काठमाडौं- बहुप्रतिक्षित साउथ इन्डियन फिल्म मास्टर शुक्रबारदेखि नेपालका हलमा पनि प्रर्दशन हुने भएको छ।
कोभिड १९ को महामारीपछि भारतमा भने बिहीबारबाटै यो फिल्म सार्वजनिक भइसकेको छ। भारतमा महामारीपछि ठूलो ब्यानरको फिल्म सार्वजनिक भएको यो पहिलो हो।
सार्वजनिक हुनुअघि नै सनसनी मच्चाएको फिल्मले पहिलो दिन नै २५ देखि ३० करोडको ओपनिङ गर्ने आँकलन गरिएको छ।
लोकेश कंगराजको निर्देशनमा बनेको तमिल फिल्ममा दुई सुरिस्टार थालापाती विजय र विजय सेतुपतीको अभिनय छ।
नेपालमा समेत यी दुई अभिनेताको फ्यान फलोइङ निकै छ। त्यसैले फिल्म लागेसँगै नेपालका हलमा पनि चहलपहल सुरु हुने हलवालाले आश गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।