• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विषय चुनावको होइन‚ संविधानको हो

64x64
गगन थापा आइतबार, पुस ५, २०७७  १८:३२
1140x725

यहाँभन्दा केही सय मिटर पर संसदको भवन छ। मेरो निर्वाचन क्षेत्रका थुप्रै साथिहरू यो विरोध सभामा आउनुभएको छ। काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ का जनसमुदायले त्यहाँका कुरा राख्नका निम्ति मलाई छानेर यो संसद भवनमा पठाएका हुन्। आज म संसद भवनभित्र छिर्नै नपाएर, संसद भवन ढोका बाहिर तपाईंहरुको माझमा आएर आफ्ना कुराहरू राख्न बाध्य भएको छु। के कारणले? कसको कारणले भन्दा त्यही संसदबाट यो देश तपाईं चलाउनुहोस् भनेर जिम्मा लिएका व्यक्तिले यो अवस्थाको सिर्जना गरे। 

जसले ताला चाबीको जिम्मा लियो, त्यही प्रधानमन्त्रीले संसदको ताला चाबी फोडेर, त्यहाँभित्र भएका देशका सबै व्यवस्थाहरूलाई अस्तव्यस्त बनाएका कारणले गर्दा आज सडकमा आउन हामी बाध्य भयौं। 

प्रधानमन्त्रीले सनकमा आएर गरेका यस्ता कामको जिम्मा लिने को? त्यही संसदले बनाएको राष्ट्रपति प्रधानमन्त्रीको अपराधको साक्षीमात्र होइन‚ साझेदारसमेत बनेका कारणले गर्दा बाध्य भएर हामी सडकमा आउनु परेको छ। 

मलाई अहिले पनि सम्झना छ। यही संसद भवनमा जब प्रधानमन्त्री केपी शर्मा ओली बहुमतसहित निर्वाचित हुनुभयो। त्यो संसदको रोस्टममा उहाँलाई बधाई दिन उभिँदै गर्दा मैले भनेको थिए- म नेपाली कांग्रेसको सदस्य भएर मात्र होइन, यो राजनीतिक संघर्षमा होमिएको एउटा अभियन्ताको हैसियतले पनि र त्योभन्दा बढी एउटा नेपाली नागरिकका हैसियतले तपाईंलाई बधाई दिन चाहन्छु। तपाईंलाई शुभकामना दिन्छु। यति हुँदाहुँदै पनि मेरा केही आशंकाहरु छन्। 

मैले त्यो बेला भनेका आशंकाहरु अहिले आएर सही साबित भए। यो देशले कोल्टे फेर्न चाहेको छ। तर संक्रमणको नाममा देशले धेरै सकस व्यहोर्‍यो। संविधानको नाममा, परिवर्तनको नाममा सकस व्यहोर्‍यो। अब मान्छेले आफ्नो जीवनमा परिवर्तनको आभास गर्न चाहेको छ भन्दै मैले प्रधानमन्त्रीलाई शुभकामना दिएको थिएँ। 

प्रधानमन्त्रीलाई हामी प्रत्येक दिन, प्रत्येक पल सम्झाउने कुरा पनि मैले संसदमा राखेको थिए। त्यसको उत्तरमा प्रधानमन्त्रीले मलाई ‘एउटा सानो माननीयले यहाँ आएर धेरै कुरा भन्नुभयो। ढुक्क भएर सुत्नुहोला। निद्रा नपर्ला। नउठ्नुहोला। ५ वर्ष देश म चलाउँछु, तपाईं ढुक्क भएर सुत्नुहोला,’ भन्नुभएको थियो। तर तपाईं प्रधानमन्त्री भएको दिनबाट ममात्र होइन, नेपालको कुनै पनि नागरिकले चैनले सुत्न पाएनन् प्रधानमन्त्री जी। 

तपाईंले पाएको ५ वर्षको तीन वर्ष गयो। यस्तो अनुकुल समय नेपालको कुनचाँही प्रधानमन्त्रीले पाएका थिए? कुनै पनि प्रधानमन्त्रीले केपी शर्मा ओलीको जस्तो अनुकुलता पाएनन्। यो तीन वर्षमा नेपालमा परिवर्तनको ठूलो आभास आइसक्नुपर्थ्यो। तर तीन वर्ष खेर गयो। तीन वर्ष पछाडि आज प्रधानमन्त्रीले संसदको विघटन गरे। देशमा यत्रो ठूलो विसम परिस्थितिको सामना हामीले गर्नुपरेको छ। 

स्वास्थ्यको संकटको तपाईं हामी कसैले पनि अनुमान लगाउन सकेका छैनौँ। पछिल्लो तीन वर्षमा हामीले हाँसिल गरेका उपलब्धीहरू समेत एकपछि अर्को गर्दै नाश भइरहेका छन्। अबको ५–६ महिनाभित्रमा हामीले कोभिड-१९ को खोप पाउने कुरा सपनामा मात्रै सीमित हुने अवस्थामा पुगेको छ। आर्थिक संकट भोग्ने मान्छेलाई मात्र थाहा छ। यस्तो बेला सिंगो देशका सबै जनतलाई एक ढिक्का बनाएर, एक ठाउँमा ल्याएर देशको संकट सम्बोधन गर्नुपर्ने बेलामा प्रधानमन्त्रीले आज संसद विघटन गरे। 

nimb
nimb
Ncell 2
Ncell 2

यो संसद विघटन गर्नु परेको कारण के हो? के नेपाली जनता सडकमा आएर प्रधानमन्त्रीका विरुद्धमा कहीँ कतै सडकमा मान्छेहरु आए? के प्रधानमन्त्रीले सम्हाल्न नसक्ने गरी उनका विरुद्धमा सडक आन्दोलन भए? आज प्रधानमन्त्रीलाई के संसदभित्र अविश्वासको प्रस्ताव सामना गर्नुपरेको छ? यो सबै केही नहुँदै गर्दाखेरी पनि केबल फगत नेपाल कम्युनिष्ट पार्टीभित्रको झगडा, प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वाकांक्षा, अहंकारको कारणले गर्दा आज संसदमात्र होइन, सिंगो व्यवस्था माथि नै प्रश्न उठेको छ। दाग लागेको छ।

यो अरु कसैको कारणले नभई प्रधानमन्त्रीको अहंकारको कारणले गर्दा यस्तो अवस्था आइलाग्यो। नेपालले एउटा अयोग्य व्यक्तिलाई, असक्षम व्यक्तिलाई प्रधानमन्त्रीका रुपमा पायो। यही हाम्रो दुर्भाग्य बन्यो। प्रधानमन्त्रीको अहंकारको सिकार आज तपाईं हामीले बनाएको संसद बनेको छ। तपाई हामीले बनाएको संविधान बनेको छ। 

यो संविधानमा कहाँनेर लेखिएको छ कि नेपालको प्रधानमन्त्रीले अहिले संसद विघटन गर्न पाउँछन भनेर? यो संसदले प्रधानमन्त्री छान्न सकेन भने भएको प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् भने मात्रै संसद विघटनको अवस्था आउँछ। स्पष्टसँग संविधानको धारामा  लेखिएको छ कि यदि संसदले बहुमतको सरकार बनाउन सकेन भने, दुई वा दुईभन्दा बढी दल मिलेर भएपनि प्रधानमन्त्री बनाउन सकेन भनेमात्रै संसद विघटन हुने हो। यति कुरा संविधानमा स्पष्ट रुपमा लेखिँदा लेखिँदै पनि प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव गरे। त्यो सिफारिस गरेर राष्ट्रपति कार्यालय जाँदै गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले किन जान्नु भएन कि यही संविधान र संसदको सपथ खाएर उहाँ राष्ट्रपति बन्नु भएको होइन? 

अबदेखि विद्यादेवी राष्ट्रपति तपाईं हाम्रो राष्ट्रपति होइन केपी ओली ग्याङको एउटा सदस्यमात्रै हो। यो सडकबाट हामी के घोषणा गर्छौं भने संसदबाट बहुमतप्राप्त राष्ट्रपति यही संसदविरुद्ध अपराधको हिस्सेदार बने। यसकारण हाम्रो राष्ट्रपति हुने नैतिकता वैधता उनले राख्दिनन्। प्रधानमन्त्रीले संसद विघटन गर्दै गर्दा राष्ट्रपतिले रोक्छन् भनेर मलाई व्यक्तिगत रुपमा त विश्वास थिएन। तर केही साथीहरुलाई आशा थियो। तर रोकिएन। राष्ट्रपति आफैँ यो अपराधको साझेदार हुनुहुन्छ। त्यसलाई उहाँले पुनर्पुष्टि गर्नुभएको छ। यो सबै रातारात र अहलिे तत्काल भएको होइन। गएको दुई तीन वर्ष हामीले हेरिसक्यौं। 

यसकारण अब संविधानका विरुद्ध अपराध गर्ने अपराधीहरुलाई सडकबाट ठेगान लगाऔं। यो संविधान हामीले बनाएको हो। यो व्यवस्था हामीले बनाएको हो। संविधानका विरुद्ध अपराध गर्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई ठेगान लगाऔं। तर व्यवस्थाका विरुद्ध उठ्ने आवाजहरुलाई पनि सचेततापूर्वक बुझ्न आवश्यक छ। यो व्यवस्थालाई पनि सँगसँगै जोगाउन आवश्यक छ। 

म नेकपाका अरु नेताहरुलाई पनि व्यवस्था जोगाउने विषयमा ऐक्यबद्धताका लागि आह्वान गर्छु। अहिलेको यो अवस्था प्रधानमन्त्रीका कारण मात्र आएको होइन। प्रचण्ड र माधव नेपाल हुतिहारा भएका कारण पनि अहिलेको अवस्था आएको हो। ‘तपाईंको प्रधानमन्त्री बिरामी हुनुहुन्छ, विश्राम दिनुहोस्। तपाईंको बालाई घरमा विश्राम गर्न लगाउनुहोस्’ भनेर मैले संसदमा पटक पटक भनेको सम्झन्छु। तर उहाँहरुले मान्नुभएन। ‘तपाईंको प्रधानमन्त्री भ्रष्ट हुनुहुन्छ। अनैतिक हुनुहुन्छ।’ भन्दै गर्दा मान्नुभएन। पत्याउनु भएन। आज दुई अढाई वर्षपछि हिसाब किताब नमिलेपछि आरोपपत्र ल्याउनुभयो। एक सन्की प्रधानमन्त्री तयार पार्नुमा नेकपाका अरु नेताहरुको पनि उत्तिकै हात छ। 

अब कांग्रेस के गर्छ भनेर प्रश्न सोधिँदैछ। नेपाली कांग्रेसको प्राथमिकता संविधानको पालना हो। हामी संविधान र अहिलेको व्यवस्थाको रक्षाका लागि लड्छौं। हामी चुनावसँग डराएका होइनौं। चुनावमा जान तयार छौं। तर संविधान, विधि विधान र कानुनअनुसार सरकारले काम गरेन भन्ने हो। महारानी विद्यादेवी भण्डारी मेरै क्षेत्रको हुनुहुन्छ, मैले अझै पनि चुनाव लड्न आउनुहोस् भनेको छु। यहाँ प्रश्न चुनावको होइन, प्रश्न संविधानको हो। विधिको हो। 

संविधानमाथिको खतरा चुनाव जितेका प्रधानमन्त्रीबाट छ। यो सदन‚ जसले प्रधानमन्त्री बनायो, जुन प्रधानमन्त्रीले जिम्मा लिएका थिए। तिनको सनकका कारण सदन भंग भएको छ। प्रधानमन्त्रीले जाँदाजाँदै संवैधानिक निकायमा सिफारिस गरेका छन अरे।

संवैधानिक निकायमा भएका नियुक्तिबारे पनि प्रधानमन्त्रीको सन्काहपन र लहडले प्रतिनिधि सभालाई पुनर्स्थापित गर्नका लागि लडिने लडाइँमा सबैको साथका लागि आग्रह गर्न चाहन्छु।

(कांग्रेस नेता थापाले बानेश्वरमा गरेको सम्बोधनको सम्पादित अंश)

प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गगन थापा
लेखकबाट थप
जनस्वास्थ्य आपतकाल घोषणा गरियोस्
बन्द कोठामा भएको खासखुसले अदालत प्रभावित नबनोस्
विषय चुनावको होइन‚ संविधानको हो
सम्बन्धित सामग्री
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार नेकपा बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देउवाको पछिल्लो अभिव्यक्ति र कांग्रेसभित्रबाट आएका हिन्दू ध... मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन बैठकले सभापति गनगकुमार थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी द... मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग । संविधान संशोधन सुझाव आयोग गठन गर्दा सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशलाई अध्यक्ष बनाउनुपर्ने प्रस्ताव बैठकले अघि सारेक... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्