• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

हतास र निराश मेस्सी

नेपाल लाइभ बुधबार, माघ ७, २०७७  ०७:०८
1140x725

काठमाडौं- ‘आखिर मेस्सी पनि मान्छे नै हुन्’, विश्वभर लियोनल मेस्सीको फुटबल मन पराउनेहरू अहिले यही भन्दैछन्। १५ वर्ष विश्व फुटबलको उचाइमा देखिएका मेस्सी खेल जीवनको अन्तिम वर्षहरूमा रहँदा पुरानै लयमा छैनन्। उनीमाथि हुने ‘बढी आश’ पूरा भइरहेको छैन।

हुन त ३३ वर्षका मेस्सीमाथि देखिने विश्वास र हानथाप उनी अझै उत्कृष्ट हुनुकै प्रमाण हो। त्यसको प्रभाव सिजनको सुरुवातअघि फुटबल बजारमा स्पष्ट देखियो। उनलाई लैजान नचाहने क्लब सायदै होलान्। गएको सिजन ला लिगाका सर्वाधिक गोलकर्ता मेस्सी अहिले पनि लिगमा सर्वाधिक गोलमा अघि बढिरहेका छन्। 

मेस्सी खेललाई रोमाञ्चक रुपमा प्रस्तुत गर्छन्। जितको आधार तयार गर्छन्। मैदानमा विपक्षीलाई समेत प्रभावित पार्न सक्ने क्षमता उनमा देखिन्छ। मैदानमा मेस्सी हुनु र नहुनुको फरक दर्शकले नै स्पष्ट देख्छन्। तर उनै मेस्सी आइतबार राति भएको स्पेनिस सुपर कप फाइनलमा हराइरहे जस्ता देखिए। बार्सिलोना खेल समयकै पहिलो रातो कार्ड पाएर उनी बाहिरिए। जसले मेस्सीमाथि दुई खेलको प्रतिबन्ध लागेको छ।

जितबाट केही सेकेण्ड मात्र पर रहेको बार्सिलोनाले एथ्लेटिक क्लबसँग फाइनल गुमाउन पुग्यो। बार्सिलोनाका खेलाडी रोक्ने एथ्लेटिको शैलीले आजित मेस्सीले बराबरी पछिको थप समयमा दिक्दारी यसरी प्रस्तुत गरे जुन उनलाई सुहाउने पारा थिएन। विपक्षीले छिर्के हान्दा पनि लड्दा लड्दै उठेर बलमा बढ्ने मेस्सीले आफैं रातो कार्ड पाउने गल्ती गरे। 

च्याम्पियन्स लिगको कमजोर उपस्थितिले पछिल्ला वर्ष आलोचित हुने गरेको बार्सिलोना अहिले सबैतिर कमजोर बनिरहेको छ। खेलाडीहरुको मनोबल फर्काउने आश गरिएको सुपर कप फाइनल पनि त्योअनुरुप हुन सकेन। त्यसमा प्रशिक्षक रोनाल्ड कोम्यानको योजना कमजोर देखियो। उनी पहिलो देखिने उपलब्धिबाट चुके। 

यो सबैमा मेस्सीको मनस्थितिको विश्लेषण भइरहेको छ। उनको खेल जीवनको अन्तिम वर्षहरू खल्लो हुने हो कि भन्ने डर समर्थकमा बढिरहेको छ। विश्व फुटबलमा सर्वाधिक महान खेलाडी को भन्ने बहसमा सधैँ नाम आइरहेका मेस्सी आफ्नो मैदानको समय उपाधिकै साथ बिताउन चाहन्छन्, जुन बार्सिलोनामा कठीन भइरहेको छ। 

गएको सिजन गोलका आधारमा २००७-०८ पछिको खराब सिजन भए पनि मेस्सी असिस्टमा बनाएको नयाँ कीर्तिमानले मैदानमा अवसरको खोजीमा अझ सशक्त देखिएका थिए। जसले उनी स्वयम गोलकर्ता मात्र होइनन् योजनाकार बने। गएको सिजन मेस्सीले ३१ गोल गरे। उनको २६ असिस्टले उत्कृष्ट समय देखायो। तर अहिले मेस्सीको त्यही योजना मैदानमा स्पष्ट देखिँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

गएको सिजन र अहिले पनि युरोपका ठूला भनिएका पाँच लिगको तथ्यांक हेर्ने हो भने मेस्सी उत्कृष्टभित्र नै छन्। बार्सिलोनामा खेल निर्माणकर्ताका रुपमा उनी फरक भूमिकामा देखिँदै जाँदा अहिलेको गोल संख्या उत्कृष्टभित्र नै छ। तर उनीमाथिको आश यति मात्र होइन। यो सिजन लिगमा उनले १७ खेलमा ११ गोल गरेका छन्। 

मेस्सीले गरेका गोल, गोलका लागि बनाएका अवसर र व्यक्तिगत अवार्ड र टिमका लागि जितेका सबै उपाधिलाई पन्छाएर हेर्ने हो भने पनि उनको फुटबल कला मात्रैले उनको शैलीमा फुटबल समर्थक मुग्ध हुन सक्छन्।

ला लिगामा नै हेर्दा दुई सयभन्दा धेरै गोल गर्ने खेलाडीहरु नौ जना छन्। ती नौ खेलाडीमा तीन सय गोल कटाउने खेलाडी दुई जना छन्। जसमा चार सय गोल कटाउने खेलाडी एक जना मात्र छन्। यसैले सजिलै तोडिन असम्भव जस्तो लाग्ने ला लिगामा सर्वाधिक गोलको कीर्तिमान मेस्सीको नाममा छ। ला लिगामा उनले ५०२ खेलमा ४५५ गोल गरेका छन्। 

मेस्सीको नाममा रहेर तोडिन असम्भव जस्तो लाग्ने अर्को कीर्तिमान एक वर्षमा उनले गरेको गोल संख्या हो। सन् २०१२ मा मेस्सीले बार्सिलोनाका लागि ७९ र अर्जेन्टिनी राष्ट्रिय टिमबाट १२ गोल गरेका थिए। जुन वर्ष मेस्सीको ९१ गोल कीर्तिमानी रह्यो। जुन सन् १९७२ मा जर्ड मुलरले ८५ गोल हानेर बनाएको कीर्तिमान तोडिएको थियो।

प्रशिक्षक पेप गार्डिओलाको समयमा एक सय अंक बनाएर ला लिगाको उपाधि जितेको त्यो बेला मेस्सीको खेल लय लोभलाग्दो थियो। जुन वर्ष बार्सिलोनाको ७९ गोलमा मेस्सीले ला लिगामा ५९, च्याम्पियन्स लिगमा १३, कोपा डेल रेमा ५ र स्पेनिस सुपर कपमा २ गोल गरेका थिए। ९१ गोल गरेको त्यो वर्ष मेस्सीले २४ गोलको लागि अवसर बनाएर गोल र असिस्टको संख्या १ सय १५ पुर्‍याएका थिए।

यस्तै विश्व फुटबलमा व्यक्तिगत रुपमा दिइने अवार्डमा विशेष रुपमा हेरिने बालोन डि’ओरमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीबीच एक दशकभन्दा बढी समय प्रतिस्पर्धा जस्तै देखियो। गएको वर्ष मेस्सीले जित्नुअघि दुवै खेलाडीले समान पाँच पटक बालोन डि’ओर जितेको थिए। 

जसमा मेस्सीले २००९, २०१०, २०११ र २०१२ मा लगातार चार पटकसहित २०१५ र २०१९ मा बालोन डि’ओर जिते। जसले विश्व फुटबलमा उत्कृष्ट खेलाडीको बहस गर्नेहरुका लागि मेस्सीलाई एक कदम अघि देखाउन तर्क मिल्यो। 

मेस्सीले युरोपियन फुटबलमा सर्वाधिक गोल्डेन बुट जित्ने कीर्तिमान पनि बनाएका छन्। युरोपियन लिगमा हरेक सिजन सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट जित्छन्। जसमा मेस्सीले २००९-१०, २०११-१२, २०१२-१३ का साथै लगातार तीन पटक २०१६-१७, २०१७-१८ र २०१८-२०१९ मा गोल्डेन बुट जितेका छन्। यसरी मेस्सीले ६ पटक जितेको गोल्डेन बुट पनि युरोपियन फुटबलमा सर्वाधिक हो। 

मेस्सीले ६ पटक नै फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड पनि जितेका छन्। उनले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा नै फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्।

मेस्सीले बार्सिलोनाबाट विभिन्न ३४ उपाधि जितेका छन्। जुन क्लबमा एक खेलाडीले जितेको सर्वाधिक उपाधि हो। यसरी हेर्दा क्लबबाट जित्न मिल्ने सबैजसो उपाधि मेस्सीले जितेका छन्। ३४ उपाधिलाई हेर्दा १० ला लिगा, ४ च्याम्पियन्स लिग, ६ कोपा डेल रे, ८ स्पेनिस सुपर कप, ३ फिफा क्लब विश्वकप, ३ युइएफए सुपर कप रहेका छन्।

क्लबबाट राम्रो खेल्ने तर राष्ट्रका लागि उपाधि जित्न नसक्ने आलोचना व्यहोरिरहेका मेस्सीले अर्जेन्टिनाबाट २००५ मा यु २० विश्वकपका साथै २००८-०९ मा ओलम्पिक गोल्ड मेडल जिताएका छन्। २०१४ को विश्वकपमा गोल्डेन बल जितेका मेस्सीको खेललाई उपाधिसँग मात्र जोडेर हेर्दा उनीमाथि अन्याय हुनेछ।

यो सबै इतिहास भए पनि मेस्सीसँग वर्तमानमा अझै केही गर्न सक्ने सामथ्र्य भने देखिन्छ। यसैले उनी केही परिवर्तनको खोजिमा पनि छन्। ३३ वर्षका मेस्सीसँग अब फुटबलका लागि धेरै समय बाँकी छैन। 

यत्तिका समय फुटबलको केन्द्रमा रहेका खेलाडीको अन्तिम-अन्तिम वर्ष यसरी खल्लो हुनु नमज्जा बनिरहेको छ। यसैले यसअघि चलेका हल्लाभन्दा अघि अब मेस्सीले क्लब छाड्ने खबर आइरहेको छ। बार्सिलोनामा उपाधिविहीन भएर आजित मेस्सी हेर्दा त्यो अस्वभाविक पनि लाग्दैन। 

यो सबैका बीच मेस्सीले सिजनको सुरुवातमा नै क्लब छाड्ने इच्छा देखाइरहँदा बार्सिलोना उनलाई छाड्न नदिने प्रयासमा लाग्यो। अन्ततः जित क्लबको भयो। मेस्सी बार्सिलोनामा नै रोकिए। मेस्सीले सिजनको अन्त्यमा क्लब छाड्न सक्ने सम्झौतामा कुरा उठाउँदा बार्सिलोना ब्यवस्थापन उनको ७०० मिलियन युरो रिलिज क्लज नतिरी कसैले लान नपाउने बताइरह्यो। क्लबविरुद्ध कानूनी रुपमा नबढ्ने भन्दै मेस्सी रोकिए। 

मेस्सीले त्यसबेला खुसी मनले बार्सिलोनामा रहन्छु भनेर बोलेका होइनन्। आफू हुर्किएको क्लबविरुद्ध कुनै पनि मुद्दा मामिला गर्न नपरोस् भनेर नछाड्ने मनस्थितिमा पुगेका हुन्। यसमा लामो समयको द्वन्द्वमा बार्सिलोना ब्यवस्थापनको जित र मेस्सीको हार देखिन्छ। तर यसले बार्सिलोनालाई मैदानको जित निश्चित गर्न सकिरहेको छैन। 

बार्सिलोनाले त्यस्तो खेलाडीलाई छाडेर जान दिएन जो रहनै चाहँदैन थिए। क्लब ब्यवस्थापन जसरी चलिरहेको थियो र जसले चलाइरहेका थिए त्यसमा मेस्सी घटना कमजोरी देखाइदिने माध्यम पनि बन्यो। असन्तुष्टी पुरानो भए पनि ब्यवस्थापनसँग कुनै योजना नरहेको भन्दै मेस्सीले खुलेर पहिलोपटक त्यसैबेला बोलिदिए। जसले बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउको राजीनामासम्म स्थिति पुग्यो। 

मेस्सीले नै भनेजस्तो बार्सिलोनामा नयाँ योजनाको खाँचो छ। युवा टिमको विकासको खाँचो छ। गएको सिजन एक बिलियन युरोभन्दा बढी घाँटामा रहेको क्लबलाई यो सिजन पनि लगभग सात सय मिलियन युरो घाँटा लाग्ने अनुमान भइरहेका छन्। यस्तोमा मेस्सीका लागि खर्च हुने महँगो तलब क्लब सुधारको प्रमुख आधार बन्न सक्थ्यो। केन्द्रमा ३३ वर्षका मेस्सीलाई मात्र राखेर बार्सिलोना अझै कति यसरी नै बढिरहन सक्ला? 

मेस्सीको एउटै चाहना युरोपियन प्रतिस्पर्धामा बार्सिलोना राम्रो होस् भन्ने नै हो। जहाँ मेस्सीले नै आफ्नो भविष्य असुरक्षित ठानिरहेका छन् भने त्यहाँ अन्य विषयहरु गौण हुन्छन्। त्यसको समाधानमा हरसम्भव लाग्न क्लबलाई बाध्यता आइपर्छ। प्रशिक्षक रोनाल्ड कोम्यान ल्याएपछिको नयाँ योजना र अहिले चुनावको पर्खाइले ती विषय गौण बनिरहेका छन्। 

बार्सिलोनामा पछिल्लो समय देखिएका अवस्थाले खेलाडीहरू संकटको छायामा देखिएका छन्। जसबाट बाहिर निस्कन भइरहेका धेरै विषयहरु फेरिनुपर्ने देखिन्छ। त्यसको सबैभन्दा ठूलो मारमा मेस्सी छन्। मेस्सीमाथिको ‘बढी आश’ले उनको जिम्मेवारी पूरा भएको छैन।

यस्तोमा मेस्सीमा देखिएको त्यो रिस लामो समयदेखि जम्मा भइरहेको निराशाको परिणाम पनि हो। होइन भने त मेस्सी प्राय मैदानमा शान्त स्थितिमा नै देखिन्छन्। एथ्लेटिकोसँगको रातो कार्डपछि प्रशिक्षक कोम्यानले भनेका थिए, ‘मैले मेस्सीको अवस्था बुझेको छु। उनलाई धेरै पटक फोउल गरिएको थियो। बललाई बढाउने मेस्सीको शैलीमा उनलाई लगातार फोउल गरिरहँदा आजित त भइन्छ नै।’

कोम्यानले जसो भने पनि हतास र निराश देखिएका मेस्सी बार्सिलोनाका लागि मात्र होइन विश्व फुटबलमा कला मन पराउने धेरैका लागि चिन्ताको विषय हो। जितको अवस्थामा पुगेको खेल हार्दै गर्दा कप्तान मेस्सी जसरी मैदानबाट निस्किए त्यो दृश्य उनको फुटबल जीवनमा अमिट रहने धेरैमध्ये एक भइरहने छ। 

(यो सामग्री बिबिसी, गार्जियन, मार्का, गोल र इएसपिएनमा आधारित रहेर नेपाल लाइभका ऋग्वेद शर्माले तयार गरेका हुन्।)
 

प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  ०७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
बाढी प्रभावित क्षेत्रमा आज दिनभर खोज तथा उद्धार : ८१ जनाको उद्धार, टनेलमा एक शव फेला मंगलबार, भदौ २३, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब मंगलबार, भदौ २३, २०८३
बाढी प्रभावित रसुवा र नुवाकोटमा हैजाविरुद्ध खोप अभियान, १ लाख २ हजार डोज पठाइँदै मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्