१) निर्वाचन आयोगलाई वैशाखमा निर्वाचन हुने गरी निर्वाचन गतिविधि अघि नबढाउन नेकपाको प्रचण्ड–नेपाल पक्षको माग, प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको तर्क
२) मलका २ ठेक्का अलपत्र पार्ने मुक्तिनाथ कृषि कम्पनीको ९ करोड ३१ लाख जमानत जफत, शैलुङ इन्टरप्राइजेजलाई तेस्रो पटक कारबाही, कालोसुचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस
३) आयकर ऐनको दफा ५७ को व्यवस्थाअनुसार ६० अर्ब रूपैयाँ कर निर्धारणको सूचनाविरुद्ध एनसेल पुग्यो सर्वोच्च, ठूला करदाता कार्यालयको प्रारम्भिक सूचनापछि जवाफ नदिई एनसेलद्वारा रिट दायर
४) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी, ’दङ्गालाई प्रोत्साहन गरेको’ तल्लो सदनका डेमोक्र्याट सांसदको आरोप, राजनीतिक रूपमा प्रेरित भन्दै महाभियोगको सम्भावना ह्वाइट हाउसबाट खारेज
५) र, १७ औं संस्कणको पल्सर स्पोर्ट्स अवार्ड मंगलबार हुँदै, वर्षका उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउने
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।