• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कमला ह्यारिसलाई अमेरिकी उपराष्ट्रपति बन्न योग्य बनाउने ती हात

64x64
नेपाल लाइभ बुधबार, माघ १४, २०७७  ०६:५०
1140x725

वासिंटन- गतसाता अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको सपथ ग्रहण कार्यक्रमको केही घण्टाअघि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ट्विटरमा एउटा भिडियो पोस्ट गरिन्। सो भिडियो ह्यारिसलाई यो स्थितिसम्म ल्याउनका लागि अद्वितीय भूमिका निर्वाह गर्ने उनकी आमा श्यामला गोपालनको सम्मानमा पोस्ट गरिएको थियो। 

— Kamala Harris (@KamalaHarris) January 20, 2021

भिडियोमा कमलाले भनेकी छन्‚ ‘मेरो वर्तमानको सबैभन्दा ठूलो श्रेय लिने एकमात्र महिला हुन्- मेरी आमा श्यामला गोपालन।’
‘१९ वर्षको उमेरमा भारतबाट यहाँ (अमेरिका) आउँदा आज यो स्थिति आउला भनेर उहाँले शायदै कल्पना गर्नुभएको थियो होला‚’ भिडियोमा कमलाले भनेकी छन्‚ ‘तर आमालाई थाहा थियो‚ अमेरिकामा यस्तो अवसर पनि सम्भव छ।’

पहिलो अमेरिकी अश्वेत महिला र दक्षिण एसियाली-अमेरिकी मूलकी उपराष्ट्रपति कमला इतिहासको पानामा आफ्नो नाम लेखाउन सफल भइन्।

यदि सन् १९५८ मा उनकी आमाले आफ्नो सपना पछ्याउँदै भारतदेखि अमेरिकासम्मको यात्रा तय नगरेको भए आज उनले चुमेको सफलताको शिखरका कथा यसरी नलेखिन सक्थे।

सरकारी कर्मचारी बुबा र गृहिणी आमाको कोखबाट जन्मिएका चार सन्तानमध्ये जेठी श्यामलाले बायोकेमेस्ट्री पढ्ने निधो गरेकी थिइन्।

Shyamala Gopalan (left) with Kamala Harris

तर दिल्लीको लेडी इर्वान कलेज फर वुमेनमा यस्ता किसिमका विषयहरू नपढाइने भएकाले उनले त्यहाँबाट गृह विज्ञान विषयमा मास्टर डिग्रीको उपाधी प्राप्त गरिन्‚ जहाँ उनले पोषणसँग सम्बन्धित विभिन्न सीपहरूको बारेमा पढ्नुपर्थ्यो।

Ncell 2
Ncell 2
nimb
nimb

‘यो कुरालाई लिएर बुबा र मैले सधैँ उहाँलाई जिस्क्याउने गर्थ्यौँ‚’ श्यामलाका भाइ गोपालन बालागन्द्रनले बिबिसीसँग भने।

‘कलेजमा शिक्षकहरूले तपाईंलाई के सिकाउँछन्? टेबुल कसरी राख्ने? चम्चा कस्तो ठाउँमा राख्ने भनेर सिकाउँछन्?- भन्दै ठट्ट्यौली शैलीमा सोध्ने गर्थ्यौं। दिदी हामीसँग जोडले रिसाउनुहुन्थ्यो‚’ युवावस्थाका आफ्ना क्रियाकलापहरू सम्झँदै उनले भने।

‘कक्षामा जम्मा ४० जना विद्यार्थी थियौं। केटा विद्यार्थी र केटी विद्यार्थी छुट्टाछुट्टै बस्ने व्यवस्था थियो। कहिलेकाहीँ कक्षामा लैंगिक विषयमा बहस चल्ने गर्थ्यो‚’ श्यामलाका कलेजका एक सहपाठीले सुनाए‚ ‘त्यस्तो बहसमा उनी नलजाईकन केटाहरूसँग आफ्ना व्यक्तिगत विचार राख्ने गर्थिन्। उनी अरूभन्दा फरक र साहसी थिइन्।’ 

‘उनी पढ्ने विश्वविद्यालयमा कसरी विवाहयोग्य र असल गृहिणी बन्ने भन्ने विषयमा पढाइ हुन्छ भन्ने हल्ला थियो‚’ दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा थ्यौरिटिकल फिजिक्स विषयका (हाल अवकाशप्राप्त) प्राध्यापक आर राजारमनले भने‚ ‘जस्तो कुरालाई पनि नलजाई सबैका अगाडि राख्न सक्ने आँटिली युवती कसरी त्यस्तो विश्वविद्यालयमा पुगिन् भन्ने विषय चाहीँ अझै रहस्यमयजस्तै छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

श्यामलाभित्र एउटा अर्को उद्देश्य पनि थियो‚ जसले उनलाई अमेरिका पुर्‍यायो।

उनले अमेरिकाको बर्कलीमा अवस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा पढ्नका लागि आवेदन दिइन्‚ जहाँबाट उनको जिन्दगीको अर्को पाटो सुरू भयो।

‘यो उनी एक्लैले लिएको निर्णय थियो। घरका कसैलाई पनि यसको बारेमा थाहा थिएन‚’ उनका भाइले भने‚ ‘उनी विदेश जाने कुरामा बुबाको असहमति भने थिएन। तर अमेरिकामा श्यामलालाई ख्याल गर्ने आफूले चिनेको कोही नभएकाले उहाँ चिन्तित हुनुुहुन्थ्यो। बुबाले शिक्षाको महत्व बुझेकाले बुबाले दिदीलाई अमेरिका जान कुनै रोकटोक गर्नुभएन।’

त्यसपछि श्यामलाले १९ वर्षको उमेरमा जिवनमा कहिले नपुगेको अमेरिकाको यात्रा तय गरिन्। आफ्नी आमा श्यामलाको संघर्षको बारेमा सन् २०१९ मा लेखिएको संस्मरण ‘द ट्रुथ वी होल्ड’मा कमलाले लेखेकी छन्‚ ‘उहाँका अभिभावकले अर्काको देशमा जानका लागि कसरी आमालाई छाडिदिनुभयो होला?’

जब श्यामला अमेरिका पुगिन्‚ बर्कलीमा मानव अधिकार आन्दोलन चर्केको थियो। रंगभेदविरूद्धमा प्रदर्शन चर्किरहँदा श्यामला पनि आन्दोलनको एक हिस्सा बन्न पुगिन्। त्यो समयमा भारतबाट अमेरिका आएर मानव अधिकारको पक्षमा त्यसरी लाग्नु एक असामान्य विषय थियो।

पछि सन् १९६२ मा जमैकाबाट अर्थशास्त्र विषय पढ्न आएका डोनाल्ड ह्यारिस र श्यामलाको प्रेम सम्बन्ध सुरू भयो। 

‘मानव अधिकारको पक्षमा गरिएको प्रदर्शनमा सँगै मार्चिङ गरिरहेका बेला उहाँहरू प्रेममा पर्नुभयो‚’ कमलाले उक्त संस्मरणमा लेखेकी छन्। 

श्यामला र डोनाल्डको प्रेम सम्बन्ध सन् १९६३ मा विवाहमा टुंगियो। विवाहको केही वर्षपछि कमलाको जन्म भयो।

Baby Kamala with Shyamala Gopalan
आमा श्यामला गोपालनसँग कमला ह्यारिस।

‘उहाँले हामीलाई विवाहको बारेमा केही पनि भन्नुभएको थिएन। यद्यपि दिदीले गरेको विवाहप्रति आमा-बुबाको नकारात्मक धारणा थिएन तर उहाँहरूको सबैभन्दा ठूलो चित्त दुखाइको विषय भनेकै बेहुलोलाई हेर्न पाइएन भन्ने थियो‚’ बालाचन्द्रनले भने। 

विवाहको ३ वर्षपछि सन् १९६६ मा पहिलोपटक श्यामलाका अभिभावकले आफ्नो ज्वाइँ देखेका थिए।

तर विवाह भने धेरै समय टिक्न सकेन। कमला ५ वर्षको हुँदा उनीहरूको सम्बन्ध विच्छेद भएको थियो। त्यसपछि कमला र उनकी बहिनी मायालाई श्यामलाले एक्लै हुर्काइन्।

Kamala Harris, left, and her younger sister Maya with their mother Shyamala Gopalan Harris
बच्चामा कमला ह्यारिस‚ आमा श्यामला गोपालन र बहिनी माया ह्यारिससँग।

गतवर्ष उपराष्ट्रपति पदमा उम्मेदवारी दिएपछि कमलाले एक्लो अभिभावकको रूपमा आफ्नी आमाको जिवन कष्टकर रहेको बताएकी थिइन्।

कोलोन क्यान्सरसँग जुधिरहेकी श्यामलाको सन् २००९ मा ७० वर्षको उमेरमा निधन भयो। उनलाई स्तन क्यान्सरमा हर्मोनको भूमिकाको खोज गर्ने महिलाको रूपमा समेत चिनिएको छ। 

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  ०६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल
स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना
सम्बन्धित सामग्री
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? नेपाली प्रतिभालाई गौण बनाएर ल्याइने विदेशी खेलाडीका भरमा मात्र नेपालको खेलकुदको अपेक्षित विकास हुन सक्दैन । आइतबार, कात्तिक ८, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल सोमबार, कात्तिक ९, २०८३
स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने सोमबार, कात्तिक ९, २०८३
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना सोमबार, कात्तिक ९, २०८३
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा सोमबार, कात्तिक ९, २०८३
राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किने, एनपीएलमा पुनः आउने सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्