• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २७, २०८२ Sat, Dec 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

वाटमोरले कता डोर्‍याउलान् नेपाली क्रिकेटलाई?

64x64
सराेज तामाङ बिहीबार, माघ ८, २०७७  १६:४९
1140x725

काठमाडौं– सन् १९९६ मा श्रीलंकाले विश्व क्रिकेटमा सनसनी मच्चायो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को सदस्य बनेको १५ वर्षमै श्रीलंकाले एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको थियो, त्यस वर्ष। श्रीलंकालाई विश्वकप उपाधि दिलाउने प्रशिक्षक थिए, डेभ वाटमोर। तर, श्रीलंकालाई विश्वकपको उपाधि दिलाउँछु भन्ने सोचेर वा त्यस्तो वाचा गरेर उनी प्रशिक्षक नियुक्त भएका थिएनन्। 

उनको लक्ष्य श्रीलंकाली क्रिकेटलाई साविकको अवस्थाभन्दा एक कदम अघि बढाउँछु भन्नेमात्र थियो। यो बेग्लै हो कि, उनको त्यो ‘एक कदम’ श्रीलंकाली क्रिकेटकै कोशेढुंगा सावित भयो। तिनै वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।

नेपाल आएपछि बिहीबार पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका वाटमोरसँग साढे दुई दशक पहिलेको त्यही सफलताकै कारण नेपाली क्रिकेटले ठूलो अपेक्षा गरेको छ। वाटमोरमाथि नेपाली क्रिकेटको विश्वास छ, भरोसा छ। तर, नेपालमा वाटमोर कति सफल होलान्? 

सन् १९९६ मा श्रीलंकाले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जित्दा टिममा सनथ जयसुर्या, रोमेश कालुविथरना, एसन्का गुरुसिन्हा, अरभिन्दा डे सिल्भा, कप्तान अर्जुना रनातुंगा, कुमार धर्मासेना, मुथैया मुरलीधरनलगायतका खेलाडी थिए।

खेलाडीहरुबीच उत्तिकै राम्रो ‘टिम वर्क’ थियो। त्यही एकताले विश्वकप शुरु भएको २१ वर्षपछि श्रीलंकाले उपाधि चुम्दा वाटमोरले त्यसको स्वाद राम्रोसँग चाखेका थिए। उनकै शिष्यहरुले पाकिस्तानको लाहोरमा ऐतिहासिक उपलब्धी पाउँदा त्यसको श्रेय वाटमोरलाई पनि जान्छ।

अहिले वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक बन्दा त्यो बेला विश्वकपको उपाधि जितेको श्रीलंका र अहिलेको नेपालको तुलना त नहोला। सुरुआती विश्वकपदेखि नै प्रतिस्पर्धा गर्दै आएको त्यो बेलाको श्रीलंका र एकदिवसीय विश्वकपमा ‘डेब्यू’ गर्न बाँकी नै रहेको नेपालबीच आकाश–जमिनकै फरक छ। तर, वाटमोरमाथि नेपाली क्रिकेटले गरेको अपेक्षा भने ठूलै छ।

वाटमोर पनि एउटा निश्चित लक्ष्य लिएर आएका छन्। सफल प्रशिक्षकको रुपमा चिनिएका उनलाई नेपाली क्रिकेटको माहोलले पक्कै पनि तानेको हुनुपर्छ। तर, त्यो माहोललाई उनले कतिको न्याय दिन सक्लान् ? वाटमोरबाट गरिएको अपेक्षा र त्यसमा उनले दिने ‘डेलिभरी’ आउँदा दिनमा देखिने नै छन्। तत्कालका लागि भने उनीसँग एक वर्षको मात्र सम्झौता भएको छ। र, यो एक वर्षे अवधिमा नेपाललाई एउटा सिँढी चढाउने उनको योजना छ।

वाटमोरको पहिलो सफलता त्यसबेला देखिनेछ जतिबेला नेपालले आइसीसी विश्वकप क्रिकेट लिग–टु बाट माथिल्लो खुड्किलोमा पाइला टेक्छ। यो खुड्किलो चढेर नेपाल २०२२ को टी २० विश्वकपमा प्रवेश गर्छ। तर, यो कति सहज छ त? नेपालले अबको विश्वकपमा खेल्न निकै कठिन छ, तर असम्भव भने छैन। नेपाली क्रिकेटसँग विश्वकप खेलेको अनुभव नभएको होइन। २०१४ को टी २० विश्वकप खेल्दै तीनमध्ये दुई राष्ट्रलाई पराजित गरेको इतिहास नेपालसँग छँदैछ।

Ncell 2
Ncell 2

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गर्दा वाटमोरले नेपाली क्रिकेटको मुख्य प्रशिक्षक बन्न पाएकोमा खुशी प्रकट गरे। र भने, ‘राम्रो गर्यौं भने नेपालले विश्वकप खेल्न सक्छ। एकदिवसीय क्रिकेटमा नेपालको वरियतालाई सुधार गराउन मेरो ध्यान हुनेछ।’

नेपाली क्रिकेटले डिभिजन–फाइभदेखि एकदिवसीय मान्यता पाउँदासम्मको यात्रामा पूर्वप्रशिक्षक पुबुदु दासानायकेकै नाम अगाडि आउँछ। जगत टमाटा मुख्य प्रशिक्षक हुँदाकै बेला नेपालले एकदिवसीय मान्यता पाए पनि खेलाडीको विकास, प्रतिभाको खोजी र राष्ट्रिय टिमको संरचना पूर्वप्रशिक्षक पुबुदुले बनाएका थिए। त्यसकारण पनि नेपाली खेलाडीहरुले उनलाई सधैं सम्झिरहन्छन्।

वाटमोरलाई क्यानले राखेका मुख्य तीन शर्त
केही गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला विश्वस्तरीय प्रशिक्षकको नियुक्तिले नेपाल क्रिकेट संघ (क्यान)लाई केही हदसम्म राहत पक्कै दिनेछ। क्यान आफै पनि वाटमोरलाई ल्याउनु ठूलै पहलपछिको प्राप्ति मान्छ। क्यान सचिव अशोकनाथ प्याकुरेल भन्छन्, ‘वाटमोर जस्ता प्रशिक्षकलाई ल्याउन क्यानलाई सजिलो थिएन। धेरै प्रयासपछि उहाँलाई ल्याउन सफल भएका छौं।’

२०७६ जेठ १७ गते भारतीय प्रशिक्षक उमेश पटवाललाई मासिक ७ हजार डलर पारिश्रमिकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। उनी नियुक्त हुनुभन्दा अघि नै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाइसकेको थियो। पटवाल मुख्य प्रशिक्षक भएपछि नेपाली क्रिकेटले के कस्ता उपलब्धि पायो? नेपाली खेलाडीमा के सुधारहरु भए? क्यान र राखेपले समीक्षा गरेकै हुनुपर्छ। 

नेपालले सन् २०१८ मार्च १५ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने राष्ट्रको मान्यता पाएको थियो। चार वर्षको लागि पाएको मान्यता २०२२ मा सकिँदै थियो। तर, गत मार्चदेखि कोरोनाभाइरस संक्रमणको कारण क्रिकेट गतिविधि ठप्प भएपछि आइसिसीले एक वर्ष थप गरी नेपालको मान्यतालाई २०२३ सम्म लम्ब्याएको छ। यसले केही फाइदा पुगे पनि नेपाल दीर्घकालीन एकदिवसीय मान्यता पाउने लक्ष्यमा छ।

यो लक्ष्य हासिल गर्न वाटमोर जस्ता अनुभवी प्रशिक्षक ल्याउनु नेपाली क्रिकेट जगतकै लागि खुशीको कुरा हो। तर, दीर्घकालीन नभई छोटो समयको लागि नियुक्ति गर्दा उनको जे जस्तो खुबी छ, त्यो नेपाली क्रिकेटले ग्रहण नगर्न पनि सक्छ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द भन्छन्, ‘हामीले अनुभवी प्रशिक्षक पाएका छौं। उनको प्रशिक्षणबाट नेपाली क्रिकेटले सफलता पाउनेछ भन्ने विश्वास लिएको छु।’

प्रशिक्षक वाटमोर पनि आफ्नो अनुभव र नेपाली क्रिकेटको तालमेलका आधारमा सफलता पाउने विश्वास गर्छन्। वाटमोर भन्छन्, ‘हरेक पाइलामा चुनौती छ। मेरो अनुभव नेपाली क्रिकेटको विकासमा लगाउँछु।’

क्यानले वाटमोरसँग तीन कुरामा जोड गरेको छ। एकदिवसीय क्रिकेट, ग्रासरुटदेखि नेपाली क्रिकेटको विकास र यु–१९ तथा महिला क्रिकेटको विकास। यी तीन मुख्य कुरामा टेकेर वाटमोरले नेपालमा क्रिकेटको विकासमा आफ्नो समय खर्चिनु पर्नेछ।

तर, क्यानको गति ‘फर्मुला वान’मा बयलगाडाको जस्तो छ। क्यानकै शैलीमा वाटमोरले काम गर्ने हो भने नेपाली क्रिकेटको कायपलट हुने सम्भावना देखिँदैन। वाटमोरले खेलाडीलाई प्रशिक्षण गराउने वातावरण सिर्जना क्यानले गर्न सक्छ या सक्दैन भन्ने कुरा पनि महत्वपूर्ण हुनेछ। त्यो वातावरण निर्माण भने प्रधानमन्त्री कपजस्तो कामचलाउ प्रतियोगिता गरे जस्तो हुनेछैन।

विश्वस्तरका प्रशिक्षक
श्रीलंकालाई १९९६ मा प्रशिक्षकको रुपमा विश्वकप क्रिकेटको उपाधि जिताएका वाटमोर आफ्नो समयका उम्दा खेलाडी हुन्। राइट ह्यान्ड ब्याट्सम्यान वाटमोरले अस्ट्रेलियाबाट सात टेस्ट, एक एकदिवसीय, १०८ फस्ट क्लास र २६ लिस्ट ए क्रिकेट खेलेका छन्।

२००३ देखि २००७ सम्म उनले बंगलादेशको प्रशिक्षक भएर पनि काम गरे। बंगलादेशको क्रिकेटलाई विश्व जगतमा चिनाउन उनको भूमिका महत्वपूर्ण मानिन्छ।

एक समय भारतीय क्रिकेट टिमको प्रशिक्षकको रुपमा चर्चा गरिएका वाटमोरले भारतको यु–१९ राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी पनि सम्हालेका छन्। २००८ मा विराट कोहलीको कप्तानीमा भारतले यु–१९ विश्वकपको उपाधि जित्दा प्रशिक्षकमा उनै वाटमोर थिए।

त्यसका साथै भारतको राष्ट्रिय क्रिकेट एकेडेमीको डाइरेक्टर भएर पनि उनले काम गरे।

यस्तै, उनले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सको प्रशिक्षकको रुपमा पनि काम गरे।

वाटमोर २०१२ मा पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बने। उनकै प्रशिक्षणमा पाकिस्तानले एशिया कपको उपाधि जितेको थियो। उनी २०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षकको भूमिकामा रहे।

पाकिस्तानपछि २०१४ को डिसेम्बरमा वाटमोर जिम्बाब्वेको प्रशिक्षक बने। जिम्बाब्वेसँग ९ महिनाको सम्झौता बाँकी रहँदै बर्खास्त भएका वाटमोर त्यसपछि २०१७ मा केरला क्रिकेट एसोसिएसनको मुख्य प्रशिक्षक बने। उनी २०२० को फेब्रुअरीमा सिंगापुर राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बने। उनले सिंगापुरलाई एसीसी टि २० एशिया कपमा छनोट गराए।

वाटमोरले यसअघि पनि नेपाली क्रिकेटलाई नजिकबाट नियालिरहेका थिए। उनले नेपाली खेलाडीहरूलाई यसअघि नै प्रशिक्षण दिइसकेका छन्। ब्याट एन्ड बल फाउन्डेसनले आयोजना गरेको हाई पर्फर्मेन्स क्याम्पमा उनले ११ दिन नेपाली खेलाडीहरूलाई प्रशिक्षण दिएका थिए।

‘कुल म्यान’ को रुपमा चिनिने वाटमोरकै प्रशिक्षणमा नेपालले आइसीसी विश्वकप क्रिकेट लिग–टु का सिरिजहरु खेल्दैछ। वाटमोरको अग्नि परीक्षा यही हुनेछ। अनुभवी वाटमोर र युवा क्रिकेटरको जोशले नेपाललाई कहाँसम्म पुर्याउला? अहिले चाहिँ वाटमोरजस्ता विश्वस्तरीय प्रशिक्षक पाउनु नै नेपालका निम्ति सकारात्मक पक्ष हो।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १६:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
दोस्रो टी–२० खेलमा दक्षिण अफ्रिकाद्वारा भारत ५१ रनले पराजित यस्तै डोनोभन फरेराले १६ बलमा ३० रन र डेभिड मिलरले १२ बलमा २० रन बनाउँदा २० ओभरमा दक्षिण अफ्रिकाले चार विकेटको क्षतिमा २१३ रन बनायो । शुक्रबार, मंसिर २६, २०८२
एनपीएल २: विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा टस हारेर पहिले ब्याटिङ गर्दै लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १७ दशमलव ५ ओभरमा अलआउट हुँदै ९४ रनमै समेटियो... बिहीबार, मंसिर २५, २०८२
लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य बलिङमा विराटनगरका सुवाश भण्डारी र प्रतिश जिसीले ३–३ तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
एमाले महाधिवेशन उदघाटनस्थलमा कडाइ– बम डिटेक्टर उपकरण र तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन शनिबार, मंसिर २७, २०८२
‘अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’ :  उपप्रमुख डंगोल शनिबार, मंसिर २७, २०८२
उपाधिका लागि भिड्दै लुम्बिनी र सुदूरपश्चिम शनिबार, मंसिर २७, २०८२
यस्तो रहनेछ देशभरको मौसम शनिबार, मंसिर २७, २०८२
एमालेको ११औँ महाधिवेशन आजदेखि, यस्तो छ उद्घाटन तयारी शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
एमाले महाधिवेशनमा ईश्वरको अवधारणापत्रमा छलफल नहुने शुक्रबार, मंसिर २६, २०८२
शीतल निवासमा नवनियक्त ४ मन्त्रीले लिए शपथ शुक्रबार, मंसिर २६, २०८२
उपाधिका लागि भिड्दै लुम्बिनी र सुदूरपश्चिम शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्