• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन १४, २०८३ Thu, Jul 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वार्ताका लागि काठमाडौं हिँडेका बास्तोला प्रहरी हिरासतमा

64x64
वीरेन्द्र ओली आइतबार, माघ ४, २०७७  २१:२२
1140x725

काठमाडौं- २०६० माघ २५ गते तत्कालीन नेकपा माओवादीले रोल्पाको थवाङमा मगरात स्वायत्त प्रदेश जनसरकार घोषणा कार्यक्रम राखेको थियो। कार्यक्रमका प्रमुख अतिथिहरू थिए, पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा, नन्दकिशोर पुन ‘पासाङ’लगायतका प्रभावशाली नेताहरू। त्यतिबेला खरो रूपमा बोल्ने नेतामध्ये एक थिए, नेत्रविक्रम चन्द ‘विप्लव’।

विप्लवले त्यतिबेला सत्तामा रहेका राजा ज्ञानेन्द्र शाहलाई चुनौती दिँदै भनेका थिए- 'दरबार हत्याकाण्ड.... जति सजिलो थियो, त्यति हामीमाथि हत्या श्रृंखला चलाएर शासन गर्न छैन। त्यस्तो दुस्साहस नगर।' विप्लवले थपेका थिए- ‘ज्ञानेन्द्र ! तिम्रो सिंहासनको लडाइँमा झोलामा आटो र पिठो बोकेर ल्याएका छौं। हामीले रातदिन, हिउँ र भेरीका छालहरु नाघेर आएका छौं।’

विप्लवले ज्ञानेन्द्रको सत्ता सदरमुकाम र ब्यारेकमा सीमित भएकाले अब धेरै दिन नटिक्ने बताएको १७ वर्ष पुगिसकेको छ।

अहिले सत्ताको सिंहासनमा ज्ञानेन्द्र छैनन्। शाही सेना फेरिएर नेपाली सेना भयो, राजतन्त्रात्मक व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रात्मक भयो। परिवेशसँगै शासकहरू फेरिए। कुमालेको चक्रजस्तै राजनीतिक चक्र घुम्यो। अहिले सत्ताको सिंहासनमा उनकै सहगोत्री केपी ओली छन्। विप्लवसँगै युद्धमोर्चामा सामेल रामबहादुर थापा ‘बादल’ गृह प्रशासन हाँकिरहेका छन्।

आफूले सोचेजस्तो जनताको शासन नआएको भन्दै विप्लवसहित माओवादी पृष्ठभूमिका नेताहरू अहिले नयाँ राजनीतिक द्वन्द्वमा उत्रिएका छन्। उनलाई खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश ओली, सन्तोष बुढामगर, धर्मेन्द्र बास्तोला लगायतले साथ दिएका छन्।

सरकारले विप्लव नेतृत्वको नेकपालाई २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो। तर प्रतिबन्ध लगाउनुअघि र पछिमा सो पार्टीको गतिविधिमा खासै अन्तर देखिएको छैन। सो पार्टीले आफ्नो गतिविधि अगाडि बढाएपछि ११ नेता तथा कार्यकर्ताको हत्या भइसकेको छ। उता ४ जना सुरक्षाकर्मी तथा ‍सर्वसाधारणले पनि ज्यान गुमाएका छन्।

‘विप्लव नेतृत्वको नेकपाले वार्तामार्फत् आफूहरूमाथिको प्रतिबन्ध फुकाउन निक्कै प्रयास गरिरहेको छ। वार्ता गर्न विप्लव पक्षले सरकारीसँग निक्कै आग्रह गरेको पाइन्छ,' गृह मन्त्रालय स्रोतले भन्यो।

बास्तोलालाई भने सरकारले पुस २९ गते पक्राउ गरेको छ। उनलाई दर्जनौं मुद्दा लगाउने तयारीसहित महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको छ। यद्यपि, प्रहरीले बास्तोलालाई कुनै पनि नयाँ मुद्दा नलगाउने बताएको छ। पुरानै घटनामा मुद्दा चलाउने उसको भनाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

प्रतिबन्धित नेकपाका सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख बास्तोलले आफैंले संघर्ष गरेर ल्याएको गणतान्त्रिक शासनले आफूहरूलाई नै दण्डित हुनुपर्ने अवस्था आएको भन्दै आपत्ति जनाए। जाउलाखेलमा हिरासतमै रहेका बास्तोलाले नेपाल लाइभसँग कुरा गर्दै पार्टी कामकै सिलसिलामा ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेर नियन्त्रणमा लिइएको बताए।

‘हामी पार्टी कामकै सिलसिलामा ललितपुर मकवानपुरको सीमा क्षेत्रमा थियौं। त्यहीँबाट पक्राउ परिहालियो,' उनले नेपाल लाइभसँग भने, ‘पक्राउ परेपछि अहिले खोजीखोजी मुद्दा लगाउने तयारी हुँदैछ। अब मुद्दाको प्रक्रिया चल्छ होला।’

पार्टीले सार्थक वार्ताको पक्षमा वकालत गर्दै आए पनि सरकारले नाटक मञ्चन गरेर नेता कार्यकर्ता पक्राउ गरिरहेको बास्तोलाले बताए। वार्ता र संवादका लागि मन्त्री तथा सत्तारुढ नेकपाका नेताहरूसँग भेट नै नभएको उनले बताए। 

संवाद हुन नपाउँदै पक्राउ
प्रतिबन्धित नेकपाको पुस पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकले सत्तारुढ नेकपासहित अन्य राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिसँग छलफल गर्ने निर्णय गरेको उच्च स्रोतले जानकारी दियो। संवादका लागि प्रवक्ता एवं सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा संवाद समितिसमेत गठन गरिएको स्रोतको भनाइ छ। विश्वकर्मा संयोजकत्वको संवाद समिति सदस्यमा धर्मेन्द्र बास्तोलालगायत अन्य सदस्य छन्।

संवाद समूहमा रहेका नेताहरूले पार्टी प्रतिबन्ध भएको लामो समय हुँदासमेत सरकारले फुकुवा गर्न कुनै कदम नचालेको भन्दै विभिन्न दल र नागरिक समाजसँग संवादको प्रयास गरेका थिए। उनीहरूले पुष्पकमल दाहाल, माधव नेपालसहित मोहन वैद्यसँग समेत छलफलको योजना बनाएका थिए। सबै पक्षसँग छलफल गरेर आफ्नो रणनीति बनाउने उनीहरूको तयारी थियो।

तर, कुनै उल्लेखनीय प्रतिफल हात नलाग्दै बास्तोलालाई प्रहरीले पक्राउ गर्‍यो। ‘विप्लव नेतृत्वको नेकपाले वार्तामार्फत् आफ्नो प्रतिबन्ध फुकाउन निक्कै प्रयास गरिरहेको छ। वार्ता गर्न विप्लव पक्षले सरकारीसँग निक्कै आग्रह गरेको पाइन्छ,' गृह मन्त्रालय स्रोतले भन्यो, ‘तर सरकारले उसलाई महत्व नै दिएको छैन। पक्राउ, धरपकड र दमन गरेरै नियन्त्रण गर्न सक्छु भन्ने छ।’

संविधानलाई स्वीकारेर शान्तिपूर्ण राजनीतिमा आउने निश्चित भए मात्रै वार्तामा बस्ने सरकारको तयारी छ। विप्लव नेतृत्वको नेकपा भने राजनीतिक विषयलाई थाती राखेर सिके राउत शैलीमा वार्तामा आउने पक्षमा छैन। आफ्नो प्रतिबन्ध फुकुवा गर्ने र विचार मिल्ने पार्टीसँग ध्रुवीकरणमा गर्ने उसको रणनीति छ। त्यसरी वार्ता गर्दा आफूले भन्दा विप्लवले बढी फाइदा उठाउने देखेकाले सरकार चुपचाप छ।

प्रधानमन्त्री ओलीनिकट नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले वार्ता गर्ने भनिएपछि पक्राउ गर्ने भन्ने कुरा नै नआउने दाबी गरे। ‘घरमा पाहुना बोलाउने अनि खानामा विष मिसाएर खुवाउने भन्ने हुन्छ? त्यति गरे सबैले बुझिहाल्छन् नि। त्यसैले वार्ता भनिसकेपछि पक्राउ गरियो भन्ने कुरामा विश्वास छैन’, उनले भने, ‘यदि विप्लव पक्षले वार्ता गर्ने हो भने हिंसा छोड्नुपर्‍यो। अहिलेको संविधान र कानुन मान्छु भन्नुपर्‍यो। त्यति भए सरकारले वार्ता गरिहाल्छ। त्यसमा कुनै समस्या छैन।’

वैद्यसँग कार्यगत एकतापछि पार्टी एकता गर्ने तयारी
बादल समूह २०७३ सालमा वैद्यबाट छुट्टिएर प्रचण्ड समूहमा गयाे। त्यसपछि वैद्य र विप्लव नजिँकिदै गएका थिए। कार्यगत एकता हुँदै पार्टी एकतासम्म जानेगरी धेरै पटक छलफलसमेत चलाए। त्यतिबेला दुई पार्टीका तर्फबाट मोहन वैद्य ‘किरण’, रामसिंह श्रीष, हेमन्तप्रकाश ओली र खड्गबहादुर विश्वकर्मालगायत नेताहरू छलफलमा सहभागी भएका थिए।

२०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेकपा प्रतिबन्धित भएपछि उसका नेता कार्यकर्ता पक्राउ पर्न थाले। त्यसपछि दुई पार्टीबीचको संवाद रोकियो।

अहिले फेरि दुई पार्टीबीच कार्यगत एकता हुँदै पार्टी एकतासम्मै पुग्नेगरी छलफल भइरहेको वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका एक नेताले बताए। पुस दोस्रो साता वैद्य आफैंले चितवन पुगेर विप्लवसँग संवाद गरेको ती नेताले पुष्टि गरे। आगामी फागुन १ गते 'जनयुद्ध' दिवसमा कार्यगत एकताको घोषणा गर्ने तयारी छ। तर, विप्लव नेतृत्वका नेताहरूलाई खुलमखुल्ला भेटघाट गर्न सक्ने अवस्था नभएकाले समस्या भइरहेको नेताहरूले बताएका छन्।

भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघात विरुद्ध संघर्ष गरिरहेका पार्टीका नेता कार्यकर्तालाई खोजीखोजी गिरफ्तार गर्ने, निर्मम यातना दिने जेल होलेर लाखौं धरौटी तोक्नुले राजनीतिको सामान्य व्यवस्थाको समेत धज्जी उडाएको विप्लवको विज्ञप्तिमा उल्लेख छ।

संसद विघटनपछि मुद्दा मिल्ने चार पार्टीले संयुक्त मोर्चा बनाएर संघर्ष गर्ने घोषणा गरिसकेका छन्। जसमा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी छन्। उनीहरूले पुस १४ गते संयुक्त मोर्चा बनाउने घोषणा गरेका हुन्।

बास्तोला पक्राउमा विप्लवको आपत्ति
प्रतिबन्धित नेकपा सचिवालय सदस्य एवम् विदेश विभाग प्रमुख बास्तोला पक्राउ परेलगत्तै पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन्। केपी ओली नेतृत्वको सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरी दमन र यातनाको श्रृंखला चलाएको भन्दै विप्लवले आपत्ति जनाएका हुन्। 'भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातविरुद्ध संघर्ष गरिरहेका पार्टीका नेता कार्यकर्तालाई खोजीखोजी गिरफ्तार गर्ने, निर्मम यातना दिने, जेल हालेर लाखौं धरौटी तोक्नुले राजनीतिको सामान्य व्यवस्थाको समेत धज्जी उडाएको' विज्ञप्तिमा उल्लेख छ।

पार्टी काममा खटिरहेका बास्तोलालाई प्रहरीले पक्राउ गरेको भन्दै विरोधका कार्यक्रमसमेत घोषणा गरिएको छ। विप्लव नेतृत्वको नेकपाले पहिलो विरोध कार्यक्रमस्वरूप माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा, ७ गते देशव्यापी विरोध प्रदर्शन, ९ गते देशव्यापी मशाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम राखेको छ।

विप्लवलाई उपलब्धिभन्दा क्षति धेरै
प्रतिबन्ध अघि र पछिको घटनाक्रम हेर्दा विप्लव नेतृत्को पार्टीले नै ठूलो क्षति ब्यहोरेको छ। प्रतिबन्धपछि नेता कार्यकर्ता पक्राउ पर्न थालेपछि पार्टी खुम्चिँदै गएको छ।

अहिलेसम्म प्रहरीबाट कुमार पौडेल, निरकुमार राई, तिर्थराज घिमिरे मारिएका छन्। पार्टीको काम गर्ने सिलसिलामा बम विष्फोट हुँदा विष्णु भण्डारी, रामकुमार श्रेष्ठ, रामबहादुर सिंह, धनरूप बटाला, चन्द्रबहादुर सिंह, गोकुल रानामगर, प्रज्वल शाही  र विभुराम विश्वकर्माको मृत्यु भएको छ।

१२ मंसिर ०७४ मा दाङ, तुलसीपुरमा कांग्रेसको चुनावी कार्यक्रममा बम विस्फोट गराउँदा म्यादी प्रहरी विनोद चौधरीको मृत्यु भएको थियो। त्यो विप्लव समूहबाट गराइएको पहिलो घटनाको रूपमा लिइन्छ। यस्तै प्रतिबन्धपछि ०७५ फागुन १० गते ललितपुरस्थित नख्खुसहित देशैभर १७ स्थानमा एनसेल टावरमा आक्रमण गरिएको थियो। त्यतिबेला सिंहप्रसाद गुरुङको मृत्यु हुनुका साथै २ जना गम्भीर घाइते भएका थिए।

२५ असार ०७६ मा भोजपुरमा विप्लव नेतृत्वको नेकपा कार्यकर्तासँग भिडन्त हुँदा प्रहरी जवान सन्जिव राईको मृत्युभएको थियो। प्रहरीसँगको भिडन्तमा ओखलढुंगाका इन्चार्ज निरकुमार राई मारिएका थिए। त्यस्तै विप्लवका कार्यकर्ताले मंसिर २४ गते मोरङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या गरेका थिए।

प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  २१:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
रास्वपा वरिष्ठ नेतामा बालेन अनुमोदित सभापति रवि लामिछानेको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको हो । गत महाधिवेशनमा रास्वपाको विधान संशोधन गर्दै पहिलोपटक वरिष्ठ नेता... बुधबार, साउन १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू उनका अनुसार विभिन्न ९ विधेयक संघीय संसद्‌मा पेश गर्न स्वीकृत दिने लगायतका निर्णय भएको छ । बुधबार, साउन १३, २०८३
मन्त्रिपरिषद् बैठक सुरु सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको जनाइएको छ। बुधबार, साउन १३, २०८३
ताजा समाचारसबै
रास्वपा वरिष्ठ नेतामा बालेन अनुमोदित बुधबार, साउन १३, २०८३
सरकार र चिकित्सक संघ सहमति : के भयो उपलब्धि? बुधबार, साउन १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन १३, २०८३
मन्त्रिपरिषद् बैठक सुरु बुधबार, साउन १३, २०८३
कर्णालीको पाँचौँ मुख्यमन्त्री बने मंगलबहादुर शाही बुधबार, साउन १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन १३, २०८३
कप्तानगञ्ज घटनाको विरोधमा प्रदर्शन चर्कियो, कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड मंगलबार, साउन १२, २०८३
कपिलवस्तुमा ट्रकले किचेर ३ जनाको मृत्यु बुधबार, साउन १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्