काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू:
१) प्रधानमन्त्री ओलीद्वारा सांसद्ले पाँचै वर्ष काम गर्न पाउनुपर्छ भन्ने विषयको प्रतिवाद, जागिर जस्तो सांसद् पद नभएको तर्क, प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्नेहरु देश विरोधी भएको आरोप ।
२) वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि प्रधानमन्त्री ओलीको गरेको टिप्पणीप्रति बारको आपत्ति, सार्वजनिक माफी माग्न आग्रह, बार एशोसिएशनलाई सशक्त विरोध गर्न बाध्य नपार्न चेतावनी ।
३) नेप्से परिसूचकमा ५०.२० अंकको वृद्धि, २४२४.८४ अंक कायम, आइतबारबाट पूँजीबजारमा धितोपत्रको कारोबार सम्बन्धी नयाँ व्यवस्था लागु, ‘टि प्लस २’ कार्यान्वयनमा ।
४) जेलमा राखिएका विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा रुसभर प्रदर्शन, ३ हजारभन्दा बढी पक्राउ, पक्राउ पर्नेमा नाभाल्नीका प्रवक्ता र वकिल पनि ।
५) र, प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनीसँग बराबरी खेलेको बागमती प्रदेश सेमिफाइनलमा, अर्को खेलमा प्रदेश–२ लाई पराजित गर्दै सुदूरपश्चिमको सान्त्वना जित ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।