काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू-
१) भारतले उपलब्ध गराउने कोरोना विरुद्ध भ्याक्सिनको १० लाख डोज बिहीबारै काठमाडौं आउने, नेपाललाई डेढ करोड डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउन भारत तयार रहेको जानकारी
२) प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमपछि आफूहरु अलि आवेगमा आएर टिप्पणी गरेको नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डको स्वीकारोक्ति, ओलीले आफूहरुलाई जेलमा कोच्न चाहेको अर्का अध्यक्ष नेपालको आरोप
३) प्रधानमन्त्रीका अभिव्यक्तिले आफूहरु प्रभावित नहुने संवैधानिक इजलासमा न्यायाधीशको भनाइ, प्रतिनिधि सभा विघटनविरुद्ध थप वकिलले अब नाम टिपाउन नपाउने, बहस गर्न २५० भन्दा बढी वकिलको नाम सूचीकृत
४) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छाड्नुअघि अमेरिकालाई सुरक्षित र समृद्ध राख्न नयाँ प्रशासनलाई दिए शुभकामना, नयाँ पार्टी खोल्नेबारे ट्रम्पले थाले छलफल
५) र, प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीको तेस्रो जित, प्रदेश १ को तेस्रो हार, अर्को खेलमा पुलिसले १७ ओभरमै खेल जित्यो, सुनिल र कुशलको अर्धशतक
अब समाचार विस्तारमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।