काठमाडौं- सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङले योनेक्स सनराइज १०औँ पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ प्रतियोगिताको उपाधि जितेका छन्। सेमिफाइनलमा शीर्ष वरियताका रत्नजितलाई पराजित गरेका प्रिन्सले फाइनलमा एपिएफका दिपेश धामीमाथि २१-१८, २१-१३ को जित निकाले।
गोलबजार कभर्डहलमा भएको महिलाको शीर्ष १२ को प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङले उपाधि उचालिन्। १८-२१, २१-१५, २२-२० का साथ उपाधि जितेकी हुन्। जेशिकाको यो पुष्पलाल मेमोरियल ब्याडमिन्टनमा दोश्रो उपाधि हो। यसअघि इटहरीमा भएको सातौँ पुष्पलाल स्मृतिमा पनि जेशिकाले उपाधि उचालेकी थिइन्।
राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको पुरुष शीर्ष १६ वरियता बाहेकको एकलको प्रतिस्पर्धामा कैलालीका देवराज रानाले बाजी मारे। उनले सेनाका दिवश शंकरलाई १५-२१, २१-१८, २१-१६ ले पराजित गर्दै उपाधि जिते। यस्तै शीर्ष १२ वरियता बाहेकको महिला एकलमा कैलालीकी प्रार्थना देउवाले बाजी मारिन्। देउवाले झापाकी अञ्जना राईलाई २१-९, २१-१३ ले पराजि गरिन्।
पुरुष युगल तर्फको प्रतिस्पर्धाम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्जजित तामाङ र नविन श्रेष्ठको जोडीले उपाधि उचाल्यो। सेनाका जोडीले सेनाकै सुरोज महर्जन र पविन लिनथेपको जोडीमाथी २१-१९, १९-२१, २१-१३ को जित निकाल्दै उपाधि उचालेको हो। महिला युगलतर्फ पनि सेनाले उपाधि उचाल्यो। सेनाका राष्ट्रिय च्याम्पियन रशिला महर्जन र अमिता गिरीको जोडीले एपिएफका जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडीलाई २१-१८, २१-१२ ले पराजित गरेको हो।
ब्वाइज एकलतर्फ त्रिभुवन आर्मीका भोज बहादुर गुरुङ्ग च्याम्पियन बने। भोजले सेनाकै आयुष्मान नागरीलाई २१-१५, १९-२१, २१-१० ले पराजित गरे। यस्तै गल्र्स एकलमा पनि राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनले बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डे माथि २१-१० को समान अन्तरले पराजित गर्दै उपाधि रक्षा गरिन्।
भेट्रान्स युगलतर्फको प्रतिस्पर्धामा चितवनका सुभाष श्रेष्ठ र बाँकेका अनिल कुमार लाखेले विजय पाए। श्रेष्ठ र लाखेको जोडीले कास्की पोखराका शोभाकर भंडारी र नविन पराजुलीको जोडीलाई २१-१२, २१-१९ ले पराजित गरेका हुन्। लाखेले करिव १२ वर्षपछि कोर्टमा उत्रँदै उपाधि उचालेका हुन्।
र्याङ्किङ बाहेकका प्रतियोगिताका पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ वर्षमाथिको भेट्रान्स युगलका विजयी खेलाडीहरुले नगद २० हजार, उपविजेताले नगद १० हजार र शीर्ष चारमा पुग्नेले नगद ५÷५ हजार नगदसहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे। यसैगरि छात्र तथा छात्रा यु १७ का विजयीले नगद १५ हजार, उपविजेताले नगद ८ हजार र शीर्ष चारमा पुग्न सफल खेलाडीले नगद ४÷४ हजार प्राप्त गर्नेछन्। खेलाडीहरुले नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।