाउने बैंकहरूमा एनआइसी एसिया बैंकको २ अर्ब ६ करोड, नबिल बैंकको २ अर्ब १ करोड, प्राइम बैंकले १ अर्ब ८१ करोड र एनएमबी बैंकले १ अर्ब ६१ करोड रूपैयाँ बराबर नाफा देखिएको छ।
यद्यपि, नबिल बैंकको नाफा गत वर्षको भन्दा कम हो। गत वर्षको दोस्रो त्रैमाससम्ममा यो बैंकले २ अर्ब ४ करोड रूपैयाँ नाफा कमाएको थियो। नेपाल इन्भेस्टमेन्ट बैंकले ६ महिना अवधिमा १ अर्ब ५८ करोड रूपैयाँ बराबर नाफा कमाएपनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा कम छ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्भेस्टमेन्ट बैंकले १ अर्ब ६६ करोड नाफा कमाएको थियो। तुलनात्मक रुपमा गत वर्षको तुलनामा कम नाफा कमाउनेमा हिमालयन बैंक, एभरेष्ट बैंक, स्टाण्डर्ड चार्टर्डस् बैंक, र नेपाल एसबिआई बैंक छन। यी बैंकहरुको औसत नाफा गत वर्षको तुलनामा आधा बराबर घटेको छ।
नाफामा राम्रो प्रगति गर्ने बैंकहरूमा मेगा बैंक र कुमारी बैंक देखिएका छन्।
यस्तो छ बिहीबारसम्ममा वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुको नाफाको अवस्थाः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।