• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अस्ताए आधुनिक नेपाली संगीतका ‘ध्रुव’ तारा

पुष्पा थपलिया शुक्रबार, माघ ९, २०७७  १३:०८
1140x725

काठमाडौं–गायक ध्रुव केसीको निधन भएको छ। बिहीबार साँझ ५ बजे ललितपुरको भैंसेपाटीस्थित एक केयर सेन्टरमा उनको निधन भएको हो। लामो समयदेखि पार्किन्सन रोगले थलिएका केसी नायक भुवक केसीका काका पनि हुन्। भुवन केसीले धेरै अन्तर्वार्तामा आफू काकाकै कारण कला क्षेत्रमा आएको बताएका छन्। 

को हुन् ध्रुव केसी?
नयाँ पुस्ताले खासै नचिन्न सक्छ ध्रुव केसीलाई। तर उनी ३० र ४० को दशकमा निकै सुनिने गायकमा पर्थे। उनले ‘अरु कालो रेलको धुवाँले’। ‘मायालु हजार हुन्छन्,’ ‘नरोऊ-नरोऊ साइँली’ जस्ता चर्चित गीत गाएका छन्। 

उनको जन्म २००३ साल मंसिर १ गते भएको हो । काठमाडौंमा बाबु यज्ञबहादुर केसी र आमा पदमकुमारीको कोखबाट जन्मिएका उनी पहिलो सन्तान हुन्। उनका नौ जना भाइ बहिनीहरु छन्। 

सानो उमेरदेखि नै ध्रुव उनका बाबुको साथमा हार्मोनियम बजाउँथे। बाबुले सिकाएको हार्मोनियममा उनको चाख बढ्दै गयो। युवा अवस्थामा पुग्दासम्म त उनी हार्मोनियममा कसैले जित्न नसक्ने बनिसकेका थिए।

उनका बुवा भजन गाउँथे। त्यही समयमा उनी तवलामा पनि हात तन्काउँथे। बाबु नभएका बेला त तवला बजाउनमा उनको रजाइ नै चल्थ्यो।

उनले २०१० सालमै बालगायकको रुपमा गाउन सुरु गरे।  रेडियो नेपालमा बाल कार्यक्रम आउँथ्यो, त्यसैमा उनी बाल गीत गाउँथे ।
सानो उमेरदेखि नै उनको गायनकला  धेरैको  मनमा बस्न सफल भइसकेको थियो । उनका थोरै गीतले नै धेरै मनमुटुमा कब्जा जमाइसकेको थियो। 

सुरुवाती दिनमा उनले गीत गाएवापत १० रुपैयाँ पारिश्रमिक पाएका थिए।  रेडियो नेपालले उनलाई उक्त रकम उपलब्ध गराएको थियो  
उनी बिस्तारै संगीतमा यतिधेरै डुब्न थाले कि, संगीतविना उनी अपुरो थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

बिस्तारै उनले ११२ रुपैयाँ पारिश्रमिक पाउन थाले। यो समयसम्म उनी रुचाइने कलाकार बनिसकेका थिए। प्रिय बन्दै गएपछि उनलाई रेडियो नेपालले पूर्णकालीक बनायो।  उनी कार्यक्रम प्रस्तोताको भूमिका पनि काम गर्न थाले। 

नेपालमा जिंगल बनाउने पहिलो व्यक्ति पनि उनी नै हुन्। जिंगल बनाउनुका साथै भ्वाइस ओभरको काम पनि गर्थे।

उनीसँग निकै जादुमयी आवाज थियो। त्यसैले पनि उनको आवाज सबैको प्रिय बन्न धेरै समय लागेन।  उनले बिस्तारै आफ्नै संगीतमा गीत कम्पोज गर्न थाले ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एकपटक यस्तो समय पनि आयो कि उनले राजा महेन्द्रको अगाडि गीत गाउने निमन्त्रणा पाए। 

उनको आवाज सुनेर राजा महेन्द्र निकै प्रभावित बनेका थिए। त्यसैले महेन्द्र ध्रुवलाई विभिन्न अवार्डहरु दिएर गीत गाउन उक्साइरहन्थे । राजा महेन्द्र अन्य कलाकारको तुलनामा ध्रुवसँग बढी नजिक थिए भन्दा फरक पर्दैन। 

रेडियो नेपालमा भएको आधुनिक गीत प्रतियोगितामा उनले प्रथम स्थान हासिल गर्न सफल भए । त्यतिबेला उनी २२ वर्षका मात्र थिए। त्यो समयमा राजा महेन्द्रले गाउँ फर्क अभियान पनि चलाइरहेका थिए। 

युवा अवस्थामा निकै राम्रो काम गर्दागर्दै पनि संगीतको क्षेत्रमा खासै राम्रो गर्न सकिरहेका थिएनन् ।  त्यसैले २०३० सालमा उनी आफ्नो भाग्य परीक्षण गर्न मुम्बई गए। 

इतिहासलाई फर्केर हेर्ने हो भने, उनले २०१३ देखि २०२६ सालसम्म नेपाली संगीत क्षेत्रलाई जति दिए, त्यो संगीत उद्योगमा उनको जिन्दगीको करिडोर थियो । 

ध्रुवले आफ्नो स्नाकोत्तरको पढाई भारतको पटना कलेजबाट गरे। 

उनले सुबेदार गजुरेल खत्रीकी छोरी भवानीसँग २०२२ सालमा बिहे गरे। छोरी रुपा जन्मनेबित्तिकै भवानीको निधन भयो। 

श्रीमतीको आकस्मिक निधनले धुव्र विचलित भए। जब उनले कल्पनासँग दोस्रो बिहे गरे, अनि मात्रै सामान्य जिन्दगीमा फर्किए।  कल्पना भारतका कुनै महाराजकी छोरी थिइन्। 

कल्पनाले अन्य दुई छोरीलाई जन्म दिइन्, नम्रता र प्रतिभा। दुई छोरी जन्माएपछि फेरि उनको जिन्दगीमा नसोचेको घटना भयो। कल्पनाले पनि कहिल्यै नफर्कने बाटो रोजिन् । 

कल्पनाको मृत्युपश्चात भने उनी केही हदसम्म सम्हालिए। आफ्ना छोरीहरुको भविष्यमा लागि पनि उनी सम्हालिनु जरुरी थियो। 
श्रीमती गुमाएको केही समयपछि फेरि उनकी आमाले समेत छाडेर गइन्। २०२७ सालमा आमाको मृत्युपश्चात् उनले संगीत क्षेत्रबाटै सन्यास लिए। 

आमाको मृत्युपछि उनलाई नेपालमा बस्नै मन लागेन। त्यसैले उनी दिल्ली बसाइ सरेर गए। भारतको दिल्लीमा सानो बिजनेस सुरु गरे पनि त्यसले खासै राम्रो प्रगति गर्न सकेन। 

व्यवसायमा घाटा बेहोर्न थालेपछि उनी कर्मचारीको रुपमा काम गर्नथाले। कर्मचारी बनेर काम गरेपछि भने उनले मुम्बई, कोलकाता, दिल्लीलगायतका ठाउँमा सांगीतिक प्रस्तुति दिन थाले। 

जीवनकालमा उनले जम्मा २५ वटा गीत गाए। तर तिनैले उनलाई संगीतप्रेमीमाझ चिनायो। छोटै समय सांगीतिक शिखरमा पुगेर छिट्टै संगीत क्षेत्रबाट बिदा भएकाले उनलाई आधुनिक गीतका ‘धुव्रतारा’ पनि भनिन्छ।

उनै आधुनिक संगीतका धुव्रतारा भौतिक रुपमा सधैंका लागि बिलाएका छन्। 
 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १३:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने
फूलपाती भित्र्याइँदै
सम्बन्धित सामग्री
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्र जाँच समितिले श... शनिबार, असोज ३१, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकार... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
फूलपाती भित्र्याइँदै शनिबार, असोज ३१, २०८३
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल शनिबार, असोज ३१, २०८३
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्