• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

वाटमोरले कता डोर्‍याउलान् नेपाली क्रिकेटलाई?

64x64
सराेज तामाङ बिहीबार, माघ ८, २०७७  १६:४९
1140x725

काठमाडौं– सन् १९९६ मा श्रीलंकाले विश्व क्रिकेटमा सनसनी मच्चायो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को सदस्य बनेको १५ वर्षमै श्रीलंकाले एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको थियो, त्यस वर्ष। श्रीलंकालाई विश्वकप उपाधि दिलाउने प्रशिक्षक थिए, डेभ वाटमोर। तर, श्रीलंकालाई विश्वकपको उपाधि दिलाउँछु भन्ने सोचेर वा त्यस्तो वाचा गरेर उनी प्रशिक्षक नियुक्त भएका थिएनन्। 

उनको लक्ष्य श्रीलंकाली क्रिकेटलाई साविकको अवस्थाभन्दा एक कदम अघि बढाउँछु भन्नेमात्र थियो। यो बेग्लै हो कि, उनको त्यो ‘एक कदम’ श्रीलंकाली क्रिकेटकै कोशेढुंगा सावित भयो। तिनै वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।

नेपाल आएपछि बिहीबार पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका वाटमोरसँग साढे दुई दशक पहिलेको त्यही सफलताकै कारण नेपाली क्रिकेटले ठूलो अपेक्षा गरेको छ। वाटमोरमाथि नेपाली क्रिकेटको विश्वास छ, भरोसा छ। तर, नेपालमा वाटमोर कति सफल होलान्? 

सन् १९९६ मा श्रीलंकाले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जित्दा टिममा सनथ जयसुर्या, रोमेश कालुविथरना, एसन्का गुरुसिन्हा, अरभिन्दा डे सिल्भा, कप्तान अर्जुना रनातुंगा, कुमार धर्मासेना, मुथैया मुरलीधरनलगायतका खेलाडी थिए।

खेलाडीहरुबीच उत्तिकै राम्रो ‘टिम वर्क’ थियो। त्यही एकताले विश्वकप शुरु भएको २१ वर्षपछि श्रीलंकाले उपाधि चुम्दा वाटमोरले त्यसको स्वाद राम्रोसँग चाखेका थिए। उनकै शिष्यहरुले पाकिस्तानको लाहोरमा ऐतिहासिक उपलब्धी पाउँदा त्यसको श्रेय वाटमोरलाई पनि जान्छ।

अहिले वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक बन्दा त्यो बेला विश्वकपको उपाधि जितेको श्रीलंका र अहिलेको नेपालको तुलना त नहोला। सुरुआती विश्वकपदेखि नै प्रतिस्पर्धा गर्दै आएको त्यो बेलाको श्रीलंका र एकदिवसीय विश्वकपमा ‘डेब्यू’ गर्न बाँकी नै रहेको नेपालबीच आकाश–जमिनकै फरक छ। तर, वाटमोरमाथि नेपाली क्रिकेटले गरेको अपेक्षा भने ठूलै छ।

वाटमोर पनि एउटा निश्चित लक्ष्य लिएर आएका छन्। सफल प्रशिक्षकको रुपमा चिनिएका उनलाई नेपाली क्रिकेटको माहोलले पक्कै पनि तानेको हुनुपर्छ। तर, त्यो माहोललाई उनले कतिको न्याय दिन सक्लान् ? वाटमोरबाट गरिएको अपेक्षा र त्यसमा उनले दिने ‘डेलिभरी’ आउँदा दिनमा देखिने नै छन्। तत्कालका लागि भने उनीसँग एक वर्षको मात्र सम्झौता भएको छ। र, यो एक वर्षे अवधिमा नेपाललाई एउटा सिँढी चढाउने उनको योजना छ।

वाटमोरको पहिलो सफलता त्यसबेला देखिनेछ जतिबेला नेपालले आइसीसी विश्वकप क्रिकेट लिग–टु बाट माथिल्लो खुड्किलोमा पाइला टेक्छ। यो खुड्किलो चढेर नेपाल २०२२ को टी २० विश्वकपमा प्रवेश गर्छ। तर, यो कति सहज छ त? नेपालले अबको विश्वकपमा खेल्न निकै कठिन छ, तर असम्भव भने छैन। नेपाली क्रिकेटसँग विश्वकप खेलेको अनुभव नभएको होइन। २०१४ को टी २० विश्वकप खेल्दै तीनमध्ये दुई राष्ट्रलाई पराजित गरेको इतिहास नेपालसँग छँदैछ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गर्दा वाटमोरले नेपाली क्रिकेटको मुख्य प्रशिक्षक बन्न पाएकोमा खुशी प्रकट गरे। र भने, ‘राम्रो गर्यौं भने नेपालले विश्वकप खेल्न सक्छ। एकदिवसीय क्रिकेटमा नेपालको वरियतालाई सुधार गराउन मेरो ध्यान हुनेछ।’

नेपाली क्रिकेटले डिभिजन–फाइभदेखि एकदिवसीय मान्यता पाउँदासम्मको यात्रामा पूर्वप्रशिक्षक पुबुदु दासानायकेकै नाम अगाडि आउँछ। जगत टमाटा मुख्य प्रशिक्षक हुँदाकै बेला नेपालले एकदिवसीय मान्यता पाए पनि खेलाडीको विकास, प्रतिभाको खोजी र राष्ट्रिय टिमको संरचना पूर्वप्रशिक्षक पुबुदुले बनाएका थिए। त्यसकारण पनि नेपाली खेलाडीहरुले उनलाई सधैं सम्झिरहन्छन्।

वाटमोरलाई क्यानले राखेका मुख्य तीन शर्त
केही गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला विश्वस्तरीय प्रशिक्षकको नियुक्तिले नेपाल क्रिकेट संघ (क्यान)लाई केही हदसम्म राहत पक्कै दिनेछ। क्यान आफै पनि वाटमोरलाई ल्याउनु ठूलै पहलपछिको प्राप्ति मान्छ। क्यान सचिव अशोकनाथ प्याकुरेल भन्छन्, ‘वाटमोर जस्ता प्रशिक्षकलाई ल्याउन क्यानलाई सजिलो थिएन। धेरै प्रयासपछि उहाँलाई ल्याउन सफल भएका छौं।’

२०७६ जेठ १७ गते भारतीय प्रशिक्षक उमेश पटवाललाई मासिक ७ हजार डलर पारिश्रमिकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। उनी नियुक्त हुनुभन्दा अघि नै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाइसकेको थियो। पटवाल मुख्य प्रशिक्षक भएपछि नेपाली क्रिकेटले के कस्ता उपलब्धि पायो? नेपाली खेलाडीमा के सुधारहरु भए? क्यान र राखेपले समीक्षा गरेकै हुनुपर्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालले सन् २०१८ मार्च १५ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने राष्ट्रको मान्यता पाएको थियो। चार वर्षको लागि पाएको मान्यता २०२२ मा सकिँदै थियो। तर, गत मार्चदेखि कोरोनाभाइरस संक्रमणको कारण क्रिकेट गतिविधि ठप्प भएपछि आइसिसीले एक वर्ष थप गरी नेपालको मान्यतालाई २०२३ सम्म लम्ब्याएको छ। यसले केही फाइदा पुगे पनि नेपाल दीर्घकालीन एकदिवसीय मान्यता पाउने लक्ष्यमा छ।

यो लक्ष्य हासिल गर्न वाटमोर जस्ता अनुभवी प्रशिक्षक ल्याउनु नेपाली क्रिकेट जगतकै लागि खुशीको कुरा हो। तर, दीर्घकालीन नभई छोटो समयको लागि नियुक्ति गर्दा उनको जे जस्तो खुबी छ, त्यो नेपाली क्रिकेटले ग्रहण नगर्न पनि सक्छ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द भन्छन्, ‘हामीले अनुभवी प्रशिक्षक पाएका छौं। उनको प्रशिक्षणबाट नेपाली क्रिकेटले सफलता पाउनेछ भन्ने विश्वास लिएको छु।’

प्रशिक्षक वाटमोर पनि आफ्नो अनुभव र नेपाली क्रिकेटको तालमेलका आधारमा सफलता पाउने विश्वास गर्छन्। वाटमोर भन्छन्, ‘हरेक पाइलामा चुनौती छ। मेरो अनुभव नेपाली क्रिकेटको विकासमा लगाउँछु।’

क्यानले वाटमोरसँग तीन कुरामा जोड गरेको छ। एकदिवसीय क्रिकेट, ग्रासरुटदेखि नेपाली क्रिकेटको विकास र यु–१९ तथा महिला क्रिकेटको विकास। यी तीन मुख्य कुरामा टेकेर वाटमोरले नेपालमा क्रिकेटको विकासमा आफ्नो समय खर्चिनु पर्नेछ।

तर, क्यानको गति ‘फर्मुला वान’मा बयलगाडाको जस्तो छ। क्यानकै शैलीमा वाटमोरले काम गर्ने हो भने नेपाली क्रिकेटको कायपलट हुने सम्भावना देखिँदैन। वाटमोरले खेलाडीलाई प्रशिक्षण गराउने वातावरण सिर्जना क्यानले गर्न सक्छ या सक्दैन भन्ने कुरा पनि महत्वपूर्ण हुनेछ। त्यो वातावरण निर्माण भने प्रधानमन्त्री कपजस्तो कामचलाउ प्रतियोगिता गरे जस्तो हुनेछैन।

विश्वस्तरका प्रशिक्षक
श्रीलंकालाई १९९६ मा प्रशिक्षकको रुपमा विश्वकप क्रिकेटको उपाधि जिताएका वाटमोर आफ्नो समयका उम्दा खेलाडी हुन्। राइट ह्यान्ड ब्याट्सम्यान वाटमोरले अस्ट्रेलियाबाट सात टेस्ट, एक एकदिवसीय, १०८ फस्ट क्लास र २६ लिस्ट ए क्रिकेट खेलेका छन्।

२००३ देखि २००७ सम्म उनले बंगलादेशको प्रशिक्षक भएर पनि काम गरे। बंगलादेशको क्रिकेटलाई विश्व जगतमा चिनाउन उनको भूमिका महत्वपूर्ण मानिन्छ।

एक समय भारतीय क्रिकेट टिमको प्रशिक्षकको रुपमा चर्चा गरिएका वाटमोरले भारतको यु–१९ राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी पनि सम्हालेका छन्। २००८ मा विराट कोहलीको कप्तानीमा भारतले यु–१९ विश्वकपको उपाधि जित्दा प्रशिक्षकमा उनै वाटमोर थिए।

त्यसका साथै भारतको राष्ट्रिय क्रिकेट एकेडेमीको डाइरेक्टर भएर पनि उनले काम गरे।

यस्तै, उनले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सको प्रशिक्षकको रुपमा पनि काम गरे।

वाटमोर २०१२ मा पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बने। उनकै प्रशिक्षणमा पाकिस्तानले एशिया कपको उपाधि जितेको थियो। उनी २०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षकको भूमिकामा रहे।

पाकिस्तानपछि २०१४ को डिसेम्बरमा वाटमोर जिम्बाब्वेको प्रशिक्षक बने। जिम्बाब्वेसँग ९ महिनाको सम्झौता बाँकी रहँदै बर्खास्त भएका वाटमोर त्यसपछि २०१७ मा केरला क्रिकेट एसोसिएसनको मुख्य प्रशिक्षक बने। उनी २०२० को फेब्रुअरीमा सिंगापुर राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बने। उनले सिंगापुरलाई एसीसी टि २० एशिया कपमा छनोट गराए।

वाटमोरले यसअघि पनि नेपाली क्रिकेटलाई नजिकबाट नियालिरहेका थिए। उनले नेपाली खेलाडीहरूलाई यसअघि नै प्रशिक्षण दिइसकेका छन्। ब्याट एन्ड बल फाउन्डेसनले आयोजना गरेको हाई पर्फर्मेन्स क्याम्पमा उनले ११ दिन नेपाली खेलाडीहरूलाई प्रशिक्षण दिएका थिए।

‘कुल म्यान’ को रुपमा चिनिने वाटमोरकै प्रशिक्षणमा नेपालले आइसीसी विश्वकप क्रिकेट लिग–टु का सिरिजहरु खेल्दैछ। वाटमोरको अग्नि परीक्षा यही हुनेछ। अनुभवी वाटमोर र युवा क्रिकेटरको जोशले नेपाललाई कहाँसम्म पुर्याउला? अहिले चाहिँ वाटमोरजस्ता विश्वस्तरीय प्रशिक्षक पाउनु नै नेपालका निम्ति सकारात्मक पक्ष हो।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १६:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्