• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

'प्रधानमन्त्रीले होइन, राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुभयो'

64x64
नेपाल लाइभ सोमबार, माघ १२, २०७७  २०:५३
1140x725

काठमाडौं- प्रतिनिधि सभा विघटनको मुद्दामा आठौं निवेदकको मुद्दामा बहस चलिरहेको छ। सोमबार नेकपाका नेता देव गुरुङसहितको निवेदनमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरे। आइतबारदेखि गुरुङको निवेदनमा बहस शुरू भएको हो।

प्रतिनिधि सभा विघटन गर्ने आफ्नै पार्टीको निर्णय विरुद्ध गुरुङसहितका नेताहरू सर्वाेच्च पुगेका थिए। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ गते प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो। भण्डारीले सिफारिस भएको केही घण्टामै अनुमोदन गरेकी थिइन्।

विघटन विरुद्ध सर्वोच्चमा १३ निवेदन दर्ता भएका थिए। ती निवेदहरूमा गत आइतबारदेखि बहस भइरहेको छ। सोमबारसम्म आइपुग्दा सातौं निवेदनमा बहस सकिएको छ। 

'प्रधानमन्त्रीले होइन राष्ट्रपतिले विघटन'
सोमबार वरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसिएनसका पूर्वअध्यक्ष शम्भु थापाले बहस गरेका थिए। आधा दिनबाट थापाले शुरू गरेको बहसमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाए।

उनीअघि निवेदकका तर्फबाट मेघराज पोखरेलले बहस गरेका थिए। पोखरेलले विभिन्न फैसलाहरू र अन्तर्राष्ट्रिय अभ्यासका बारेमा इजलासलाई जानकारी गराएका थिए। प्रतिनिधि सभा विघटन प्रधानमन्त्री ओलीले नभई राष्ट्रपति भण्डारीले गरेको देखिएको तर्क थापाले अघि सारे।  

‘राष्ट्रपतिबाट विघटनको सूचनामा संविधानको धारा ७६ र ८५ अनुसार तथा आफ्नै संसदीय अभ्यास एवं अन्तर्राष्ट्रिय अभ्यास अनुसार विघटन गरिएको छ भन्नु भएको छ’. थापाले भने, ‘वैशाखमा निर्वाचनको मिति तोक्ने भनिएको छ, यो सरसर्ती हेर्दा राष्ट्रपतिले गरेको विघटन हो। प्रधानमन्त्रीले मेरो विशेषाधिकार भन्न मिल्दैन।’ 

प्रधानमन्त्रीले लिखित जवाफमा आफूमा भएको कार्यकारी अधिकार प्रयोग गरेर विघटनको सिफारिस गरेको दाबी गर्नु गलत देखिएको उनको तर्क थियो। राष्ट्रपति भण्डारीले धारा ८१ मा भएको अधिकार प्रयोग गर्नुपर्नेमा संविधानमा नै नभएको अधिकार प्रयोग गरेको थापाको तर्क थियो।

धारा ७६ मा विघटनको कुरा नै नभएको थापाको तर्क थियो। राष्ट्रपतिले संविधानको धारा ७६ र ८५ प्रयोग गरेका कारण मात्र अदालतमा बहस गर्न परेको नत्र यो कार्य अदालतमा नआइपुग्ने उनको जिकिर थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रधानमन्त्री कार्यकारी हो कि हैन?
थापाले प्रधानमन्त्रीले लिखित जवाफमा आफू कार्यकारी भएकाले यही अधिकार प्रयोग गरेको भनि गरेको जिकिर मान्न नसकिने दाबी गरे। कार्यकारीणीको काम शासन गर्ने मात्र भएकाले संसदलाई प्रहार गर्न नसक्ने उनको तर्क थियो। 

‘कार्यकारीले शासन गर्ने मात्र अधिकार राख्दछ, संविधानले पनि त्यही परिकल्पना गरेको छ’, थापाले भने, ‘आफूलाई जसले जन्म दियो त्यो मार्ने अधिकार कसरी कार्यकारीलाई हुुन्छ।’ 

संसद र प्रधानमन्त्री फरक–फरक अङ्ग भएको उनको दाबी थियो। संसदले प्रधानमन्त्री जन्माउने अनि मन्त्री त्यहीँबाट बन्ने भएकाले यसलाई नै प्रधानमन्त्रीले समाप्त गर्ने परिकल्पना संविधानले नगरेको उनको तर्क थियो। 

उनले प्रधानमन्त्री ओलीका तर्फबाट पेश भएको लिखित जवाफलाई लिखित जवाफ नै नभएको टिप्पणी गरे। ‘यस्तो पनि हुन्छ त ? लिखित जवाफ, शुरूमा संविधान र संसदीय अभ्यास, त्यो नभए कार्यकारी अधिकार अनि त्यो पनि नभए ताजा जनादेश अनि फेरि ममा अन्तरनिहीत अधिकार रे’,  थापाले भने, ‘आफ्नो घर भत्काउने, यो नभए त्यो भनेर दाबी गर्दैमा हुन्छ र?’ 

उनले यसरी कानूनका धारामात्र उल्लेख गरेको लिखित जवाफ मान्न नहुने आशय प्रकट गरे। 

‘जुन न्यायाधीशले संसद परीक्षण गरेर अदालत आउनु भएको छ, अहिले त्यही मरेको छ’, थापाले भने, ‘गंगा मैलो भयो होला तर, डुबुल्की त त्यहीँ मार्ने हो नि, अन्त त गंगा छैन।’  संविधानको धारा ७६ ले प्रधानमन्त्री छान्ने प्रक्रिया जारी भएर प्रधानमन्त्री दिन नसकेमात्र विघटन हुने उनको तर्क थियो। 

राजपत्र पछि छपाएको स्वीकार गर्नुस् 
थापाले राजपत्र ‘ब्याक-डेट’मा छपाई गरेको कुरा स्वीकार गर्न महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई सुझाव दिए। 

‘म इजलासलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँछु, विघटनको सूचना  इजलासमा खोजी भएपछि आएको हो’, थापाले भने, ‘यसरी ब्याक-डेटमा अतिरिक्त अंक छाप्नुभन्दा हामीले पछाडी नै प्रकाशन गरेको भने हुन्छ। महान्यायाधिवक्ता, राष्ट्रपति कार्यालय र मुद्रण विभागमा पनि मानिस नै काम गर्ने हो।’

पञ्चायतबाट शुरू भएको झुटो बोल्ने क्रम अहिले पनि जारी रहेको उनको दाबी थियो। ‘भाषण गर्न जान्नेले काम पनि गर्न पर्‍यो नि। अरुलाई गाली गर्नेले त काम पनि गर्नुपर्छ होला’, थापाले भने। 

प्रधानमन्त्रीसँग अर्कै संविधान त छैन होला? 
उनले बहसको शुरुआतमै प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र महान्यायाधिवक्ता अग्नि खरेलमाथि व्यंग्य गरे। ‘जसले व्याख्या गरेपनि यही संविधान होला। प्रधानमन्त्रीसँग अर्कै संविधान छ भने अर्काे कुरा’, उनले भने, ‘श्रीमानहरूले पनि संविधान पल्टाउनु भएको छ। पदमा हुँदा अर्काे हुने र अहिले अर्काे हुँदैन होला।’ 

राजा–महाराजाको अधिकारबाट शुरू भएको हो संसद विघटन 
थापाले संसद विघटनको इतिहास र अभ्यासका बारेमा बेलायत र अन्य देशका अभ्यासहरू राखेका थिए। ‘बेलायतमा राजाको अधिकारबाट संसद विघटन शुरू भएको थियो। तर, अहिले फिक्स टर्म पार्लियामेन्ट एक्ट बनाएर यसलाई रोक लगाएको छ’, उनले भने, ‘हामीले संविधान बनाएर रोकेको हो र अहिले राजा पनि छैनन्।’ 

तत्कालीन समयमा पनि यो विशेषाधिकार नभएको भन्दै परमाधिकारको रुपमा बेलायतमा दिइएको उनको तर्क थियो। ‘यो प्रधानमन्त्रीको अधिकार होइन। क्राउनबाट आएको हो। हाम्रोमा २०४७ बाट आएको थियो। तर, दुरुपयोग भएपछि अहिले छैन’, थापाले भने।  

प्रधानमन्त्री पनि ओली नै हो 
थापाले संसद पुनर्स्थापना भए पनि प्रधानमन्त्री ओली नै भएको बताए। ‘इजलास अर्काे खोज्ने होइन’, उनले भने, ‘दल नफुटेको र बहुमत प्राप्त पार्टीको संसदीय दलको नेता भएकाले उहाँ नै प्रधानमन्त्री हो।’ उनले धारा ७६ को १ बाट ५ मा जाने वा अन्यमा जाने अधिकार प्रक्रियाबाट हुने उनको दाबी थियो। 

‘प्रधानमन्त्री दिन सकेन भने मात्र हो, नत्र विघटन हुँदैन’,  थापाले भने, ‘७६ को व्यवस्था न त राष्ट्रपतिको इच्छा, न त प्रधानमन्त्रीको इच्छाले हुन्छ।’ उनले हिजोसम्म लडाकुलाई गाली गरेको अहिले तिनैलाई बोकेको भन्दै प्रतिशोधको राजनीति चलिरहेको बताए। 

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  २०:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाकिस्तानमा ईद मनाउन निस्किएका सैनिक कर्मचारी बोकेको रेलमा शक्तिशाली विस्फोट, २४ जनाको मृत्यु
काँग्रेसको देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु
एमाले सचिवालय बैठक गुण्डुमा सुरु
सम्बन्धित सामग्री
आज यस्तो रहनेछ देशभरको मौसम आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल... आइतबार, जेठ १०, २०८३
पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुंगे पुल र जलविद्युत्मा क्षति याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घर गोठहरू, सडक, झोलुंगे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्‍याएको हो । शनिबार, जेठ ९, २०८३
झापामा कैदीबन्दीको मृत्यु पाँचथरको साविक नागी गाविस–९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु... शनिबार, जेठ ९, २०८३
ताजा समाचारसबै
पाकिस्तानमा ईद मनाउन निस्किएका सैनिक कर्मचारी बोकेको रेलमा शक्तिशाली विस्फोट, २४ जनाको मृत्यु आइतबार, जेठ १०, २०८३
काँग्रेसको देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु आइतबार, जेठ १०, २०८३
एमाले सचिवालय बैठक गुण्डुमा सुरु आइतबार, जेठ १०, २०८३
अफगानिस्तानको बघलानमा भीषण बाढी : महिला र बालबालिकासहित १० जनाको मृत्यु आइतबार, जेठ १०, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्