काठमाडौं- दोहोरी साँझमा काम गर्ने दुई जनालाई लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले लुटपाटको आरोपमा बझाङको जयपुथ्वी नगरपालिका–१ घर भई नयाँबानेश्वर बस्ने २१ वर्षीय सुनिलबहादुर सिंह र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–२ चौतारा घर भई कोटेश्वर बस्ने ३४ वर्षीय कृष्णबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।
सिंह दरबारमार्गस्थित् आँधीखोला दोहोरी साँझमा काम गर्छन् भने श्रेष्ठ सोही दोहोरी साँझको गाडी चालक भएको पाइएको प्रहरीले जनाएको छ। माघ १० गते राति १ बजे स्युचाटारबाट प्रवीन कुमार भण्डारी लुटिएका थिए।
साेही लुटपाटमा संलग्न भएकाे आरोपमा उनीहरूलाई परिसरले सोमबार पक्राउ गरेको हो। उनीहरुले सुनका गरगहना लुटपाट गरेको पाइएको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट सवा ३ तोलाको सुनको सिक्री एक थान, २ तोलाको सुनको औंठी र सुनको ब्रास्लेट १ थान बरामद भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।