तस्वीर : निमेषजंग राई। काठमाडौं- नेपाल लाइभकर्मी सविन मिश्र सम्मानित भएका छन्। ६९औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागद्वारा आयोजित कार्यक्रममा मिश्रलाई समान गरिएको हो।
मिश्रले एक दशकदेखि आर्थिक पत्रकारितामा कलम चलाउँदै आएका छन्।
मिश्र नेपाल आर्थिक पत्रकार समाज (सेजन) पूर्व कार्यसमिति सदस्य समेत हुन। उनले पत्रकारितामा स्नातकोत्तर अध्ययन पूरा गरिसकेका छन्।
मिश्रले कारोबार दैनिक, उज्यालो रेडियो, बिजमाण्डु, द हिमालय टाइम्स् र नयाँ पत्रिकामा समेत काम गरिसकेको छन्। विगत साढे एक वर्षदेखि मिश्र नेपाल लाइभमा कार्यरत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।