• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिक आन्दोलन : ‘शासकले औकात देखायो’

64x64
लिलु डुम्रे सोमबार, माघ १२, २०७७  १९:१८
1140x725

काठमाडौं- प्रतिनिधि सभा विघटन गरेर ‘प्रतिगमन’ निम्त्याएको बालुवाटारलाई निर्णय सच्याउन शान्तिपूर्ण दबाब दिएको नागरिक आन्दोलनमा प्रहरीले चरम दमन गरेको छ।

सोमबार भएको प्रहरी दमनलाई नागरिक अगुवाले ‘शासकले औकात’ देखाएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभा विघटन विरुद्ध माइतीघरमा सडक प्रदर्शन गरिरहेको नागरिक आन्दोलन सोमबार बालुवाटरको गेटमा पुग्ने प्रयत्नमा थियो। प्रहरीले बालुवाटारको गेटमा पुग्न त दिएन नै, चरम दमनमा पनि उत्रियो।

नागरिक आन्दोलनलाई विभिन्न क्षेत्रमा स्थापित नागरिकले अगुवाई गर्दै आएका छन्। यसअघि माइतीघर केन्द्रित आन्दोलनलाई बालुवाटारको मुल गेटमा पुग्ने लक्ष्य थियो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटन सच्याउन दबाब दिने ध्येय थियो। 

कमलपोखरीबाट शुरू भएको मार्च कृष्ण पाउरोटी–हात्तीसार–नागपोखरी–नक्साल हुँदै भाटभटेनी पुग्यो। लेखक खगेन्द्र संग्रौला, पत्रकार नारायण वाग्ले र अधिकारकर्मी मोहना अन्सारी ब्यानरसहित मार्चको नेतृत्व गरिरहेका थिए। भाटभटेनी पुगे लगत्तै ठूलो संख्यामा परिचालित प्रहरीले आन्दोलनकर्मीलाई रोके।

पिपलको फेदलाई मञ्च बनाएर कोण सभा भाटभटेनीमै शुरू भयो। कोण सभाको शुरूआत लेखक तथा साहित्यकार युग पाठकले गरे। प्रारम्भमा ‘वुमन फर पोलिटिक्स’का युवतीहरुले ‘प्रतिगमन’ विरुद्ध सामूहिक आवाज निकाले। राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले बालुवाटार छिर्न प्रहरीले नदिएपछि सुरक्षाकर्मीलाई प्रश्न गरिन्, ‘तपाईंले प्रधानमन्त्रीलाई सुरक्षा दिइरहनुभएको छ कि हामी नागरिकको?’ अन्सारी पछि सांकेतिक प्रस्तुतीमार्फत् प्रदीप देवानले प्रतिनिधि सभा विघटन विरुद्ध आवाज घन्काए।

चिकित्सा क्षेत्रको सुधारका अभियन्ता डा. गोविन्द केसी प्रधानमन्त्री ओलीप्रति आक्रामक देखिए। प्रधानमन्त्रीलाई सडकको आवाज सुन्न बाध्य पारिने उनले दृढता देखाए। अघिल्ला नागरिक आन्दोलनमा सडक प्रर्दशनमा नदेखिएका लेखक संग्रौलाको बोल्ने पालो आयो। उनले आफू बोल्न भन्दा पनि नारायण वाग्लेको भाषण सुन्न आएको बताए।

उनले बोल्ने क्रममा माइकले पटक–पटक धोका दिएपछि भने, ‘माइकले धोका दिनुपनि प्रतिगमनकै कारण हो।’ प्रर्दशनमा सहभागी सबै गलल्ल हाँसे। ओलीको ‘प्रतिगमन’लाई घुँडा टेकाएर मात्रै नागरिक आन्दोलनले विश्राम लिने संग्रौलाको दाबी थियो।

Ncell 2
Ncell 2
nimb
nimb

संग्रौलाले सर्वाधिक सुन्न चाहेका पत्रकार वाग्लेको बोल्ने पालो आयो। पटक–पटक आन्दोलन गरेर लोकतन्त्र ल्याएपछि फेरि लोकतन्त्रकै लागि लड्नु परेकोप्रति वाग्लेले चिन्ताप्रकट गरे। प्रधानमन्त्री ओलीले लिएको निर्णय फिर्ता नगरी आन्दोलनले विश्राम नलिने उनको पनि दाबी थियो। 

पार्टी भित्रबाट अविश्वासको प्रस्ताव आउन लागेपछि संसद विघटन गरेको प्रधानमन्त्रीको दाबीलाई वाग्लेले खारेज गरे। ‘नाङ्गै खुट्टा बालकोट पठाउन खोजेकाले संसद विघटन गरिएको रे’, प्रधानमन्त्रीलाई वाग्ले प्रश्न गरे, ‘नाङ्गो खुट्टा हिँड्नेले ल्याएको लोकतन्त्र हो। नाङ्गै खुट्टा बालकोट जान किन नहुने?’ 

प्रधानमन्त्रीसँग रुष्ट वाग्लेले निकटको विगत स्मरण गराउँदै भने, ‘नारायणहिटीबाट खुरुक्क पूर्वराजा नागार्जुन जान हुन्छ भने ओली बालकोट जान किन नहुने?’

Xtrem

Xtrem

कार्यक्रमका अन्तिम वक्ता थिए वाग्ले। उनी बोली टुंगाउने क्रममै थिए। धेरैलाई लागेको थियो– आजको प्रर्दशन सकियो। तर, सहभागीले सोचें जस्तो रहेन। उत्तरदिशातिर रहेका सुरक्षाकर्मीलाई आश्वस्त पार्दै वाग्ले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हो। हामी बालुवाटार गेटसम्म पुगेर शान्तिपूर्ण आन्दोलन गर्छौं।’ 

वाग्लेको बोली फुट्नासाथ माहोलमा पूरै परिवर्तन भयो। प्रर्दशनकारी अघि बढे। सुरक्षाकर्मी र प्रर्दशनकारीबीच घम्साघम्सी भयो। आन्दोलनकारी थोरै अघि बढे। युवापुस्ता प्रहरीको बार हटाएर तीव्र गतिमा अघि बढ्दै थियो। प्रहरी दमनमा उत्रियो। प्रर्दशनकारीमाथि प्रहार शुरू गर्‍यो। तितरबितर र भागाभाग भयो। नागरिक अगुवाहरु संग्रौला, वाग्ले, पाठक, अन्सारी, महेश मास्के, सञ्जिव उप्रेती, तुलनारायण साह लगायतका प्रहरीको लाठी प्रहारबाट भागाभागमा परे। 

तितरबितर भएकालाई एकत्रित गर्दै सडकमा शान्तिपूर्ण धर्र्ना दिने वाग्लेले सुरक्षाकर्मीलाई जानकारी गराए। ५÷७ जना सडकमा बस्ने तयारी गर्दैै थिए। प्रहरी आक्रमणमा फेरि उत्रियो। प्रर्दशनकारीलाई दमन गर्न ‘वाटर क्यानन्’ तैनाथ थियो।

पानीको फोहोरा छुट्यो। पानीको फोहोराले आन्दोलनकारी बाटोमै ढल्न थाले। आन्दोलन शान्तिपूर्ण हुने बताउँदै वाग्लेबीच सडकमा के पुगेका थिए, उनलाई लक्षित गर्दै प्रहार गरियो। शक्तिशाली पानीको फोहोराले बीच बाटोमा वाग्ले ढले। केहिबेरको आरामपछि उनी उभिने सक्ने भए। 

प्रर्दशनकारी र सुरक्षाकर्मीबीच घम्साघम्सी जारी थियो। प्रहरीले आन्दोलनकारीलाई लखेट्दै भाटभटेनीसम्म ल्याइपुर्‍यायो। पानीले निथ्रुक्क भिजेका वाग्ले भाटभटेनी आइपुगे। सडकको किनारामा अलिकति अग्लो स्थानमा उक्ले। प्रर्दशनकारीलाई सम्बोधन गर्दै भने, ‘जनआन्दोलन ३ शुरू भयो।’ शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप विरुद्ध उनको आक्रोश थियो।

नागरिक आन्दोलनका अगुवाहरुले दिएको जानकारी अनुसार एकजना गम्भीर घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेका निर्गराज जैसी बेहोस भएपछि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ। 

आन्दोलनमा परेर घाइते हुने अन्यमा कुलदिप शर्मा, जनक ढुंगाना, सुरज तामाङ, यादव ढुंगाना, सुरज तामाङ, सम्राट थापा, किरण श्रेष्ठ र गोविन्द भण्डारा छन्। ९ जना घाइते भएका छन् भने सम्पर्कविहीन तीन जना रहेको बताइएको छ। 

नागरिक आन्दोलनकर्मीले सम्पर्कमा नआएकाहरु गिरफ्तार हुनसक्ने आशंका गरेका छन्। सम्पर्कविहीन रहेकामा विनोद शर्मा, मञ्जित श्रेष्ठ र कुशल श्रेष्ठ छन्।

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज २६ गते दिउँसो १२:३० बजेदेखि ललितपुरस्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्... सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ १५ औं महाधिवेशनमा उपसभापति (खुला) मा उम्मेदवार बनेका भट्टराईले पराजित भएपछि अझै धेरैको विश्वास जित्न आवश्यक रहेको बताएका हुन् । सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता पछिल्लो मतपरिणामअनुसार रामहरि खतिवडा ९१७ मतसहित अग्रस्थानमा छन्। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्