• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १२, २०८२ Fri, Nov 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

के हुँदैछ खाडीमा घरेलु कामदार पठाउने प्रक्रिया?

64x64
निर्मला घिमिरे मंगलबार, पुस २८, २०७७  ०७:४८
1140x725

काठमाडौं– घरेलु कामदारका रुपमा दुवई जान भनेर सोममाया तामाङ (नाम परिवर्तन) त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलसम्म पुगिन्। भिजिट भिसा र पासपोर्टको विवरण हेर्दा शंका लागेर प्रहरीले उनलाई सोधपुछ गर्‍यो। सोधपुछ गर्दा उनले आफू घरेलु कामका लागि दुवई जान लागेको बताइन्। त्यसपछि प्रहरीले उनलाई त्यहिँबाट फर्कायो। 

महोत्तरी खयरमारा गाविस वडा नम्बर ४ का ३५ वर्षिय मंगले तामाङ भन्ने जितबहादुर भुजेलले घरेलु कामको प्रलोभनमा पारी बेचबिखनका लागि भिजिट भिसामार्फत् सोममायालाई दुवई लैजान लागेको कुरा त्यसपछि थाहा भयो। निज जितबहादुर भुजेललाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरिसकेको छ। निजविरुद्ध मानव बेचबिखन तथा ओसारपसार(नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। 

त्यस्तै उर्मिला थापा (नाम–थर परिवर्तन) सहित ४ जना महिलाहरु घरेलु कामदारका रुपमा कुवेत जाने सोचमा थिए। वैधानिक रुपमा घरेलु कामदारका रुपमा जान सहज वातावरण नभएपछि उनीहरुले कुवेत छिर्न भारतको बाटो रोजे। भारतको बाटो रोज्न राजी भएका उनीहरु मानव तस्करको पञ्जामा परे। मानव तस्करले खाडी पुर्‍याएर बिक्री गर्ने उद्देश्यले भारतमा बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले उनीहरुको उद्धार गर्‍यो। 

पारिवारिक अवस्था निकै कमजोर भएकी सिन्धुपाल्चोककी मनमाया (नाम परिवर्तन) वर्ष  ३६ ले पनि वैदेशिक रोजगारीमा जाने सोच बनाइन्। श्रम स्वीकृति लिएरै वैदेशिक रोजगारीमा जाने सोच बनाएकी उनको मेडिकल फेल भयो। मेडिकल फेल भएसँगै वैधानिक रुपमा वैदेशिक रोजगारीमा जाने बाटो बन्द भयो। उनले मेडिकल फेल भए पनि अवैध रुपमा भारत हुँदै कुवेत जान मिल्ने सुनिन्। गाउँकै एक एजेन्टको साथ लागेर उनी भारत हुँदै कुवेत हिँडिन्।

उनलाई कुवेत पुर्‍याइएन‚ भारतमा केही समय राखेर युएई पुर्‍याइयो। पछि युएईस्थित स्थानीय म्यानपावर एजेन्सीमा बिक्री गरिएको थाहा भयो। त्यहाँबाट भागेर गैह्रआवासीय नेपाली संघ युएईको शरणमा पुगेकी उनी हाल नेपाल फर्किसकेकी छन्। 

व्यवस्थापिका संसदको तत्कालीन अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले २०७३ साल चैतमा खाडीका विभिन्न मुलुकमा घरेलु कामदारका रुपमा रहेका नेपालीहरु जोखिममा रहेको भन्दै घरेलु कामदार पठाउन रोक लगाउन सरकारलाई निर्देशन दिएको थियो। उक्त निर्देशनपछि सरकारले घरेलु कामदारका रुपमा खाडी तथा मलेसिया जान रोक लगाएको छ।

वैधानिक प्रक्रियामार्फत् घरेलु कामदारमा जान रोक लगाए पनि अवैध बाटो र प्रकृयामार्फत घरेलु कामदारका रुपमा खाडी छिर्नेहरु रोकिएका छैनन्।

सोममाया, उर्मिला र मनमायाजस्ता थुप्रै युवाहरु ज्यानै जोखिममा राखेर अवैध बाटो र प्रकृयामार्फत घरेलु कामदारका रुपमा खाडीका विभिन्न मुलुकहरुमा छिर्न बाध्य छन्। कति युवाहरु घरेलु कामदारका रुपमा खाडीका मुलुकहरुमा जोखिम छ भन्ने जान्दाजान्दै गएका भेटिन्छन्। कतिपयलाई भने जानकारी नै हुँदैन। 

Ncell 2
Ncell 2

यसरी घरेलु कामदारका रुपमा जान विशेष गरी महिलाहरु आकर्षित देखिएका छन्। अवैध प्रकृया र बाटो रोज्नेहरु कति गन्तव्य मुलुकमा पुगेर अलपत्र परेका छन् भने कतिपय गन्तव्य मुलुक नपुगि बाटोमै अलपत्र पर्ने गरेका छन्। घरायसी काम पाउने आश बोकेर हिडेँका थुप्रै युवाहरु बेचबिखनमा परेका घटनासमेत बाहिरिरहेका छन्। दलालहरुले ललाईफकाई राम्रो काम तथा कमाइको प्रलोभनमा पारी उनीहरुलाई खाडी पुर्‍याउने गरेका छन्।

घरेलु कामदारका रुपमा खाडी पठाउन प्रतिवन्ध लगाउँदा पनि यो क्रम रोकिएन। बरु त्यसपछि अवैध बाटो र प्रक्रियामार्फत् खाडी छिर्नेहरुको संख्या बढ्दै गयो। सो प्रतिवन्धले पनि नेपालीहरु घरेलु कामका लागि खाडी जान नरोकिएको राष्ट्रिय मानव अधिकार आयोगको एक प्रतिवेदनले समेत औँल्याएको थियो। अवैधरुपमा विदेश जाने बढेसँगै आयोगले सुरक्षित मर्यादित वैदेशिक रोजगारीको व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको थियो। 

चौतर्फी दबाबपछि खुल्ला गर्न निर्देशन
पैसासँगै ज्यानै जोखिममा राखेर अवैध बाटो तथा प्रक्रियामार्फत घरेलु कामदारका रुपमा जाने प्रवृति बढेसँगै यो विषय चौतर्फी चासोको विषय बन्दै आएको छ। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले २०७५ पुस ९ गतेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बैठकमा समेत कामदारको दबाब आएको भन्दै सुरक्षा र तलबभत्ताको उचित व्यवस्था हुने ग्यारेन्टी भए नेपाली युवाहरुलाई घरेलु कामका लागि खाडी पठाउन सकिने प्रस्ताव राखेका थिए। सो प्रस्ताव समितिका सभापति विमलकुमार श्रीवास्तवले अस्वीकार गरेका थिए। तर घरेलु कामदारका लागि वैधानिक बाटो खुल्ला गरी सहजीकरण गरिनुपर्ने चौतर्फी दबाब बढेसँगै २०७६ भदौ ४ गते बसेको समितिको बैठकले तोकिएको शर्त पुरा गरी घरेलु कामदारका लागि पुनः श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गर्‍यो।

अहिले विदामा फर्किएकाहरु पुनः श्रम स्वीकृति लिएर घरेलु कामदारका रुपमा गइरहेका छन्। नयाँ श्रम स्वीकृति भने खुल्ला गरिएको छैन। तर समितिको टोलीले खाडीका केही मुलुक घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरुको अवस्थाबारे पुनः अध्ययन गरेर फर्किएपछि घरेलु कामदारका रुपमा खाडीमा रहेका नेपालीहरु जोखिमपूर्ण अबस्था औँल्याउँदै सम्बन्धित गन्तव्य मुलुकहरुसँग घरेलु कामदारसँग सम्बन्धित छुट्टै सम्झौता गरेर पठाउन सरकारलाई निर्देशन दिएको छ।

२०७७ असोज १३ गते बसेको समितिको बैठकले सम्बन्धित गन्तव्य मुलुकसँग घरेलु कामदारसँग सम्बन्धित छुट्टै सेवा, शर्त र सुरक्षा सम्बन्धमा ठोस् कानुनी व्यवस्था भएका मुलुकहरुमा द्घिपक्षीय सम्झौता गरेर मात्रै घरेलु कामदार खुल्ला गर्न सरकारलाई निर्देशन दिएको हो। 

निर्देशनपछि के हुँदैछ घरेलु कामदार पठाउने प्रक्रिया? 
समितिले निर्देशन दिएको ३ महिना बितिसकेको छ। यो ३ महिनाको समयमा घरेलु कामदार खुल्ला गर्ने सम्बन्धमा कसरी अगाडि बढ्ने भनेर सरकारले ठोस निर्णय लिन सकेको छैन। यस सम्बन्धमा गहन अध्ययन, छलफल तथा विश्लेषण आबश्यक रहेकाले समितिले निर्देशन दिने बित्तिकै घरेलु कामदार खुल्ला गर्न सक्ने अवस्था नरहेको सरकारी अधिकारीहरु बताउँछन्। 

घरेलु कामदारका रुपमा रहेका नेपाली श्रमिकहरु जोखिमपूर्ण अवस्थामा रहेर काम गर्न बाध्य रहेको समितिको अध्ययनले समेत देखाएको छ। रोजगारदाता मुलुकसँग घरेलु कामदारसम्बन्धी छुट्टै सम्झौता गरेर मात्रै श्रम स्वीकृति सुरु गर्न समितिले निर्देशन दिएको छ। त्यस्तै घरेलु कामदार लान चाहाने रोजगारदाता मुलुकहरुले कामदारको सेवा, शर्त र सुरक्षा सम्बन्धमा छुट्टै व्यवस्था गर्नुपर्ने समितिको शर्त छ।

ठोस कानुनी व्यवस्था रहेको अबस्थामा भने त्यस्ता मुलुकमा घरायसी कामदार पठाउन सकिने समितिको निश्कर्ष छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग राय माग गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। ‘हामीले कसरी अगाडी बढ्ने भनेर परराष्ट्र मन्त्रालयसँग राय माग गरेका छौँ। राय प्राप्त भएपछि बाँकी प्रक्रिया सोहीअनुसार अगाडि बढ्छ,’ मन्त्रालयका सहसचिव एंव प्रवक्ता भरतमणी पाण्डेले नेपाल लाइभसँग भने। 

घरेलु कामदारको विषयमा के भन्छन त वैदेशिक रोजगार विभागमा महार्निदेश कुमार दाहाल

घरेलु कामदारको विषयमा अहिले पनि विभिन्न फोरममा कुरा उठिरहेको छ त। अस्ति श्रम समितिले पनि घरेलु कामदारसम्बन्धी छुट्टै श्रम सम्झौता गर्न भनेको छ। विशेषगरी, साउदीलगायत अरेबियन मुलुकहरुमा महिला कामदारका हकमा हिंसाका घटना भए। त्यसले गर्दा यसलाई छुट्टै सम्झौता गर्नुपर्छ भनिएको हो ।  अहिले घरेलु कामदार छाडिदिने हो भने त लाखौँको संख्यामा डिमाण्ड छ। 
तर घरेलु कामदार पठाएर बंगलादेश पनि पछि पछुतायो। इथोपियाले पनि रोक्यो। केन्याले पनि पठाउन छाड्यो। भनेपछि ती देशहरुले पनि बुझेरै पठाउन छोडे। हामीले पनि छुट्टै खालको एउटा सम्झौता नगरी पठाउन भएन। हाम्रा कामदारले एउटा मोबाइल एप्सको निगरानीभित्र आफ्नो आवाज बोल्न सक्नुपर्योल। त्यहाँ त कम्पाउण्डभित्र छिरिसकेपछि उनीहरुको सम्पत्ति भनिन्छ। कामदारलाई उनीहरुको सम्पत्ति होइन कामदारको रुपमा मात्र लगेको भनेर छुट्टै सम्झौता गर्नुपर्छ अनि मात्रै घरेलु कामदार खोल्नुपर्छ भन्ने कुरा आएको छ। यदि त्यो गर्ने हो भने हाम्रा कामदारको संख्या पनि बढ्छ। तर सुरक्षित गन्तव्य नभई घरेलु कामदार खोल्नु हुँदैन भन्ने हाम्रो पनि मान्यता हो। 

 

खाडीमा घरेलु कामदारका रुपमा कति नेपाली कार्यरत छन्? 
खाडीका विभिन्न मुलुकहरुमा घरेलु कामदारका रुपमा कति नेपालीहरु कार्यरत छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन्। तर २ लाखको हाराहारिमा नेपाली श्रमिकहरु खाडीका विभिन्न मुलुकमा घरेलु कामदारका रुपमा रहेको अनुमान गरिएको छ। खाडी मुलुकमा घरेलु कामदारका रुपमा कार्यरत केही श्रमिकहरुले राम्रै आम्दानी गरिरहेको भएता पनि थुप्रै नेपाली श्रमिकहरु जोखिममा छन्। शारीरिक तथा मानसिक शोषणमा परेका घटनाहरु पनि बाहिरिरहेका छन्। 

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  ०७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
कोरियामा ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा रोक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत अदक्ष श्रमिक पठाउँदै आएको छ । त्यसबाहेक म्यानपावर कम्पनीमार्फत ई–७ भिसाअन्तर्गत... मंगलबार, भदौ ३१, २०८२
पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ११८० जना बाकसमा फर्किए बिहीबार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । उनले गत आवमा अघिल्लो वर्षको... बिहीबार, साउन १५, २०८२
श्रमिकको न्यूनतम ज्याला २२५० बढाउनुपर्ने, १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्युन्तम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिकक... बिहीबार, साउन १, २०८२
ताजा समाचारसबै
भीम रावलको दाबी : ‘मिसन ०८४ होइन, पतन ०८४ आउँदै छ भनेर ओलीलाई भनेको थिएँ’ शुक्रबार, मंसिर १२, २०८२
माधव नेपालको दाबी : ‘नेपाली कम्युनिष्ट पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्छ’ शुक्रबार, मंसिर १२, २०८२
एनपीएल: कर्णालीले विराटनगरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै शुक्रबार, मंसिर १२, २०८२
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी शुक्रबार, मंसिर १२, २०८२
ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा शुक्रबार, मंसिर १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के के छन् विशेषता ? बिहीबार, मंसिर ११, २०८२
विधा भण्डारीको सन्देश : मलाई नेतृत्वले रोके पनि तपाईँहरूसँगै हुनेछु बिहीबार, मंसिर ११, २०८२
ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा शुक्रबार, मंसिर १२, २०८२
रवि र छविको मुद्दामा आज पुनः पेशी बिहीबार, मंसिर ११, २०८२
एनपीएल- पहिलो जीत हात पार्ने दाउमा जनकपुर र पोखरा बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्