काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू:
१) आजबाट कोभिड–१९ विरुद्ध खोप अभियान सुरु, ६६ जिल्लाका १२० खोप केन्द्रबाट खोप लगाइदैं, सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र अनुप बास्तोलाले लगाए पहिलो खोप ।
२) नेकपा प्रचण्ड–नेपाल समूहद्वारा आजदेखि माइतीघर मण्डलामा साताव्यापी धर्ना सुरु, धर्नामा संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्य सहभागी हुने ।
३) काठमाडौं प्लाजा भाडा प्रकरण ः बल प्रयोग गरेर भवन खाली गराउने नेपाल ट्रष्टको तयारी, २०७७ असारदेखि बारम्बार सूचना गरेपनि भाडामा बसेको कम्पनीले अटेर गरेको ट्रष्टको दाबी । ( काठमाडौं प्लाजा भाडा प्रकरण )
४) अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन संवाद, बाइडेनले उठाए चुनावी हस्तक्षेपको मुद्दा, रुसमा जारी विपक्षीको प्रदर्शन र आणविक सम्झौताको सुरुवात गर्नेबारे पनि छलफल ।
५) र, प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन पुलिसलाई ३० रनले पराजित गर्दै एपीएफ फाइनलमा, सेमिफाइनलको दोस्रो खेलमा बागमती प्रदेश र आर्मीले बिहीबार खेल्ने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।