काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू:
१) चार पूर्वप्रधानन्यायाधीशप्रति प्रधानमन्त्री ओलीको आक्रोश– कस्तो न्याय दिनुभयो होला ?, संसद विघटनको कदम असंवैधानिक भन्ने कानुनविदहरुको पनि आलोचना, संविधान राम्ररी पढेर मात्र बहस गर्न ओलीको आग्रह ।
२) राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य, पुस १७ गते अधिवेशन आह्वानदेखि हालसम्म राष्ट्रिय सभाका चार वटा बैठक ।
३) नेपाल राष्ट्र बैंकको नियमविपरीत बैंकहरुले धितो लिलाम गर्न थालेपछि ऋणीहरु मर्कामा, सबैभन्दा अगाडि एनआईसी एशिया, राष्ट्र बैंकले काट्यो १४ बैंकलाई पत्र ।
४) जकार्ताबाट उडेको केही छिनमै समुद्रमा हराएको यात्रुवाहक विमानको दुर्घटनाग्रस्त क्षेत्र पत्ता लागेको इन्डोनेशियाका अधिकारीहरुको भनाइ, विमान खोज्नका लागि जलसेनाका पौडीबाजसहित १० वटाभन्दा बढी पानीजहाज परिचालन ।
५) र, नेपालकी धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२१ मा जितिन स्वर्ण पदक, निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।