• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बन्द कोठामा भएको खासखुसले अदालत प्रभावित नबनोस्

64x64
गगन थापा बिहीबार, माघ ८, २०७७  १९:०६
1140x725

नेताहरुले अदालतलाई प्रभावित पार्नु हुँदैन भन्ने सुन्छु। अदालत हामीले बोलेर प्रभावित हुने हो भने हामी त बोलिसक्यौं। प्रतिनिधि सभा विघटन असंवैधानिक हामीले भनिसक्यौं।

मानौं अदालतले प्रधानमन्त्रीको कदमलाई सदर गरिदियो। त्यसबेला कांग्रेसले पुस ५ गते निकालेको वक्तव्य गलत थियो भन्छ? भन्दैन। २०/३० वर्षपछि हेरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको कांग्रेस निर्णय देखिन्छ।

सरकारका निर्णय अराजनीतिक,बदनियत,दुराग्रहपूर्ण भएपछि असंवैधानिक भनिन्छ। असंवैधानिक हचुवाका भरमा भनिँदैन,भन्न पनि मिल्दैन।

२०४७ सालको संविधानको ५३ (४) मा प्रधानमन्त्रीले संसद विघटन गर्ने सिफारिस गरे राजाले अनुमोदन गर्ने व्यवस्था थियो।

प्रधानमन्त्रीले संसद विघटन गर्ने सिफारिस गरे राजाले त्यसलाई स्वीकार्ने व्यवस्था थियो। कांग्रेसका पूर्वसभापति तथा तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले त्यसै धारामा टेकेर संसद भंगको सिफारिस गर्नुभयो। ठिक गर्नुभयो वा बेठिक गर्नुभयो, मुल्यांकन भइसकेको छ। निर्वाचनले कांग्रेसलाई दण्डित पनि गर्‍यो। संविधानको व्यवस्था अनुसार विघटनको अधिकार उहाँलाई थियो। उक्त धाराको पटक पटक दुरुपयोग भयोे।

संविधान सभाका विभिन्न समितिमा लामो छलफल गरियो। अहिलेको राष्ट्रपति विद्यादेवी भण्डारी, केपी ओली, प्रचण्ड पनि त्यहीं हुनुहुन्थ्यो। संविधान नशामा लठ्ठ भएर लेखिएको होइन, जाने बुझेर नै लेखिएको हो। बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने लामो बहसपछि लेखिएको हो। 

बहुमतको सरकारले प्रतिनिधि सभा विघटन गर्न पाइँदैन? भनी इजलासमा न्यायाधीसको प्रश्न आएको सुनिएको छ। इजलासमै बहस गर्ने हुटहुटी आएर अदालतमा बहस गर्न पाएको भए बेला मेरो उत्तर हुने थियो, ‘श्रीमान, बहुमतको प्रधानमन्त्रीले सरकार चलाउन नसके घर जाने। घर जान मन नलागे वन जाने।’ संविधानले संसद विघटन गर्न पाइने सुविधा दिएको छैन।

नर्वे, पाकिस्तान, बेलायत, जर्मनीको संविधान पल्टाउन आवश्यकतै छैन। ती देशका संविधानको धारा धारा पढेर वर्षौं लगाएर संविधानमा धारा ७६ लेखिएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिनिधि सभा विघटन हुने एउटा मात्रै आधार संविधानमा छ। संसदमा विश्वासको मत प्राप्त गर्न नसक्ने निरिह र कमजोर प्रधानमन्त्रीले मात्रै प्रतिनिधि सभा विघटन गर्न सक्ने व्यवस्था छ। संसदले प्रधानमन्त्री नै बनाउन सकेन भने मात्रै प्रतिनिधि सभा भंग गर्ने अधिकार छ। 

पूर्वप्रधानन्यायाधीश र राजनीतिक दलले विना आधार असंवैधानिक भनेका होइनन्। संसद भंग असंवैधानिकको साथै अनिधिकृत पनि हो। सार्वजनिक पद धारण गरेको व्यक्तिले संविधानले ‘नगर’ भनेको कुरा गर्न पाउँदैन। गर्‍यो भने अनधिकृत हुन्छ। आफ्नो अधिकारै नभएको कार्यमा प्रवेश गरेपछि प्रधानमन्त्रीको कदम अनधिकृत हो। 

प्रधानमन्त्रीको काम चरम अराजनीतिक पनि हो। उहाँले किर्ते कार्य गर्नुभयो। मसँग ६४ प्रतिशत बहुमत रहेकाले ३६ प्रतिशतले सरकार बनाउन नसक्ने तर्क अघि सार्नुभयो। ‘मलाई दुई तिहाइ बहुमत’ चाहिएकाले संसद विघटन गर्नुपरेको अदालतलाई जवाफ पठाउनुभएको छ। दुई तिहाई बहुमत संविधान संशोधन गर्नका लागि चाहिएको उहाँको जवाफमा छ। दुई तिहाई मत उहाँलाई दिइयो भने संविधानको कुन धारा संशोधन गर्ने?प्रधानमन्त्रीले भन्नसक्नुहुन्न। खोपकेन्द्र बनाउनुपर्ने प्रधानमन्त्रीले मतदान केन्द्र बनाएर हिँड्न थाल्नुभएको छ। संसद भंग गर्नुको कारणमा कोभिड १९ नियन्त्रण गर्न दुईतिहाईको सरकार चाहियो भन्नुहुन्छ। 

कथं अदालतले संसद भंगलाई सदर गरिदियो भने भविष्यमा २÷४ जना आफ्नो पक्षमा नभएकै कारण पनि कुनै सनकी प्रधानमन्त्रीले संसद भंग गर्न सक्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सम्पूर्ण विश्वास अदालतमा छ। बाहिर के भइरहेको छ,त्यसले अदालतलाई प्रभावित नगर्ने न्यायाधीशहरुले भनिरहनुभएको छ। हामी पनि त्यही नै चाहन्छौं। बाहिर भइरहेको कुराले बेन्चमा बसेको श्रीमानलाई प्रभावित नगरोस्। बाहिर भएको र बन्द कोठामा भएको खासखुसले अदालत प्रभावित नबनोस्। श्रीमानहरुलाई संविधानप्रतिको कर्तव्यबोधले मात्रै प्रभावित गरोस्।

सर्वोच्च अदातलको स्वायत्ततालाई कम्युनिस्टसँग लडेर हामीले बचाएका हौं। संसदको पनि सर्वोच्चले मान राखोस् भन्ने चाहन्छौं।

विधायिकाको मनसाय बुझियोस भन्ने चाहन्छौं। अदालतप्रतिको आस्था र विश्वास रहोस्। बहुलठ्ठी अमेरिकी निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकतन्त्रमा खतरा उत्पन्न भएको थियो,तर लोकतन्त्र मासिएन। किनकी, ट्रम्पले नियुक्त गरेका न्यायधीसले उनको निर्णय मानेनन्। नियुक्ति उनीबाट लिएपनि संविधानको सपथ खाएर बेन्चमा बसेपछि उनीहरुको कर्तव्य संविधानप्रति रह्यो। हामी पनि हाम्रो श्रीमानलाई धर्म नछोड्न भनिरहेका छौं। संविधानमा टेकेर न्याय दिइयोस भनिरहेका छौं। संविधानभन्दा बाहिर रहेको निर्णयलाई संविधानको सीमामा रहेर न्यायाधीसहरुले न्याय दिनुहोस् भनिरहेका छौं। निर्णय प्रक्रिया छिटो गरियोस्।

आशा छ, संसद पुनःस्थापना हुन्छ। पुर्नस्थापना संसदमा हिसावकिताब हुन्छ। संसदले पनि न्याय गर्छ। ढिलो चाडो मुलुक निर्वाचनमै जान्छ। निर्वाचन हुने/नहुने अन्योल राख्नुपर्दैन।मुलुक जुनबाटोबाट निर्वाचनमा जानुपर्ने हो,त्यसै बाटोबाट जान्छ।

आजको दिनमा संसद पुर्नस्थापना कि निर्वाचन भन्नु नै गलत प्रश्न हो। आजको प्रश्न संविधानको पक्षमा हो कि होइन भन्ने हो।

आजको प्रश्न संविधान जोगाउने पक्षमा ‘हो कि होइन’ हो। 

प्रधानमन्त्रीको यो प्रवृत्ति रातारात आएको होइन। पुस ५ मा एकैपटकको सनकले प्रतिनिधि सभा भंग भएको होइन। ओलीको प्रवृत्ति तयार हुनलाई वर्षौं लागेको छ। २०७४ को फागुनमा प्रधानमन्त्रीलाई संसदमा बधाई दिने क्रममा ‘तपाईप्रति डर’ रहेको भनेको थिएँ।

निरंकुश शासक भन्ने हो डर राखेको थिएँ। त्यतिबेलाको आशंका विस्तारै विस्तारै पुष्टि हुँदै गयो।

बाहिरबाट हेर्दा प्रधानमन्त्रीसँग इच्छाशक्ति भएको जस्तो देखिन्छ। तर,त्यसो होइन, केबल एउटा खोक्रो विश्वास छ। योग्यता नभएका शासकमा यस्तो भ्रम संसारभरि नै छ। प्रधानमन्त्रीमा योग्यता छैन, अहंकार छ। सानो वा ठूलो स्वरमा संसदमा भनियो। तर, त्यसलाई सुनिएन।नसुनेकै कारण देश दुर्घटनामा गयो। प्रतिनिधि सभा भंगको प्रमुख दोषी प्रधानमन्त्री स्वयं हो। तर,प्रश्न अर्को पनि छ।

प्रधानमन्त्री कसले बनाएको? प्रधानमन्त्रीनिकटका व्यक्ति उनकै फाटोकपीजस्तो लाग्छ। प्रधानमन्त्रीनिकट लुम्बिनी प्रदेशका मुख्यमन्त्री प्रदेशको विषयमा चासो छैन। तर, पार्टीको जुहारी खेल्न परे काठमाडौं पुग्नुुहुन्छ। उहाँ ठ्याक्कै प्रधानमन्त्री भाग २ जस्तै हुनुहुन्छ। संविधानको अध्यक्ष सुवास नेम्वाङलाई हेरौं। प्रधानमन्त्रीले संसद विघटन गर्न नपाइने पटक/पटक नेम्वाङले वर्णन गर्नुभएको छ। प्रधानमन्त्रीको लाज छोप्न टालो बोकेर हिँडिरहनुभएको छ। महाराज ओलीले के थाहा पाउनुभएको छैन भने आफू सर्वाङ्ग नाङ्गो भएको थाहा पाउनुभएको छैन। ओली प्रवृति रातारात बनेको होइन, उनी निकटका नबोल्दा यस्तो अवस्थामा प्रधानमन्त्री आइपुगेका छन्। यो प्रवृत्ति ‘हामी यहाँ छौं’ भन्नेले पनि बनाएका हुन्।

राष्ट्रपतिले संविधानको सीमा पार गर्नुभएको छ। राष्ट्रपति ‘राष्ट्रपति’ नभएको हामीले पटक पटक उठायौं। राष्ट्रपति पार्टीको एउटा गुटको सदस्य जस्तै देखिनुभयो। बेलामा राष्ट्रपतिलाई सचेत बनाऔं भन्दा ‘हामी यहाँ छौं’ भन्नेहरु कहाँ हुनुहुन्थ्यो?

(प्रतिनिधि सभा विघटन विरुद्ध वडास्तरको विरोध प्रर्दशनका क्रममा बुटवलमा भएको सभामा थापाले राखेको विचारमा आधारित) 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गगन थापा
लेखकबाट थप
जनस्वास्थ्य आपतकाल घोषणा गरियोस्
बन्द कोठामा भएको खासखुसले अदालत प्रभावित नबनोस्
विषय चुनावको होइन‚ संविधानको हो
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्