• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जनगुनासो सुनाउने स्थायी प्रणाली राष्ट्रिय सभा पनि सरकारको तारो

64x64
डिबी खड्का आइतबार, पुस २६, २०७७  १९:४५
1140x725

काठमाडौं- ‘हामीले लामो संघर्षबाट ल्याएको प्रणाली र संविधानले व्यवस्था गरेअनुसार यसपटक स्थायी संसद्का रुपमा गरिमामय राष्ट्रियसभाको व्यवस्था रहेको छ। यसको विशेष महत्त्व पनि देखिएको छ,’ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रियसभामा सम्बोधन सुरु गर्ने क्रममा बोलेको अनुच्छेद हो यो। 

यस्तो बोलिरहँदा उनले नै ‘स्थायी संसद्’को संज्ञा दिएको राष्ट्रियसभा भने ‘अस्थायी’ भइसकेको थियो। त्यसको केही मिनेटअघि मात्रै मन्त्रिपरिषद् बैठकबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। आइतबार नै राष्ट्रपति राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरिसकेकी छन्।

राष्ट्रियसभामा बोल्दा प्रधानमन्त्री ओलीले यसको ‘विशेष महत्त्व’ देखिएको बताए। तर यथार्थमा उनलाई महत्त्वहीन लाग्यो र चार बैठक मात्रै बसेको राष्ट्रियसभाको हिउँदे अधिवेशनको अन्त्य गर्न सिफारिस गरे।

जनसवाल उठाउने, समसामयिक विषयमाथि बहस गर्ने र सरकारको ध्यानाकर्षण गर्न बाँकी रहेको अर्को विकल्प थियो राष्ट्रियसभा। त्यसलाई पनि बन्द गर्नुलाई स्वभाविक रुपमा लिन नसकिने पूर्वसभामुख दमननाथ ढुंगानाको भनाइ छ। ‘राष्ट्रियसभाको काम सीमित भएपनि जनताको आवाज मुखरित गर्ने राष्ट्रयस्तरको एउटा मात्रै सभा थियो। त्यसको पनि अन्त्य गरिनु कुनै हालतमा राम्रो मान्न सकिँदैन,’ नेपाल लाइभसँग ढुंगानाले भने। 

प्रतिनिधिसभा विघटनपछि सिर्जित राजनीतिक माहोलको क्रियाप्रतिक्रिया राष्ट्रियसभामा आउनु स्वभाविक हो। दलीय प्रतिनिधीत्व रहेको सभामा पक्ष-विपक्षमा कुरा उठ्नु पनि अस्वभाविक थिएन। पूर्वसभामुख ढुंगानाले भनेजस्तै आमजनका पीरमर्का र गुनासोसमेत उठिरहेका थिए। जुन सरकारको कानमा पर्ने आशा ती सवाल उठाउने राष्ट्रियसभा सदस्यको थियो। 

त्यहाँ प्रधानमन्त्रीको कदम चर्को आलोचना गर्ने नारायणकाजी श्रेष्ठ, बीचमा बस्न रुचाउने बामदेव गौतम, समर्थन गर्ने कोमल वलीमात्रै थिएनन्।

उनीहरु त्यहाँ पुग्ने भर्‍याङसँग अनुग्रहित हुनु र त्यहीअनुसार प्रस्तुत हुनुसँग जनता भलिभाँती जानकार नै छन्। 

तर, त्यहीँ सभामा पुगेका रामलखन चमारहरु थिए। जसलाई कुर्सी हत्याउन ‘व्यवस्था’मा भइरहने यस्ता बदलावसँग कुनै सरोकार थिएन। उनीहरुलाई सरोकार थियो त जनताको। यो चर्को राजनीतिक माहोलमा आलोचना वा समर्थन बिक्थ्यो। सुनिन्थ्यो। तर, उनले उखु किसानले पाइरहेका दुःखलाई राखे। राष्ट्रियसभाको गरिमा कायम राख्न योगदान समेत गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले उखु किसानको समस्या र समाधानको विकल्प राष्ट्रियसभामा राखेका थिए। उनको नसुनिएको भनाइ थियो, ‘आफ्नो भुक्तानी माग्न काठमाडौं आउँदा केही दिनअघि नारायण यादवको आन्दोलनको क्रममा मृत्यु भयो। उखु किसानको समस्या तत्काल जन्मिएको होइन। हाम्रो मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सँगसँगै त्यतिखेरको तत्कालीन सरकारले लुम्बिनी चिनी मिल र वीरगञ्ज चिनी मिललाई निजीकरण गर्‍यो। त्यसपछि यो समस्या उब्जियो। किसानको समस्या समाधान गर्ने विकल्प छ। ती सम्झौता रद्द गरेर किसानको हातमा उद्योग दिनुपर्छ।’

विमला घिमिरे र विमला राई पौडेलले राष्ट्रपतिविरुद्ध लागेका नारालाई जोड दिँदै महिलालाई हेरिने दृष्टिकोणमाथि आवाज उठाएका थिए।

उनीहरुको भनाइ थियो, ‘महिलाहरुको समेत आन्दोलनका कारण राज्यको पुनःसंरचना गर्‍यौं। सामन्तवादी चिन्तनको पुनःसंरचना भएनछ।’ कुन पुस्तक पढ्ने भनेर अन्योलमा रहेका कक्षा ११ र १२ का विद्यार्थीका आवाज रमेशजंग रायमाझीले त्यहीँ सुनाएका हुन्। 

जनसरोकारका विषयहरुले क्रमशः प्रवेश पाइरहेका बेला राष्ट्रियसभा बन्द गरेर प्रधानमन्त्री ओलीले आफूमाथि लागिरहेको ‘स्वेच्छाचारिता’को आरोपलाई पुष्टि गर्न खोजेको पूर्वसभामुख ओनसरी घर्तिको बुझाइ छ। उनले भनिन्, ‘प्रधानमन्त्रीले एकपछि अर्को गर्दै जनताको मुख थुन्ने काम गरिरहनुभएको छ।’  सडक र सदनमा सरकारको आलोचना बढ्दै गएपछि आलोचना सहन नसकेर राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको आरोप उनको छ। 

प्रधानमन्त्री ओलीले आफ्नो भनाइ अन्त्यमा पनि दोहोर्‍याए, ‘राष्ट्रियसभा स्थायी हो चल्छ।’ तर, उनले चल्न भने दिएनन्। सरकारमा भएको पार्टी विरोध र सडकमा हुँदा राष्ट्रियसभा अन्त्य हुनु ठिक नभएको पूर्वसभामुख ताराना रानाभाटको भनाइ छ। उनले भने, ‘राष्ट्रियसभामा बिजनेस नभएको अवस्थामा अन्त्य हुनु स्वभाविकै हो। तर, पार्टीभित्रको झगडामा अन्त्य हुनु ठिक भएन।’

प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री ओलीले चाहेर राष्ट्रियसभाको बैठक बोलाएको नभई बोलाउनैपर्ने संवैधानिक बाध्यताका कारण मात्र बोलाइएको उनको यो कदमले देखाएको छ।

प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्