• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बृहत पूर्ण इजलासदेखि किन डराइरहेका छन् प्रधानमन्त्री?

64x64
दुर्गा दुलाल सोमबार, पुस २७, २०७७  १५:०३
1140x725

काठमाडौं- ‘अहिलेको संविधानले संवैधानिक विषयहरूमा संवैधानिक इजलास गठन गरेर त्यसबाट फैसला हुने भनेको छ। अब त्यसबाट गर्न पाइँदैन भनेर एकथरी, कहाँ कानुन पढेछन् तिनीहरूले? संवैधानिक इजलासको व्यवस्था संविधानको व्यवस्था हो कि होइन? अनि बकवास गरेर हिँड्ने? वास्तवमा यी तरिकाहरू उपयुक्त होइनन्।‘

कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको आइतबारको बैठकमा गरेको सम्बोधनको अंश हो, यो। प्रतिनिधि सभा विघटन गरेका उनले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि आफ्ना भनाई राखेका थिए। त्यहीँ उनले सर्वोच्च अदालत र बहस चलिरहेको इजलासलाई जोडेर अभिव्यक्ति दिएका हुन्।

पूर्वप्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ, सुशीला कार्की, मीनबहादुर रायमाझी र अनूपराज शर्माले विज्ञप्ति जारी गर्दै ओलीको कदम असंवैधानिक भएको टिप्पणी गरेपछि ओली आक्रोशित भएका छन्। शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पनि उनले आक्रोश व्यक्त गरेका थिए।

प्रतिनिधि सभा विघटनपछि सर्वोच्चमा परेको १३ वटा रिटमाथि अहिले संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ। यो विवाद संवैधानिक इजलासबाट नभई बृहत पूर्ण इजलासबाट टुङ्ग्याउनुपर्ने भन्दै संयुक्त निवेदन नै पेश भएको छ। निवेदनपछिका आफ्ना दुई सम्बोधनमा प्रधानमन्त्रीले बृहत पूर्ण इजलासको माग गर्नेहरूप्रति आक्रोश पोखेको देखिन्छ।

के भइरहेको छ संवैधानिक इजलासमा?
प्रतिनिधि सभा विघटन भएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ थान निवेदन दर्ता भए। ८ गतेको एकल इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादलाई संवैधानिक इजलासबाट निरुपण गर्ने निर्णय गरे। पुस १० गतेको संवैधानिक इजलासमा पहिलो सुनुवाइ गर्दै लिखित जवाफ मगाउने आदेश गर्‍यो। 

पुस १० गते संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका साथै न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोकिएका थिए। २२ गते पनि सोही इजलास दोहोरिएको थियो।

संवैधानिक इजलास गठन गर्दा ‘पिक एन्ड चुज’ शैली अपनाइएको भन्दै १० गते नै टिकाटिप्पणी भएको थियो। तर त्यसलाई प्रधानन्यायाधीश राणाले बेवास्ता गर्दै अघि बढेका थिए। तर पुस २२ गते बसेको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ताहरूले प्रश्न उठाए। शम्भु थापाले कार्कीमाथि प्रश्न उठाएका थिए। कार्की ओली पहिलो पटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए। त्यसअघि अहिलेका महान्यायाधिवक्ता अग्नि खरेलसँग ल फर्मका पार्टनर थिए। प्रश्न उठेपछि कार्कीले इजलासबाट अलग्गिएको घोषणा गरेका थिए।

एकपटक गठन भएको इजलासले अर्को मुद्दाको सुनुवाइ नगर्ने संवैधानिक इजलासको अभ्यास देखिन्थ्यो। तर, यस पटक भने पुस १० गते गठन भएको इजलासलाई पुस २२ गते पनि निरन्तरता दिइयो। इजलास गठनको अधिकार प्रधानन्यायाधीशलाई हुने भएकाले उनले रोष्टरमा रहेकामध्ये आफूले चाहेको चार जना न्यायाधीशलाई तोक्ने छन्।

Ncell 2
Ncell 2
nimb
nimb

रोष्टरमा १४ जना न्यायाधीश रहेका छन्। अबको संवैधानिक इजलासमा तीमध्ये प्रधानन्यायाधीश बाहेक बाँकी ८ जनाबाट ४ जना तोक्न सक्छन् र नयाँ इजलास गठन गर्न सक्छन्। ४ जना भने जोसुकै पनि हुनसक्ने देखिन्छ। नयाँ इजलास गठन हुँदा न्यायाधीशमा दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ र टंक मोक्तान रहेका छन्। 

बरिष्ठताक्रम नमिचिकन इजलास तोकिएमा प्रधानन्यायाधीश राणा सहित दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा  र आनन्दमोहन भट्टराई रहेको नयाँ संवैधानिक इजलास गठन हुनेछ। यसअघिका सदस्यहरू विश्वभरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी फेरि पनि दोहोरिन भने सक्नेछन्।

बृहत पूर्ण इजलासदेखि डर किन?
कानुन व्यवसायीहरूले बृहत पूर्ण इजलास माग गरेर निवेदन नै दिएका छन्। सर्वोच्च अदालतको फुलकोर्टको बैठकमा पनि आफ्ना सहयात्री न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई बृहत पूर्ण इजलास गठन गर्न सुझाव दिएका थिए। यसबाट राणा दबाबमा परेको देखिन्छ। अदालतको विश्वसनियताका लागि पनि अब बृहत पूर्ण इजलास गठन हुनसक्ने आँकलन गर्न सकिन्छ।

बृहत् पूर्ण इजलास गठन हुँदा ११, १३, १५ वा १७ जनाको हुनसक्ने देखिन्छ। १९ न्यायाधीशमध्ये कार्कीले मुद्दा नहेर्न घोषणा गरेकाले अधिकतम १७ न्यायाधीशको बृहत पूर्ण इजलास गठन हुनसक्छ। त्यसो त, न्यायाधीशहरू हरि फुयाँल र सपना प्रधान मल्लको बारेमा पनि प्रश्न उठ्न सक्छ। फुयाँल पनि प्रधानमन्त्री केपी शर्मा ओलीको महान्यायाधिवक्ता भइसकेका व्यक्ति हुन्। मल्ल एमालेको तर्फबाट संविधान सभा सदस्य भएकी थिइन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसअघि संसद विघटनका मुद्दामा ११ न्यायाधीशको इजलास गठन भएर फैसला गरिएकाले यसपटक त्यसभन्दा धेरै हुनुपर्ने देखिन्छ। यसो हुँदा १३ वा सोभन्दा बढी न्यायाधीश रहेको इजशाल गठन हुने छ। उक्त इजलासमा रहने न्यायाधाशीहरूमा प्रधान न्यायाधीश राणा, दीपककुमार कार्की, मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुङ्गाना, शुष्मालता माथेमा, कुमार रेग्मी र मनोजकुमार शर्मा मध्येका हुनेछन्। 

१७ जनाको इजलास गठन भएमा ९ जनाको बहुमत अनुसार फैसला आउन सक्ने छ। त्यस्तै, १५ जनाको इजलास गठन भए ८ र १३ जनाको इजलास गठन भए ७ जनाको बहुमत अनुसार फैसला आउन सक्छ। न्यायाधीशहरूको पृष्ठभूमि हेर्दा जति ठूलो इजलास भयो, प्रतिनिधि सभा विघटन गर्ने कदमको विपक्षमा फैसला आउन सक्ने देखिन्छ। प्रधानमन्त्री ओलीले बृहत पूर्ण इजलासको पक्षमा बोल्नेहरूप्रति आक्रोश व्यक्त गरिरहनुमा यही सम्भावनासँग जोडेर हेर्न सकिन्छ।

प्रधानमन्त्री ओली प्रधानन्यायाधीश राणाको पूर्ण पकड रहेको संवैधानिक इजलासबाटै यो विषयको निरुपण होस् भन्ने चाहन्छन् भन्नलाई उनका अभिव्यक्ति काफी छन्। अदालतको सुरुवाती इजलास र सुनुवाइलाई उनले आफू अनकूल रहेको विश्लेषण गरेका पनि हुनसक्छन्। तर परिस्थिति अर्कैतिर गइरहेको उनलाई आभाष भएको छ।

प्रधानमन्त्री ओलीले एउटा बुझाइमा प्रतिनिधि सभा विघटन गरेको र अदालतमा मुद्दामाथि सुनुवाइ हुँदा अर्कै वातावरण बन्न थालेपछि उनमा चिडचिडाहट पैदा भएको हुनसक्ने कतिपय कानुन व्यवसायीको बुझाइ छ।

प्रधानमन्त्री आफैं मुद्दाको पक्ष भएकाले उनले यस विषयमा दिइरहेको अभिव्यक्ति गलत भएको बताउँछन्, सर्च्चोअदालतका पूर्वन्यायाधीश बलराम केसी। ‘संवैधानिक इजलासले नै सुनुवाइ गर्नुपर्छ भनेर राजनीतिक व्यक्तिले भन्न मिल्दैन,' उनले भने, ‘मुद्दाको पक्षले मुद्दाका बारेमा बोल्न पाउँदैन। अझै फैसला नै यस्तो हुन्छ भनेर सार्वजनिक कार्यक्रममा त भन्नै पाउँदैन।‘

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले कुन इजलासमा तोक्ने भन्ने कुरा सार्वजनिक भाषणको  विषय नभएको बताए। ‘संवैधानिक इजलास वा बृहत्त इजलास कहाँ सुनुवाइ गर्ने र कसलाई तोक्ने प्रधानन्यायाधीशको अधिकार हो,' उनले भने।

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  १५:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा... बिहीबार, असोज २९, २०८३
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु... बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्