काठमाडौं- चर्चित अमेरिकी पत्रकार ल्यारी किङको निधन भएको छ। टक शोमा ख्याती कमाएका ८७ वर्षीय किङको अमेरिकामा शनिबार बिहान निधन भएको हो।
लस एन्जलसस्थित सेडार सिनाइ मेडिकल सेन्टरमा उनको निधन भएको हो। उनका छोरा चान्सले बुबा किङको निधन भएको पुष्टि गरेका छन्। चान्सले फेसबुकमा स्टाटस लेख्दै किङको निधन भएको पुष्टि गरेका हुन्।
किङले २५ वर्षसम्म अमेरिकी न्युज च्यानल सिएनएनमा 'ल्यारी किङ लाइभ' टक शो संचालन गरेका थिए। उनले लिएका अमेरिकी राष्ट्रपतिका उम्मेदवारहरू, सेलिब्रेटी र खेलाडीहरूका साथै सामान्य मानिसका अन्तर्वार्ता चर्चित छन्। सन् २००६ मा ६ हजारभन्दा बढी इपिसोड संचालन गरी किङले सक्रिय पत्रकारिताबाट सन्यास लिएका थिए।
सिएनएनका अध्यक्ष जेफ जुकरले पनि उनको निधप्रति दुख व्यक्त गरेका छन्। 'हाम्रा सहकर्मी ल्यारी किङको निधले हामीलाई दुखी बनाएको छ,' जुकरले जारी गरेको वक्तव्यमा उल्लेख छ।
कोरोना संक्रमण भएपछि गत डिसेम्बर महिनामा उनीलाई सिनाई अस्पताल भर्ना गरिएको थियो। यद्यपि उनमा अरु पनि थुप्रै स्वास्थ्य समस्या थिए। उनले पटकपटक हृदयाघातसँग लड्नु परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।