काठमाडौं- करातेका मन्देकाजी श्रेष्ठले १७औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन्।
ललितपुरको सातदोबाटोस्थित कराते हलमा सेमीभर्चुअल रुपमा आज (मंगलबार) भएको अवार्ड कार्यक्रममा सागका स्वर्णधारी मण्डेकाजीले वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड पाएका हुन्।
उनले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई उछिन्दै अवार्ड जितेका हुन्। २०७६ सालमा मण्डेकाजी नेपाली खेलकुद क्षेत्रमा मुख्य केन्द्रमा रहे। उनले १३ औं सागमा एकल र टिम कातामा गरी दुई स्वर्ण पदक जितेका थिए।
आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण पदक जितेका उनी टिम कातातर्फ भने रजतमै सीमित भएका थिए। गत वर्ष बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भने मण्डेकाजीले एकल कातातर्फ कास्य र टिम कातामा स्वर्ण पदक जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।