• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

के हुँदैछ खाडीमा घरेलु कामदार पठाउने प्रक्रिया?

64x64
निर्मला घिमिरे मंगलबार, पुस २८, २०७७  ०७:४८
1140x725

काठमाडौं– घरेलु कामदारका रुपमा दुवई जान भनेर सोममाया तामाङ (नाम परिवर्तन) त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलसम्म पुगिन्। भिजिट भिसा र पासपोर्टको विवरण हेर्दा शंका लागेर प्रहरीले उनलाई सोधपुछ गर्‍यो। सोधपुछ गर्दा उनले आफू घरेलु कामका लागि दुवई जान लागेको बताइन्। त्यसपछि प्रहरीले उनलाई त्यहिँबाट फर्कायो। 

महोत्तरी खयरमारा गाविस वडा नम्बर ४ का ३५ वर्षिय मंगले तामाङ भन्ने जितबहादुर भुजेलले घरेलु कामको प्रलोभनमा पारी बेचबिखनका लागि भिजिट भिसामार्फत् सोममायालाई दुवई लैजान लागेको कुरा त्यसपछि थाहा भयो। निज जितबहादुर भुजेललाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरिसकेको छ। निजविरुद्ध मानव बेचबिखन तथा ओसारपसार(नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। 

त्यस्तै उर्मिला थापा (नाम–थर परिवर्तन) सहित ४ जना महिलाहरु घरेलु कामदारका रुपमा कुवेत जाने सोचमा थिए। वैधानिक रुपमा घरेलु कामदारका रुपमा जान सहज वातावरण नभएपछि उनीहरुले कुवेत छिर्न भारतको बाटो रोजे। भारतको बाटो रोज्न राजी भएका उनीहरु मानव तस्करको पञ्जामा परे। मानव तस्करले खाडी पुर्‍याएर बिक्री गर्ने उद्देश्यले भारतमा बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले उनीहरुको उद्धार गर्‍यो। 

पारिवारिक अवस्था निकै कमजोर भएकी सिन्धुपाल्चोककी मनमाया (नाम परिवर्तन) वर्ष  ३६ ले पनि वैदेशिक रोजगारीमा जाने सोच बनाइन्। श्रम स्वीकृति लिएरै वैदेशिक रोजगारीमा जाने सोच बनाएकी उनको मेडिकल फेल भयो। मेडिकल फेल भएसँगै वैधानिक रुपमा वैदेशिक रोजगारीमा जाने बाटो बन्द भयो। उनले मेडिकल फेल भए पनि अवैध रुपमा भारत हुँदै कुवेत जान मिल्ने सुनिन्। गाउँकै एक एजेन्टको साथ लागेर उनी भारत हुँदै कुवेत हिँडिन्।

उनलाई कुवेत पुर्‍याइएन‚ भारतमा केही समय राखेर युएई पुर्‍याइयो। पछि युएईस्थित स्थानीय म्यानपावर एजेन्सीमा बिक्री गरिएको थाहा भयो। त्यहाँबाट भागेर गैह्रआवासीय नेपाली संघ युएईको शरणमा पुगेकी उनी हाल नेपाल फर्किसकेकी छन्। 

व्यवस्थापिका संसदको तत्कालीन अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले २०७३ साल चैतमा खाडीका विभिन्न मुलुकमा घरेलु कामदारका रुपमा रहेका नेपालीहरु जोखिममा रहेको भन्दै घरेलु कामदार पठाउन रोक लगाउन सरकारलाई निर्देशन दिएको थियो। उक्त निर्देशनपछि सरकारले घरेलु कामदारका रुपमा खाडी तथा मलेसिया जान रोक लगाएको छ।

वैधानिक प्रक्रियामार्फत् घरेलु कामदारमा जान रोक लगाए पनि अवैध बाटो र प्रकृयामार्फत घरेलु कामदारका रुपमा खाडी छिर्नेहरु रोकिएका छैनन्।

सोममाया, उर्मिला र मनमायाजस्ता थुप्रै युवाहरु ज्यानै जोखिममा राखेर अवैध बाटो र प्रकृयामार्फत घरेलु कामदारका रुपमा खाडीका विभिन्न मुलुकहरुमा छिर्न बाध्य छन्। कति युवाहरु घरेलु कामदारका रुपमा खाडीका मुलुकहरुमा जोखिम छ भन्ने जान्दाजान्दै गएका भेटिन्छन्। कतिपयलाई भने जानकारी नै हुँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

यसरी घरेलु कामदारका रुपमा जान विशेष गरी महिलाहरु आकर्षित देखिएका छन्। अवैध प्रकृया र बाटो रोज्नेहरु कति गन्तव्य मुलुकमा पुगेर अलपत्र परेका छन् भने कतिपय गन्तव्य मुलुक नपुगि बाटोमै अलपत्र पर्ने गरेका छन्। घरायसी काम पाउने आश बोकेर हिडेँका थुप्रै युवाहरु बेचबिखनमा परेका घटनासमेत बाहिरिरहेका छन्। दलालहरुले ललाईफकाई राम्रो काम तथा कमाइको प्रलोभनमा पारी उनीहरुलाई खाडी पुर्‍याउने गरेका छन्।

घरेलु कामदारका रुपमा खाडी पठाउन प्रतिवन्ध लगाउँदा पनि यो क्रम रोकिएन। बरु त्यसपछि अवैध बाटो र प्रक्रियामार्फत् खाडी छिर्नेहरुको संख्या बढ्दै गयो। सो प्रतिवन्धले पनि नेपालीहरु घरेलु कामका लागि खाडी जान नरोकिएको राष्ट्रिय मानव अधिकार आयोगको एक प्रतिवेदनले समेत औँल्याएको थियो। अवैधरुपमा विदेश जाने बढेसँगै आयोगले सुरक्षित मर्यादित वैदेशिक रोजगारीको व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको थियो। 

चौतर्फी दबाबपछि खुल्ला गर्न निर्देशन
पैसासँगै ज्यानै जोखिममा राखेर अवैध बाटो तथा प्रक्रियामार्फत घरेलु कामदारका रुपमा जाने प्रवृति बढेसँगै यो विषय चौतर्फी चासोको विषय बन्दै आएको छ। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले २०७५ पुस ९ गतेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बैठकमा समेत कामदारको दबाब आएको भन्दै सुरक्षा र तलबभत्ताको उचित व्यवस्था हुने ग्यारेन्टी भए नेपाली युवाहरुलाई घरेलु कामका लागि खाडी पठाउन सकिने प्रस्ताव राखेका थिए। सो प्रस्ताव समितिका सभापति विमलकुमार श्रीवास्तवले अस्वीकार गरेका थिए। तर घरेलु कामदारका लागि वैधानिक बाटो खुल्ला गरी सहजीकरण गरिनुपर्ने चौतर्फी दबाब बढेसँगै २०७६ भदौ ४ गते बसेको समितिको बैठकले तोकिएको शर्त पुरा गरी घरेलु कामदारका लागि पुनः श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गर्‍यो।

अहिले विदामा फर्किएकाहरु पुनः श्रम स्वीकृति लिएर घरेलु कामदारका रुपमा गइरहेका छन्। नयाँ श्रम स्वीकृति भने खुल्ला गरिएको छैन। तर समितिको टोलीले खाडीका केही मुलुक घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरुको अवस्थाबारे पुनः अध्ययन गरेर फर्किएपछि घरेलु कामदारका रुपमा खाडीमा रहेका नेपालीहरु जोखिमपूर्ण अबस्था औँल्याउँदै सम्बन्धित गन्तव्य मुलुकहरुसँग घरेलु कामदारसँग सम्बन्धित छुट्टै सम्झौता गरेर पठाउन सरकारलाई निर्देशन दिएको छ।

२०७७ असोज १३ गते बसेको समितिको बैठकले सम्बन्धित गन्तव्य मुलुकसँग घरेलु कामदारसँग सम्बन्धित छुट्टै सेवा, शर्त र सुरक्षा सम्बन्धमा ठोस् कानुनी व्यवस्था भएका मुलुकहरुमा द्घिपक्षीय सम्झौता गरेर मात्रै घरेलु कामदार खुल्ला गर्न सरकारलाई निर्देशन दिएको हो। 

निर्देशनपछि के हुँदैछ घरेलु कामदार पठाउने प्रक्रिया? 
समितिले निर्देशन दिएको ३ महिना बितिसकेको छ। यो ३ महिनाको समयमा घरेलु कामदार खुल्ला गर्ने सम्बन्धमा कसरी अगाडि बढ्ने भनेर सरकारले ठोस निर्णय लिन सकेको छैन। यस सम्बन्धमा गहन अध्ययन, छलफल तथा विश्लेषण आबश्यक रहेकाले समितिले निर्देशन दिने बित्तिकै घरेलु कामदार खुल्ला गर्न सक्ने अवस्था नरहेको सरकारी अधिकारीहरु बताउँछन्। 

घरेलु कामदारका रुपमा रहेका नेपाली श्रमिकहरु जोखिमपूर्ण अवस्थामा रहेर काम गर्न बाध्य रहेको समितिको अध्ययनले समेत देखाएको छ। रोजगारदाता मुलुकसँग घरेलु कामदारसम्बन्धी छुट्टै सम्झौता गरेर मात्रै श्रम स्वीकृति सुरु गर्न समितिले निर्देशन दिएको छ। त्यस्तै घरेलु कामदार लान चाहाने रोजगारदाता मुलुकहरुले कामदारको सेवा, शर्त र सुरक्षा सम्बन्धमा छुट्टै व्यवस्था गर्नुपर्ने समितिको शर्त छ।

ठोस कानुनी व्यवस्था रहेको अबस्थामा भने त्यस्ता मुलुकमा घरायसी कामदार पठाउन सकिने समितिको निश्कर्ष छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग राय माग गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। ‘हामीले कसरी अगाडी बढ्ने भनेर परराष्ट्र मन्त्रालयसँग राय माग गरेका छौँ। राय प्राप्त भएपछि बाँकी प्रक्रिया सोहीअनुसार अगाडि बढ्छ,’ मन्त्रालयका सहसचिव एंव प्रवक्ता भरतमणी पाण्डेले नेपाल लाइभसँग भने। 

घरेलु कामदारको विषयमा के भन्छन त वैदेशिक रोजगार विभागमा महार्निदेश कुमार दाहाल

घरेलु कामदारको विषयमा अहिले पनि विभिन्न फोरममा कुरा उठिरहेको छ त। अस्ति श्रम समितिले पनि घरेलु कामदारसम्बन्धी छुट्टै श्रम सम्झौता गर्न भनेको छ। विशेषगरी, साउदीलगायत अरेबियन मुलुकहरुमा महिला कामदारका हकमा हिंसाका घटना भए। त्यसले गर्दा यसलाई छुट्टै सम्झौता गर्नुपर्छ भनिएको हो ।  अहिले घरेलु कामदार छाडिदिने हो भने त लाखौँको संख्यामा डिमाण्ड छ। 
तर घरेलु कामदार पठाएर बंगलादेश पनि पछि पछुतायो। इथोपियाले पनि रोक्यो। केन्याले पनि पठाउन छाड्यो। भनेपछि ती देशहरुले पनि बुझेरै पठाउन छोडे। हामीले पनि छुट्टै खालको एउटा सम्झौता नगरी पठाउन भएन। हाम्रा कामदारले एउटा मोबाइल एप्सको निगरानीभित्र आफ्नो आवाज बोल्न सक्नुपर्योल। त्यहाँ त कम्पाउण्डभित्र छिरिसकेपछि उनीहरुको सम्पत्ति भनिन्छ। कामदारलाई उनीहरुको सम्पत्ति होइन कामदारको रुपमा मात्र लगेको भनेर छुट्टै सम्झौता गर्नुपर्छ अनि मात्रै घरेलु कामदार खोल्नुपर्छ भन्ने कुरा आएको छ। यदि त्यो गर्ने हो भने हाम्रा कामदारको संख्या पनि बढ्छ। तर सुरक्षित गन्तव्य नभई घरेलु कामदार खोल्नु हुँदैन भन्ने हाम्रो पनि मान्यता हो। 

 

खाडीमा घरेलु कामदारका रुपमा कति नेपाली कार्यरत छन्? 
खाडीका विभिन्न मुलुकहरुमा घरेलु कामदारका रुपमा कति नेपालीहरु कार्यरत छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन्। तर २ लाखको हाराहारिमा नेपाली श्रमिकहरु खाडीका विभिन्न मुलुकमा घरेलु कामदारका रुपमा रहेको अनुमान गरिएको छ। खाडी मुलुकमा घरेलु कामदारका रुपमा कार्यरत केही श्रमिकहरुले राम्रै आम्दानी गरिरहेको भएता पनि थुप्रै नेपाली श्रमिकहरु जोखिममा छन्। शारीरिक तथा मानसिक शोषणमा परेका घटनाहरु पनि बाहिरिरहेका छन्। 

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  ०७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुनको भाउ तोलामा ३६ सय रुपैयाँले बढ्यो शुक्रबार, असोज २, २०८३
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर) शुक्रबार, असोज २, २०८३
अभिषेकले बनाए टी–२० मा विश्व कीर्तिमान शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीमा ६७७ जना यातायात मजदुर सम्पर्कविहीन शुक्रबार, असोज २, २०८३
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्