काठमाडौं- राष्ट्रिय च्याम्पियन त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, सिल्क ग्रुपका प्रिन्स दाहाल, आर्मीका प्रफुल महर्जन र एपिएफका दिपेश धामी १०औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
शुक्रबार गोलबजार कभर्डहलमा भएको क्वाटरफाइनलमा रत्नजितले भोजपुरका विकास श्रेष्ठलाई २१–१८, २१–१८ को समान अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए। अब फाइनल प्रवेशका लागि रत्नजितले सिल्क ग्रुपका प्रिन्ससँग प्रतिस्पर्धा गर्नेछन्। प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१–११, २१–१७ ले पन्छाउँदै सेमिफाइनलमा पुगेका हुन्।
त्यस्तै आर्मीका प्रफुलले एपिएफका गौतम कठायतलाई ९–२१, २१–१६, २१–१३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे। अर्को क्वाटरफाइनलमा दिपेश धामीले आर्मीका रुकेश महर्जनलाई २१–१३, २१–९ ले पराजित गरे। अब फाइनल प्रवेशका लागि दिपेश र प्रफुलबीच प्रतिस्पर्धा हुनेछ।
महिला उच्च १२ तर्फ भोजपुरकी नङशलदेवी तामाङ एपिएफकी शोभा गौचनलाई २१–६, २१–१५ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी हुन्। उनले अव सेमिफाइनलमा जेशिका गुरुङको सामना गर्नेछिन्।
एपिएफकी जेशिकाले आफ्नै क्लबकी सुनयना मुखियालाई २१–९, २१–१७ ले पराजित गरिन्। त्यस्तै आर्मीकी रशिला महर्जनले बिराट ब्याडमिन्टन क्लबकी सिमा राजवंशीलाई २१–१७, २१–७ ले पराजित गर्दै आर्मीकै अमिता गिरीसँगको भेट पक्का गरिन्। गिरीले आर्मीकै अनुमाया राईलाई २१–१६, २१–९ ले पराजित गरिन्।
गोलबजारस्थित नवनिर्मित कभर्डहलमा भएको उच्च १६ बाहेकको पुरुष एकल प्रतिस्पर्धामा सेनाका पविन लिनथेप भोजपुरका बिशाल तामाङलाई २१–१३, २१–१५ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरे। त्यस्तै अन्तिम आठ प्रवेश गर्नेक्रममा सेनाका डेभिड थापामगरले पुलिसका पुर्णबहादुर थापालाई २१–१३, २२–२०, कैलालीका देवराज रानाले पाँचथरका एसिया जबेगुलाई २१–११, २३–२१ले, कञ्चनपुरका बिवेक चौधरीले सेनाका गोकुल जोरालाई २१–१४, २०–२२, २१–१४ ले पराजित गरे। सेनाका सन्तोष पनेरुले बाँकेका शिव थापालाई २१–१५, ११–२१, २१–७ ले, एपिएफका इन्द्रबहादुर महतोले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठलाई २१–१७, २१–८ ले, सेनाका दिवश शंकरले सोलुखुम्बुका पेम्बा शेर्पालाई २१–१५, २१–१२ ले तथा सेनाका आयुष्मान नागरीले एपिएफका निरञ्जन देवकोटालाई २१–१६, २१–१५ ले पराजित गरे।
महिलातर्फ खोटङकी रेनुका राई, बाँकेकी समिक्षा न्यौपाने, बिराट ब्याडमिन्टन क्लबका रोज पाण्डे र कञ्चनपुरकी अस्मीता सुनारले पनि अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन्। रेनुकाले पाल्पाकी सुष्मा बुद्धलाई २१–१४, २१–१४, समिक्षाले कञ्चनपुरकी बिणा बिष्टलाई २१–१८, २१–१९ ले हराए। त्यस्तै, रोजले एपिएफकी निकिता लामालाई २१–१०, २१–५ ले तथा अस्मिताले पाल्पाकी जानुका कनौजलाई २२–२०, २१–१८ ले पराजित गरे।
झापाकी अञ्जना राईले कैलालीकी प्रियान्सी बमलाई २१–१४, २१–७ ले, एपिएफकी प्रेक्षा राईले कैलालीकी एलिना तिरवालाई २१–१५, १५–२१, २१–१३ ले तथा खोटाङकी स्मिता राईले पाल्पाकी दिया शाक्यलाई १८–२१, १८–२१, २१–८ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएका हुन्। कैलालीकी प्रार्थना देउवा वाई पाएर सिधै क्वाटरफाइनल प्रवेश गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।