• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

नेवानिको इतिहास झल्काउने बोइङ 'गण्डकी' : न उड्छ, न बिक्छ

64x64
उत्तम काप्री शनिबार, माघ १०, २०७७  ०९:२६
1140x725
निगमको गण्डकी जहाज। तस्बिर : जेट फोटोज्

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को ३४ वर्ष पुरानो बोइङ-७५७ जहाज 'गण्डकी’ दुई वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' छ। कलसाइन 'नाइन एन एसिबी बोइङ' जहाज २०१९ जनवरीदेखि ग्राउन्डेड भएको हो।

३२ वर्षसम्म नेपाली झन्डा फहराएर विश्वका विभिन्न देशमा उडान भरिसकेको बोइङ अहिले न उड्न सक्छ, न बिक्री हुन सकेको छ।

जहाजको उडानयोग्य समय (एयर वर्दिनेस) सकिएको पनि वर्ष दिन हुन लागिसकेको छ। तर, निगम व्यवस्थापनले उक्त जहाजको व्यवस्थापनमा कुनै निर्णय गर्न सकेको छैन।

उक्त बोइङ सन् १९८७ मा नेपालले खरिद गरेको थियो। सँगै खरिद गरिएको अर्को बोइङ 'कर्णाली' भने २०७४ सालमै भवन भट्टको बिबी एयरवेजले १५ करोड रुपैयाँमा खरिद गरेको थियो।

त्यसपछि पनि नियमित उडानमा रहेको बोइङ-७५७ 'गण्डकी' २ वर्षदेखि ग्राउन्डेड भएर बसेको हो। १९० सिट क्षमताको बोइङमा १६ वटा बिजनेस क्लास सिट छन्। बिक्रीका लागि बैनासमेत भइसकेको बोइङ दुई वर्षदेखि विमानस्थलमै ग्राउन्डेड भएर बसेको हो।

निगमले गत वर्ष नै यो जहाज व्यवस्थापनको काम अघि बढाएको थियो। तर, कोभिड महामारी सुरु भएसँगै बिक्री प्रक्रियामा धक्का लागेको हो। तत्कालीन समयमा बोइङ बिक्रीका लागि ५ करोड बैनासमेत दिइसकेको कम्पनीले अहिले औपचारिक रुपमा बोइङ नलैजाने बताइसकेको छ।

'गण्डकी'को दुर्गति
२०१८ को अक्टोबर अगाडिसम्म निगमको बोइङ-७५७ कलसाइन नाइन एन एसिबी ‘गण्डकी’ जहाज नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानमै थियो। नियमित मर्मतका लागि २०१८ को अक्टोबरमा यो जहाज मलेसिया पठाइएको थियो। मर्मतमा झन्डै ५ करोड रुपैयाँ खर्च भयो। मर्मतपछि २०१९ को जनवरी १६ मा काठमाडौं आउने तालिका तय भयो। जहाज मलेसियाबाट काठमाडौंका लागि उड्यो। जहाज आकाशमा उडानकै क्रममा ‘विङ स्क्रिन’ बिग्रन पुग्यो। जहाजलाई सुरक्षित तवरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरियो। जहाज पुनः मर्मत नगरी उडान गर्न नमिल्ने अवस्थामा पुग्यो।

जहाजलाई पुनः १२ हजार डलरभन्दा बढी रकम खर्च गरेर उडानयोग्य त बनाइयो तर, निगमको तत्कालीन नेतृत्वमा रहेका महाप्रबन्धक मदन खरेलले उडानमा चासो दिएनन्। बरु जहाज बिक्रीका लागि प्रक्रिया थालनी गरे।

Ncell 2
Ncell 2
nimb
nimb

जहाज उडानयोग्य रहँदारहँदै उडान बन्द गरिएको विषय विवादमा आयो।  

उडानयोग्य अवस्थामा जहाज भए पनि उडान नहुँदा बोइङ उडाउने निगमका सबै पाइलटको उडान योग्यता प्रमाणपत्र (पिपिसी)को म्याद सकियो। पिपिसी नवीकरण हुन सकेन।

निगमका तत्कालीन महाप्रबन्धक खरेलले जहाज बिक्री गर्ने भन्दै पाइलटको पिपिसी नवीकरणमा पनि कुनै चासो दिएनन्।

त्यसपछि निगम व्यवस्थापनले २०१९ को अप्रिलतिर बोइङ उडान नगर्ने उद्घोष गर्‍यो। त्यसकाे केही महिनापछि, २०१९ जुन ११ मा निगम सञ्चालक बोर्डबाट निगम महाप्रबन्धक मदन खरेलले जहाज बिक्री गर्ने निर्णय अनुमोदन गराए।

२०१९ जनवरीदेखि जहाज उडान बन्द गराएका खरेलले जहाजको उडानयोग्य प्रमाणपत्रको समय २०२० को फेब्रुअरीमा सकिने भएपनि ढिलासुस्ती गर्दै जहाज बिक्री गर्ने निर्णय २०७६ जेठको अन्मित साता मात्रै बोर्डबाट अनुमोदन गराए।

निगम व्यवस्थापनले बोइङ बिक्रीका लागि ग्लोबल टेन्डर गर्न ढिला गर्दै गयो। अन्ततः खरेलले जहाजको उडान योग्य समय घर्किएपछि जहाज बिक्रीका लागि ग्लोबल टेन्डर गरे।

निगमले २०७६ असार ११ गते पहिलो पटक बोइङ बिक्रीका लागि ४५ दिनेको समयसिमा राख्दै ग्लोबल टेन्डर गर्‍यो। टेन्डरमा कुनै पनि कम्पनी आएनन्। फेरि निगमले जहाज बिक्रीका लागि दोस्रो पटक समय थप गर्दै सूचना जारी गर्‍यो।

निगमले दोस्रो पटक सूचना जारी गरेपछि जहाज खरिदका लागि २ वटा कम्पनीले चासो देखाउँदै प्रस्ताव हाले। तर, प्रस्तावमा निगमले तोकेको न्युनमत मूल्य भन्दा पनि कम रकममा जहाज खरिद गर्ने प्रस्ताव आएको भन्दै सबै प्रक्रिया रद्द गरियो।

निगमले जहाज बिक्रीका लागि ७६ लाख ७६ हजार अमेरिकी डलर अर्थात् ८७ करोड ५० लाख रुपैयाँ राखेर टेन्डर गरेको थियो। तर, खरिदका लागि कुनै पनि कम्पनीले उक्त रकम राखेर प्रस्ताव पेस नगरेपछि टेन्डर प्रक्रिया रद्द गरेको थियो।

त्यसपछि २०७६ कात्तिकमा फेरि निगमले तेस्रो पटक बोलकबोलमार्फत जहाज बिक्रीका लागि भन्दै १५ दिनको समय दिएर सूचना प्रकाशन गर्‍यो। तेस्रो पटकको सूचनामा निगमले जहाज बिक्रीका लागि भन्दै विदेशी कम्पनीमार्फत् गराएको मूल्यांकन रिपोर्टमा उल्लेख भएको भन्दा कम मूल्य राखेर सूचना प्रकाशन गरेको थियो।

जहाज बिक्रीका लागि फिन्टेक ग्लोबल कन्सल्ट्यान्ट कम्पनीले बुझाएको प्रतिवेदनमा बढीमा ५२ लाख ९६ हजार अमेरिकी डलर र कम्तीमा ४३ लाख ३३ हजार अमेरिकी डलरमा बिक्री गर्न सकिने उल्लेख थियो। तेस्रो पटकको लिलामी सूचना गर्दा निगमले न्यूनतम भन्दा कममा जहाज विक्रीको लागि बोलकबोलका लागि सूचना प्रकाशन गरेको थियो।

लिलामी प्रक्रियामा ३ वटा कम्पनी सहभागी भए। जसमा सबैभन्दा बढी रकम तिर्न सहमत कम्पनी पोल्यान्डको सिएसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङलाई ५७ लाख १० हजार अमेरिकी डलरमा बिक्री गर्ने निर्णय गर्दै ५ करोड रुपैयाँ बैना लिएको थियो। तर, बैना लिएको केही समयपछि नै विश्वमा कोरोनाको महामारी सुरु भयो। महामारी सुरु भएपछि उक्त कम्पनी जहाज खरिद–बिक्रीको लागि दुई पक्षीय सम्झौताका लागि आएन।

जहाजको उडानयोग्य समय पनि २०२० को फेब्रुअरीमा सकियो। अहिले उक्त कम्पनीले जहाज नलैजाने भनेर अनौपचारिक रुपमा निगम व्यवस्थापनलाई जानकारी गराइसकेको छ।

अब के हुन्छ?
जहाज खरिदबिक्रीका लागि लामो समयसम्म पोल्यान्डको सिएसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनी नआएपछि खोजीनीति सुरु भएको छ।

जहाज खरिदका लागि बैनासमेत दिएको कम्पनीले सुरुवाती चरणमा कोरानालाई कारण देखाएर सम्झौता गर्न आएन। लामो समयसम्म पनि कम्पनी सम्पर्कमा नआएपछि जहाज व्यवस्थापनको विषय निगम सञ्चालक समितिमा प्रवेश भएको थियो।

केही समय अगाडि बसेको सञ्चालक समितिको बैठकले बैना दिएको कम्पनीको औपचारिक निर्णय माग गर्ने निर्णय गरेको थियो।

सोही बमोजिम निगम व्यवस्थापनले जहाज खरिदका लागि बैनासमेत दिएको पोल्यान्डको सिएसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीलाई पत्राचार (इमेल मार्फत्) गरिसकेको निगम महाप्रबन्धक डिम प्रकाश पौडेलले बताए। कम्पनीको जवाफ आएपछि त्यस विषयमा पुनः बोर्डले जहाज व्यवस्थापनको विषयमा निर्णय गर्ने उनको भनाइ छ।

तर, जहाजको उडानयोग्य प्रमाण २०२० को फेब्रुअरीमा नै सकिइसकेको छ। जहाजलाई पुनः उडानयोग्य बनाउन भने मिल्छ। त्यसका लागि जहाज मर्मत गर्नुपर्ने हुन्छ। जहाज मर्मतमा ठूलो रकम खर्च हुने अवस्था छ। जहाजको इन्जिन साइकल पनि १ सय घण्टा मात्रै छ। जसकारण जहाजलाई उडानयोग्य बनाउने हो भने करौडौं रुपैयाँ खर्च गर्नुपर्छ।

जहाजलाई उडानयोग्य बनाइसकेपछि पनि बेच्नुभन्दा कार्गो उडानमा प्रयोग गर्नु उचित हुने निगमका इन्जिनियरहरू बताउँछन्। तर, निगमले अन्तर्राष्ट्रिय उडानतर्फ दुई प्रकृतिको जहाज उडान नगर्ने उद्घोष गर्दै बोइङ बिक्री गर्ने निर्णय गरेको थियो।

सन् २०२० को फेब्रुअरी महिनाभित्रै उक्त जहाज उडान गर्नुपर्ने बाध्यता भएपनि कोरानाका कारण समस्या आएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानयोग्य प्रमाण-पत्रको समय थप गर्नुपर्ने निगमको भनाइ छ।

प्राधिकरणले उडानयोग्य प्रमाण-पत्र थप नगरेको अवस्थामा जहाज बिक्रीबाट हुने आम्दानीमा प्रत्यक्ष असर पुग्ने निगमको भनाइ छ। ‘विपदको समयमा प्राधिकरणले उडानयोग्य समय थप्नु पर्छ,’ निगम स्रोतले भन्यो, ‘त्यसका लागि आवश्यक सबै काम गर्नेछौँ।’

प्राधिकरण महानिर्देशक राजन पोखरेलले भने अहिले नै थप हुने वा नहुने विषयमा बोल्न नसक्ने जानकारी दिए। जहाजको सबै अवस्था हेरेर मात्रै उडान योग्य समय थप हुने वा नहुने विषयमा दुई पक्षीय छलफलबाट निर्णय हुने उनको भनाइ छ।

दोषी को?
बोइङ जहाज उडान बन्द गरे पनि बिक्री प्रक्रिया ढिलाइ गर्दा यो समस्या आएको निगम व्यवस्थापनको भनाइ छ। जहाजको उडान २०१९ जनवरीदेखि नै बन्द भएको थियो। जहाज उडान बन्द हुँदा जहाज बिक्रीका लागि परामर्शदाताले अध्ययन गरेर रिपाेर्ट दिएको थियो। तर, तत्कालीन निगम महाप्रबन्धक खरेलले जहाज बिक्रीको प्रक्रिया ढिला गर्दा अहिले यो समस्या आएको हो।

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  ०९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
पर्यटकको पर्खाइमा लोदेनको छोनासिङ पोखरी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको आकर्षक छोनासिङ पोखरी पर्यटकको पर्खाइमा छ। सोमबार, भदौ २२, २०८३
बुध्द एयरको नयाँ एटीआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायमै शुक्रबार बिहान ८ बजेर ६ मिनेटमा ‘९एन–एओएस’ कलसाइन भएको उक्त जहाजले ६६ जना यात्रु बोकेर काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक... शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान चुनौतीपूर्ण, होटलदेखि पदमार्गसम्म प्रभावित अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले प्रारम्भिक विवरणअन... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो मंगलबार, भदौ २३, २०८३
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
बाढी प्रभावित क्षेत्रमा आज दिनभर खोज तथा उद्धार : ८१ जनाको उद्धार, टनेलमा एक शव फेला मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्