• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कमला ह्यारिसलाई अमेरिकी उपराष्ट्रपति बन्न योग्य बनाउने ती हात

64x64
नेपाल लाइभ बुधबार, माघ १४, २०७७  ०६:५०
1140x725

वासिंटन- गतसाता अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको सपथ ग्रहण कार्यक्रमको केही घण्टाअघि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ट्विटरमा एउटा भिडियो पोस्ट गरिन्। सो भिडियो ह्यारिसलाई यो स्थितिसम्म ल्याउनका लागि अद्वितीय भूमिका निर्वाह गर्ने उनकी आमा श्यामला गोपालनको सम्मानमा पोस्ट गरिएको थियो। 

— Kamala Harris (@KamalaHarris) January 20, 2021

भिडियोमा कमलाले भनेकी छन्‚ ‘मेरो वर्तमानको सबैभन्दा ठूलो श्रेय लिने एकमात्र महिला हुन्- मेरी आमा श्यामला गोपालन।’
‘१९ वर्षको उमेरमा भारतबाट यहाँ (अमेरिका) आउँदा आज यो स्थिति आउला भनेर उहाँले शायदै कल्पना गर्नुभएको थियो होला‚’ भिडियोमा कमलाले भनेकी छन्‚ ‘तर आमालाई थाहा थियो‚ अमेरिकामा यस्तो अवसर पनि सम्भव छ।’

पहिलो अमेरिकी अश्वेत महिला र दक्षिण एसियाली-अमेरिकी मूलकी उपराष्ट्रपति कमला इतिहासको पानामा आफ्नो नाम लेखाउन सफल भइन्।

यदि सन् १९५८ मा उनकी आमाले आफ्नो सपना पछ्याउँदै भारतदेखि अमेरिकासम्मको यात्रा तय नगरेको भए आज उनले चुमेको सफलताको शिखरका कथा यसरी नलेखिन सक्थे।

सरकारी कर्मचारी बुबा र गृहिणी आमाको कोखबाट जन्मिएका चार सन्तानमध्ये जेठी श्यामलाले बायोकेमेस्ट्री पढ्ने निधो गरेकी थिइन्।

Shyamala Gopalan (left) with Kamala Harris

तर दिल्लीको लेडी इर्वान कलेज फर वुमेनमा यस्ता किसिमका विषयहरू नपढाइने भएकाले उनले त्यहाँबाट गृह विज्ञान विषयमा मास्टर डिग्रीको उपाधी प्राप्त गरिन्‚ जहाँ उनले पोषणसँग सम्बन्धित विभिन्न सीपहरूको बारेमा पढ्नुपर्थ्यो।

Ncell 2
Ncell 2
nimb
nimb

‘यो कुरालाई लिएर बुबा र मैले सधैँ उहाँलाई जिस्क्याउने गर्थ्यौँ‚’ श्यामलाका भाइ गोपालन बालागन्द्रनले बिबिसीसँग भने।

‘कलेजमा शिक्षकहरूले तपाईंलाई के सिकाउँछन्? टेबुल कसरी राख्ने? चम्चा कस्तो ठाउँमा राख्ने भनेर सिकाउँछन्?- भन्दै ठट्ट्यौली शैलीमा सोध्ने गर्थ्यौं। दिदी हामीसँग जोडले रिसाउनुहुन्थ्यो‚’ युवावस्थाका आफ्ना क्रियाकलापहरू सम्झँदै उनले भने।

‘कक्षामा जम्मा ४० जना विद्यार्थी थियौं। केटा विद्यार्थी र केटी विद्यार्थी छुट्टाछुट्टै बस्ने व्यवस्था थियो। कहिलेकाहीँ कक्षामा लैंगिक विषयमा बहस चल्ने गर्थ्यो‚’ श्यामलाका कलेजका एक सहपाठीले सुनाए‚ ‘त्यस्तो बहसमा उनी नलजाईकन केटाहरूसँग आफ्ना व्यक्तिगत विचार राख्ने गर्थिन्। उनी अरूभन्दा फरक र साहसी थिइन्।’ 

‘उनी पढ्ने विश्वविद्यालयमा कसरी विवाहयोग्य र असल गृहिणी बन्ने भन्ने विषयमा पढाइ हुन्छ भन्ने हल्ला थियो‚’ दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा थ्यौरिटिकल फिजिक्स विषयका (हाल अवकाशप्राप्त) प्राध्यापक आर राजारमनले भने‚ ‘जस्तो कुरालाई पनि नलजाई सबैका अगाडि राख्न सक्ने आँटिली युवती कसरी त्यस्तो विश्वविद्यालयमा पुगिन् भन्ने विषय चाहीँ अझै रहस्यमयजस्तै छ।’

Xtrem

Xtrem

श्यामलाभित्र एउटा अर्को उद्देश्य पनि थियो‚ जसले उनलाई अमेरिका पुर्‍यायो।

उनले अमेरिकाको बर्कलीमा अवस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा पढ्नका लागि आवेदन दिइन्‚ जहाँबाट उनको जिन्दगीको अर्को पाटो सुरू भयो।

‘यो उनी एक्लैले लिएको निर्णय थियो। घरका कसैलाई पनि यसको बारेमा थाहा थिएन‚’ उनका भाइले भने‚ ‘उनी विदेश जाने कुरामा बुबाको असहमति भने थिएन। तर अमेरिकामा श्यामलालाई ख्याल गर्ने आफूले चिनेको कोही नभएकाले उहाँ चिन्तित हुनुुहुन्थ्यो। बुबाले शिक्षाको महत्व बुझेकाले बुबाले दिदीलाई अमेरिका जान कुनै रोकटोक गर्नुभएन।’

त्यसपछि श्यामलाले १९ वर्षको उमेरमा जिवनमा कहिले नपुगेको अमेरिकाको यात्रा तय गरिन्। आफ्नी आमा श्यामलाको संघर्षको बारेमा सन् २०१९ मा लेखिएको संस्मरण ‘द ट्रुथ वी होल्ड’मा कमलाले लेखेकी छन्‚ ‘उहाँका अभिभावकले अर्काको देशमा जानका लागि कसरी आमालाई छाडिदिनुभयो होला?’

जब श्यामला अमेरिका पुगिन्‚ बर्कलीमा मानव अधिकार आन्दोलन चर्केको थियो। रंगभेदविरूद्धमा प्रदर्शन चर्किरहँदा श्यामला पनि आन्दोलनको एक हिस्सा बन्न पुगिन्। त्यो समयमा भारतबाट अमेरिका आएर मानव अधिकारको पक्षमा त्यसरी लाग्नु एक असामान्य विषय थियो।

पछि सन् १९६२ मा जमैकाबाट अर्थशास्त्र विषय पढ्न आएका डोनाल्ड ह्यारिस र श्यामलाको प्रेम सम्बन्ध सुरू भयो। 

‘मानव अधिकारको पक्षमा गरिएको प्रदर्शनमा सँगै मार्चिङ गरिरहेका बेला उहाँहरू प्रेममा पर्नुभयो‚’ कमलाले उक्त संस्मरणमा लेखेकी छन्। 

श्यामला र डोनाल्डको प्रेम सम्बन्ध सन् १९६३ मा विवाहमा टुंगियो। विवाहको केही वर्षपछि कमलाको जन्म भयो।

Baby Kamala with Shyamala Gopalan
आमा श्यामला गोपालनसँग कमला ह्यारिस।

‘उहाँले हामीलाई विवाहको बारेमा केही पनि भन्नुभएको थिएन। यद्यपि दिदीले गरेको विवाहप्रति आमा-बुबाको नकारात्मक धारणा थिएन तर उहाँहरूको सबैभन्दा ठूलो चित्त दुखाइको विषय भनेकै बेहुलोलाई हेर्न पाइएन भन्ने थियो‚’ बालाचन्द्रनले भने। 

विवाहको ३ वर्षपछि सन् १९६६ मा पहिलोपटक श्यामलाका अभिभावकले आफ्नो ज्वाइँ देखेका थिए।

तर विवाह भने धेरै समय टिक्न सकेन। कमला ५ वर्षको हुँदा उनीहरूको सम्बन्ध विच्छेद भएको थियो। त्यसपछि कमला र उनकी बहिनी मायालाई श्यामलाले एक्लै हुर्काइन्।

Kamala Harris, left, and her younger sister Maya with their mother Shyamala Gopalan Harris
बच्चामा कमला ह्यारिस‚ आमा श्यामला गोपालन र बहिनी माया ह्यारिससँग।

गतवर्ष उपराष्ट्रपति पदमा उम्मेदवारी दिएपछि कमलाले एक्लो अभिभावकको रूपमा आफ्नी आमाको जिवन कष्टकर रहेको बताएकी थिइन्।

कोलोन क्यान्सरसँग जुधिरहेकी श्यामलाको सन् २००९ मा ७० वर्षको उमेरमा निधन भयो। उनलाई स्तन क्यान्सरमा हर्मोनको भूमिकाको खोज गर्ने महिलाको रूपमा समेत चिनिएको छ। 

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  ०६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री?
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असोज १३, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्