काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू:
१) प्रतिनिधि सभा विघटनका विरुद्ध परेका रिटमाथि सोमबारको बहस हेर्दाहेर्दैमा सकियो ः मंगलबार पनि बहस हुने, प्रतिनिधि सभा विघटन भए संविधान नै बाँकी नरहने अधिवक्ता दिनमणि पोखरेलको दाबी ।
२) नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले बालुवाटारमा दर्ता गरायो ओलीलाई स्पष्टीकरण सोधिएको पत्र, प्रधानमन्त्री ओलीले भेट्न समय निदिएपछि गेटमै पत्र दर्ता ।
३) सम्झौता अवधि सकिँदा पनि सबै उखु किसानले पाएनन् भुक्तानी, चार वटा उद्योगबाट ५४ करोड रुपैयाँ उखु किसानको खातामा गयो, अझै केही बाँकी ।
४) रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई जर्मनीबाट मस्को फर्किएको केही समयमै हिरासतमा लिइयो, बाइडनको टोलीद्वारा निन्दा, तुरुन्त रिहा गर्न माग, अन्य कैयन अभियानकर्मीहरू पनि पक्राउ ।
५) र, बागमति प्रदेशको प्रधानमन्त्री पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित, सुदूरपश्चिम प्रदेश १८० रनको फराकिलो अन्तरले पराजित, अर्को खेलमा गण्डकीसँग प्रदेश १ को हार ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।