• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिक आन्दोलन : ‘शासकले औकात देखायो’

64x64
लिलु डुम्रे सोमबार, माघ १२, २०७७  १९:१८
1140x725

काठमाडौं- प्रतिनिधि सभा विघटन गरेर ‘प्रतिगमन’ निम्त्याएको बालुवाटारलाई निर्णय सच्याउन शान्तिपूर्ण दबाब दिएको नागरिक आन्दोलनमा प्रहरीले चरम दमन गरेको छ।

सोमबार भएको प्रहरी दमनलाई नागरिक अगुवाले ‘शासकले औकात’ देखाएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभा विघटन विरुद्ध माइतीघरमा सडक प्रदर्शन गरिरहेको नागरिक आन्दोलन सोमबार बालुवाटरको गेटमा पुग्ने प्रयत्नमा थियो। प्रहरीले बालुवाटारको गेटमा पुग्न त दिएन नै, चरम दमनमा पनि उत्रियो।

नागरिक आन्दोलनलाई विभिन्न क्षेत्रमा स्थापित नागरिकले अगुवाई गर्दै आएका छन्। यसअघि माइतीघर केन्द्रित आन्दोलनलाई बालुवाटारको मुल गेटमा पुग्ने लक्ष्य थियो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटन सच्याउन दबाब दिने ध्येय थियो। 

कमलपोखरीबाट शुरू भएको मार्च कृष्ण पाउरोटी–हात्तीसार–नागपोखरी–नक्साल हुँदै भाटभटेनी पुग्यो। लेखक खगेन्द्र संग्रौला, पत्रकार नारायण वाग्ले र अधिकारकर्मी मोहना अन्सारी ब्यानरसहित मार्चको नेतृत्व गरिरहेका थिए। भाटभटेनी पुगे लगत्तै ठूलो संख्यामा परिचालित प्रहरीले आन्दोलनकर्मीलाई रोके।

पिपलको फेदलाई मञ्च बनाएर कोण सभा भाटभटेनीमै शुरू भयो। कोण सभाको शुरूआत लेखक तथा साहित्यकार युग पाठकले गरे। प्रारम्भमा ‘वुमन फर पोलिटिक्स’का युवतीहरुले ‘प्रतिगमन’ विरुद्ध सामूहिक आवाज निकाले। राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले बालुवाटार छिर्न प्रहरीले नदिएपछि सुरक्षाकर्मीलाई प्रश्न गरिन्, ‘तपाईंले प्रधानमन्त्रीलाई सुरक्षा दिइरहनुभएको छ कि हामी नागरिकको?’ अन्सारी पछि सांकेतिक प्रस्तुतीमार्फत् प्रदीप देवानले प्रतिनिधि सभा विघटन विरुद्ध आवाज घन्काए।

चिकित्सा क्षेत्रको सुधारका अभियन्ता डा. गोविन्द केसी प्रधानमन्त्री ओलीप्रति आक्रामक देखिए। प्रधानमन्त्रीलाई सडकको आवाज सुन्न बाध्य पारिने उनले दृढता देखाए। अघिल्ला नागरिक आन्दोलनमा सडक प्रर्दशनमा नदेखिएका लेखक संग्रौलाको बोल्ने पालो आयो। उनले आफू बोल्न भन्दा पनि नारायण वाग्लेको भाषण सुन्न आएको बताए।

उनले बोल्ने क्रममा माइकले पटक–पटक धोका दिएपछि भने, ‘माइकले धोका दिनुपनि प्रतिगमनकै कारण हो।’ प्रर्दशनमा सहभागी सबै गलल्ल हाँसे। ओलीको ‘प्रतिगमन’लाई घुँडा टेकाएर मात्रै नागरिक आन्दोलनले विश्राम लिने संग्रौलाको दाबी थियो।

Ncell 2
Ncell 2

संग्रौलाले सर्वाधिक सुन्न चाहेका पत्रकार वाग्लेको बोल्ने पालो आयो। पटक–पटक आन्दोलन गरेर लोकतन्त्र ल्याएपछि फेरि लोकतन्त्रकै लागि लड्नु परेकोप्रति वाग्लेले चिन्ताप्रकट गरे। प्रधानमन्त्री ओलीले लिएको निर्णय फिर्ता नगरी आन्दोलनले विश्राम नलिने उनको पनि दाबी थियो। 

पार्टी भित्रबाट अविश्वासको प्रस्ताव आउन लागेपछि संसद विघटन गरेको प्रधानमन्त्रीको दाबीलाई वाग्लेले खारेज गरे। ‘नाङ्गै खुट्टा बालकोट पठाउन खोजेकाले संसद विघटन गरिएको रे’, प्रधानमन्त्रीलाई वाग्ले प्रश्न गरे, ‘नाङ्गो खुट्टा हिँड्नेले ल्याएको लोकतन्त्र हो। नाङ्गै खुट्टा बालकोट जान किन नहुने?’ 

प्रधानमन्त्रीसँग रुष्ट वाग्लेले निकटको विगत स्मरण गराउँदै भने, ‘नारायणहिटीबाट खुरुक्क पूर्वराजा नागार्जुन जान हुन्छ भने ओली बालकोट जान किन नहुने?’

कार्यक्रमका अन्तिम वक्ता थिए वाग्ले। उनी बोली टुंगाउने क्रममै थिए। धेरैलाई लागेको थियो– आजको प्रर्दशन सकियो। तर, सहभागीले सोचें जस्तो रहेन। उत्तरदिशातिर रहेका सुरक्षाकर्मीलाई आश्वस्त पार्दै वाग्ले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हो। हामी बालुवाटार गेटसम्म पुगेर शान्तिपूर्ण आन्दोलन गर्छौं।’ 

वाग्लेको बोली फुट्नासाथ माहोलमा पूरै परिवर्तन भयो। प्रर्दशनकारी अघि बढे। सुरक्षाकर्मी र प्रर्दशनकारीबीच घम्साघम्सी भयो। आन्दोलनकारी थोरै अघि बढे। युवापुस्ता प्रहरीको बार हटाएर तीव्र गतिमा अघि बढ्दै थियो। प्रहरी दमनमा उत्रियो। प्रर्दशनकारीमाथि प्रहार शुरू गर्‍यो। तितरबितर र भागाभाग भयो। नागरिक अगुवाहरु संग्रौला, वाग्ले, पाठक, अन्सारी, महेश मास्के, सञ्जिव उप्रेती, तुलनारायण साह लगायतका प्रहरीको लाठी प्रहारबाट भागाभागमा परे। 

तितरबितर भएकालाई एकत्रित गर्दै सडकमा शान्तिपूर्ण धर्र्ना दिने वाग्लेले सुरक्षाकर्मीलाई जानकारी गराए। ५÷७ जना सडकमा बस्ने तयारी गर्दैै थिए। प्रहरी आक्रमणमा फेरि उत्रियो। प्रर्दशनकारीलाई दमन गर्न ‘वाटर क्यानन्’ तैनाथ थियो।

पानीको फोहोरा छुट्यो। पानीको फोहोराले आन्दोलनकारी बाटोमै ढल्न थाले। आन्दोलन शान्तिपूर्ण हुने बताउँदै वाग्लेबीच सडकमा के पुगेका थिए, उनलाई लक्षित गर्दै प्रहार गरियो। शक्तिशाली पानीको फोहोराले बीच बाटोमा वाग्ले ढले। केहिबेरको आरामपछि उनी उभिने सक्ने भए। 

प्रर्दशनकारी र सुरक्षाकर्मीबीच घम्साघम्सी जारी थियो। प्रहरीले आन्दोलनकारीलाई लखेट्दै भाटभटेनीसम्म ल्याइपुर्‍यायो। पानीले निथ्रुक्क भिजेका वाग्ले भाटभटेनी आइपुगे। सडकको किनारामा अलिकति अग्लो स्थानमा उक्ले। प्रर्दशनकारीलाई सम्बोधन गर्दै भने, ‘जनआन्दोलन ३ शुरू भयो।’ शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप विरुद्ध उनको आक्रोश थियो।

नागरिक आन्दोलनका अगुवाहरुले दिएको जानकारी अनुसार एकजना गम्भीर घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेका निर्गराज जैसी बेहोस भएपछि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ। 

आन्दोलनमा परेर घाइते हुने अन्यमा कुलदिप शर्मा, जनक ढुंगाना, सुरज तामाङ, यादव ढुंगाना, सुरज तामाङ, सम्राट थापा, किरण श्रेष्ठ र गोविन्द भण्डारा छन्। ९ जना घाइते भएका छन् भने सम्पर्कविहीन तीन जना रहेको बताइएको छ। 

नागरिक आन्दोलनकर्मीले सम्पर्कमा नआएकाहरु गिरफ्तार हुनसक्ने आशंका गरेका छन्। सम्पर्कविहीन रहेकामा विनोद शर्मा, मञ्जित श्रेष्ठ र कुशल श्रेष्ठ छन्।

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन निकट १७ भ्रातृ संगठनले विपक्षीमा संयुक्त अपिल ज... शुक्रबार, पुस २५, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन निकट १७ भ्रातृ संगठनले विपक्षीमा संयुक्त अपिल ज... शुक्रबार, पुस २५, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मिडियामा दिएका थ... शुक्रबार, पुस २५, २०८२
ताजा समाचारसबै
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश शुक्रबार, पुस २५, २०८२
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
प्रदर्शनका कारण इरानमा उडान प्रभावित, राजधानीका कयौं क्षेत्रमा आगलागी शुक्रबार, पुस २५, २०८२
जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्