काठमाडौं– गल्फका सुवास तामाङले १७औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्।
ललितपुरको सातदोबाटोस्थित कराते हलमा सेमीभर्चुअलमा भएको अवार्ड कार्यक्रममा सुवास उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन्। सुवासले तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेनलाई पछि पार्दै अवार्ड जितेका हुन्।
सुवासले १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा दुई वटा स्वर्ण जितेका थिए। त्यस्तै, आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका सुवासले राहुल विक र निश्चयजंग राजमाझीसँग टिम इभेन्ट्समा रजत पदक जितेका थिए।
फाल्डो सिरिज छनोट २०७६ मा च्याम्पियन बनेका उनले सूर्य नेपाल प्रिमियर लिगमा पनि च्याम्पियन बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।