• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : पहिले रुख काट्ने, अनि मात्र गणना गर्ने तयारी

64x64
उत्तम काप्री मंगलबार, माघ १३, २०७७  २१:०४
1140x725

काठमाडौं- सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बाराको निजगढस्थित निर्माणस्थलमा रहेका रुख पहिले काट्ने र त्यसपछि मात्र तिनको गणना गर्ने तयारी अघि बढाएको छ। रुख पहिले गणना गरेर काट्ने नभइ काटेर मात्र गणना शुरु गर्ने तयारी सरकारले अघि बढाएको हो। 

बहुप्रतीक्षित विमानस्थल निर्माण गर्ने नै भएपछि झन्झटिलो प्रक्रियालाई सहज बनाउनेगरी यो विषयमा छलफल सुरु भएको वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बताए। तर, यो विषय छलफलकै चरणमा रहेको र निर्णय भइनसकेको आलेको दाबी छ। 

पहिले रुख काटेर मात्र गणना गर्ने तयारी अघि बढाइएकाले अहिले भइरहेको गणना पनि रोक्ने तयारी मन्त्रालयले गरेको छ। ‘अहिले रुख गणना गरेर कटानी गर्ने कानूनी व्यवस्था छ। यो विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकाले अहिलेको केही झन्झटिलो कानुनी प्रक्रियालाई मन्त्रिपरिषदमा लगेर निर्णय गर्ने विषयमा छलफल सुरु भएको छ,’ मन्त्री आले नेपाल लाइभसँग भने, ‘निर्णय भने भइसकेको छैन। विमानस्थल निर्माण नै गर्ने भएपछि फास्ट ट्रयाकबाट निर्णय गर्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग पनि कुरा भइरहेको छ। यो विषयमा प्रधानमन्त्रीज्यूलाई समेत बिफ्रिङ  गरेर मात्र आवश्यक निर्णय लिइनेछ।’ 

निजगढ विमानस्थल निर्माणका लागि वनको नाममा रहेको ८ हजार ४५ हेक्टर क्षेत्रफल जमिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल नागरिक  प्राधिकरणको नाममा आइसकेको छ। अहिले यो जमीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको नाममा गइसकेको आलेले बताए।

‘पहिलो चरणको विमानस्थल निर्माणको काम तथा रन–वे निर्माणका लागि आवश्यक पर्ने १९ सय हेक्टर जग्गाको रेखांकन भइसकेको छ,’ मन्त्री आलले भने, ‘त्यसमध्ये १९१ हेक्टर जग्गामा रहेको रुखको गणना भइसकेको छ। त्यसलाई त कटानी आदेश दिएर काट्न पनि सकिन्छ। तर, विमानस्थल निर्माणका लागि बजेटको सुनिश्चित नभईकन रुख मात्रै काट्ने कुरा हुँदैन।' मन्त्री आलेले यो विमानस्थल प्रधानमन्त्रीको ‘ड्रिम प्रोजेक्ट’ भएकाले उल्लेख गर्दै प्रधानमन्त्रीले नै चासो दिएर बजेट विनियोजन समेत भइरहेको बताए। ‘त्यही भएर पनि विमानस्थल निर्माणलाई सहज बनाउन आवश्यक पर्ने विषय फास्ट ट्रर्‍याकबाट गर्ने निर्णय गराइन्छ’, उनले भने।

मन्त्री आलेले करिब १४ सय परिवारलाई त्यहाँबाट स्थानान्तरण गर्नुपर्ने विषय पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै यो विषय समाधान हुने भएपछि मात्र रुख कटानसम्बन्धी विषय अगाडि बढने बताए। ‘यसको अर्थ विमानस्थल निर्माणको लागत र लगानी तय नभसम्म रुख कटान अगाडि बढदैन। यो विषयमा प्रधानमन्त्रीसँग दुबै मन्त्रालयका मन्त्रीले संयुक्त बिफ्रिङ गर्ने र आवश्यक निर्णय गराउने विषय उठान भएको भने सत्य हो’, उनले भने।

गणनाको काम रोकिने
अहिलेसम्म निजगढ विमानस्थल निर्माणस्थलमा पर्ने रुखहरुको गणना तथा कटानका लागि ४५ लाख रुपैयाँ खर्च भइसकेको छ। त्यहाँ रहेका बाँकी रुख गणना गर्नका लागि थप ३ करोड रुपैयाँ बराबर खर्च लाग्ने अनुमान गरिएको छ। 

मौजुदा कानूनी व्यवस्था अनुसारको रुख गणना गर्ने, लम्बाइ नाप्ने, छपान गर्ने प्रक्रिया लामो र झन्झटिलो भएकाले ‘फास्ट ट्रर्‍याक’बाट निर्णय गरेर काम अगाडि बढाउने विषयमा छलफल भइरहेको नागरिक उड्डयन प्राधिकरणको समेत भनाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

‘सरकारले आफ्नै खर्चमा विमानस्थल बनाउने भएपछि दोहोरो खर्च नगर्ने गरी रुख कटानी गरेर  गणना गर्ने विषय उठान भएको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘अब तत्काल रुख गणनाको काम पनि अगाडि बढ्दैन।’

कसरी उठ्यो यो विषय?
निजगढ विमानस्थल निर्माणका लागि काटिने रुखको गणनामा लाग्ने खर्चले नै रुख काटेर गणना गर्न पुग्ने विषय उठ्न थालेको धेरै भइसकेको छ। तर, पर्यावरण संरक्षणका दृष्टिले यसलाई उपयुक्त मानिएको छैन।  

रुख गणना गर्ने काम रोकेर कटानपछि मात्रै गणना गर्ने विषयमा औपचारिक छलफल सुरु भएको भने केही साता मात्र भएको छ। केही दिन पहिले मात्र स्थलगत अवलोकनमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र वन तथा वातावरणमन्त्री प्रेम आलेसँग आयोजना कार्यालय र डिभिजन वन कार्यालयले यस्तो प्रस्ताव गरेका थिए। प्रस्तावपछि दुवै मन्त्रीले यसबारे छलफल गरेर निर्णय गर्ने बताएका थिए। विमानस्थल निर्माणस्थलमा रहेका रुख कटानसम्बन्धी विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। यो अवस्थामा सरकारले विमानस्थल निर्माणको लागत  र मोडालिटी तय भएपछि सिधै रुख काटेर मात्र गणना गर्ने विषयमा छलफल थालेको हो।

विमानस्थल निर्माण आयोजना कार्यालय र डिभिजन वन कार्यालयले अहिलेसम्म पहिलो चरणमा विमानस्थल निर्माणका लागि आवश्यक स्थलमध्ये १९१ हेक्टर क्षेत्रफल जग्गाको रुख गणना गरिसकेका छन्। ‘रुख गणनामा अहिलेसम्म ४५ लाख रुपैयाँ खर्च भइसकेको छ,’ पर्यटन मन्त्रालय स्रोतले भन्यो, ‘बाँकी ठाउँसमेतमा रहेका रुखको गणनाका लागि कुल ३ करोड ४ लाख रुपैयाँ लाग्ने आकलन गरिएको छ। यो रकम जोगाउन र झन्झटिलो प्रक्रिया सुल्झाउन रुख काटेर मात्र गणना गर्नेबारे छलफल अगाडि बढाइएको हो।’

निजगढ विमानस्थल निर्माणका लागि काटिने रुखको गणनामा लाग्ने खर्चले नै रुख काटेर गणना गर्न पुग्ने विषय उठ्न थालेको धेरै भइसकेको छ।

विमानस्थलको पहिलो चरणको निर्माण कार्यका लागि साना, ठूला तथा कु–काठ रुखसमेत गरी ५ देखि ७ लाखसम्म रुख काटिने नेपाल नागरिक उड्डयन प्राधिकरणको राष्ट्रिय गौरवको आयोजना कार्यालयले जनाएको छ। पहिलो चरणमा त्यहाँ एउटा मात्र धावनमार्ग तयार हुन्छ। धावनमार्ग ४ हजार मिटर लामो र ६० मिटर चौडाईको हुनेछ। अन्तर्राष्ट्रिय टर्मिनल भवन १ लाख वर्गमिटर क्षेत्रफलमा तयार हुनेछ भने आन्तरिक टर्मिनल भवन १५ हजार वर्गमिटर क्षेत्रफलमा निर्माण गरिने प्राधिकरणको भनाइ छ।

पहिलो चरणमा निर्माण हुने विमानस्थलले बार्षिक १ करोड ५० लाख यात्रु क्षमता धान्ने र  विमानस्थलको वरपर ८ किलोमिटर क्षेत्र रहने भएकाले पनि हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताभन्दा एउटै रन–वेको क्षमता ३ गुणा बढी हुने प्राधिकरणको तर्क छ।

निजगढ विमानस्थल : चर्चाको चार दशक
सरकारले छैठौं पञ्चवर्षीय योजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अर्को ‘फुल–फेज’मा ठूला जहाजसमेत अवतरण गर्न सक्ने विमानस्थल निर्माणको विषय उठान गरेको थियो। २०३७ देखि २०४२ सालसम्मको योजनामा समावेश भएको विषय सातौं पञ्चवर्षीय योजनामा पनि समेटियो।

त्यसपछिको आठौं योजनामा उचित ठाउँको छनोट गरी विमानस्थल निर्माण थालनी गर्ने भनिएको थियो। १०औं पञ्चवर्षीय योजनासम्म आइपुग्दा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको थालनी गर्नुपर्ने विषय उल्लेख भएको थियो।

प्रत्येक पाँच–पाँच वर्षको पञ्चवर्षीय योजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा विमानस्थल निर्माण गर्नुपर्ने विषय उठेसँगै सरकारले सन् १९९५ मा विदेशी परामर्शदाता, नेपिकोनको सहयोगमा विमानस्थल निर्माणका लागि १० ठाउँमा अध्ययन गरेर तत्कालीन हवाई विभाग तथा सरकारलाई प्रतिवेदन बुझाएको थियो।

त्यसबेला बाराको निजगढ, सिमरा डुम्ररावन, पथलैया, रत्नपुर, भैरहवा, विराटनगर, नेपालगञ्ज, दाङ, चितवनको शुक्रनगर र पोखरामा विमानस्थल निर्माणका लागि अध्ययन गरिएको थियो। अध्ययनमा सिमराको डुम्ररावनमा एयर रुट, रिभर ट्रेनिङ प्लड कन्ट्रोल, मुआब्जा र पुर्नवासका कारण विमानस्थल उचित नरहेको ठहर गरिएको थियो।

यसैगरी, पथलैयामा पनि सिमरा डुम्ररावनकै जस्तो समस्या देखाएको थियो भने रत्नपुरमा नजिक रहेको पहाड समस्या रहेको ठहर गर्दै उक्त तीन स्थानमा चाहेअनुसारको विमानस्थल निर्माण गर्न नसक्ने प्रतिवेदनमा उल्लेख थियो।

चितवनको शुक्रनगरका हकमा भने चितवन राष्ट्रिय निकुञ्ज र जहाजलाई घुमने एयर स्पेश कम हुने प्रतिवदेनमा उल्लेख थियो। भैरहवामा भारतीय सीमा नजिक र पश्चिमतर्फका तीनवटा नदीका कारण रन–वे लामो बनाउन नसकिने उल्लेख थियो। नेपालगञ्जको राँझा विमानस्थल रहेको ठाउँ डुन्डुवा नदी नजिकै रहेको, काठमाडौंबाट टाढा रहेको र पुर्नवासको समस्या रहेको प्रतिवेदनमा उल्लेख थियो।

यसैगरी, विराटनगरमा भारतीय सीमा नजिक, काठमाडौंबाट टाढा, पुर्नवास र मुआब्जा प्रमुख समस्या रहेको प्रतिवेदनमा उल्लेख थियो। यस्तै पोखरा भने साना जहाजका लागि मात्रै उचित हुने ठहर गरिएको थियो।

दाङ पनि काठमाडौंबाट टाढा, पश्चिम दिशाबाट आएका जहाजको उचाई घटाउन एयर स्पेश नभएको प्रतिवेदनमा उल्लेख थियो। तर, निगगढ भने सबै हिसाबले उचित भएको प्रतिवेदन नेपिकोनले सरकारलाई बुझाएको थियो।

निजगढमा मुआब्जा, पुर्नवास र एयर स्पेश लगायतका कुनै पनि समस्या नरहेको प्रतिवेदनमा उल्लेख थियो। सोही आधारमा सरकारले विश्व र नेपालको बढ्दो हवाई ट्राफिकलाई नेपालभित्रै व्यवस्थापन गर्न सकिने अवधारणासहित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाएको हो।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  २१:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
बडीमालिका यात्राः कठिन पदमार्गदेखि स्वर्गीय अनुभूतिसम्म जहाँ प्रकृति मुस्कुराउँछ, आस्था झल्किन्छ प्रकृतिले कोरेको सुन्दर तस्विर । निकै चाखलाग्दो र आकर्षक । सात महिना हिउँको घुम्टो, पाँच महिना हरियाली र कुहिरोको घुम्टो । अनेकौं प्... बुधबार, भदौ ३, २०८३
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान विमानस्थल बाहिरबाट हेर्दा सबै तयारी पूरा भएको देखिन्छ । आधुनिक टर्मिनल, अन्तर्राष्ट्रिय मापदण्डको रनवे, अध्यागमन, सुरक्षा व्यवस्था स... मंगलबार, साउन २६, २०८३
ब्रोड पिकमा ज्यान गुमाएका पुरबहादुर गुरुङको शव स्वदेश ल्याइयो नेपाल पर्वतारोहण संघका अनुसार गुरुङको पार्थिव शरीर आज अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित संघको केन्द्रीय सचिवालयमा राखिनेछ। त्यस... बिहीबार, साउन २१, २०८३
ताजा समाचारसबै
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित सोमबार, भदौ ८, २०८३
नाडा अटो शो २०२६’ को तयारी पूरा, दुई स्थानमा पार्किङको व्यवस्था सोमबार, भदौ ८, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणमा हर्क राईको प्रश्न–‘प्रधानमन्त्रीको निजी भ्रमण हुँदैन, के खान जानुभएको हो, हावा खान जानुभएको हो?’ सोमबार, भदौ ८, २०८३
कानुन जति विशिष्ट हुन्छ, कार्यान्वयन गर्न सहज हुन्छ :मन्त्री चौधरी सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्