फाइल तस्बिर काठमाडौं- नेपालकी धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२१ मा स्वर्ण पदक जितेकी छिन्। पुष्पाले बंगबन्धु शेख मुजिब ढाका म्याराथनको दक्षिण एसियाली महिला विधामा भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।
निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गरिन्। यो विधामा भारतीय खेलाडीले रजत र कास्य पदक जिते। दोस्रो भएकी भारतीय खेलाडीले निर्धारित दूरी ३ घण्टा ५ मिनेटमा पूरा गरेकी थिइन्।
नेपाल एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङले पुष्पाले स्वर्ण जितेको जानकारी दिए। उनले भने, ‘उनलाई दुई महिनादेखि अभ्यासमा राखेका थियौं। कोरोनाले गर्दा निकै प्रभावित भएको थियो। तर पनि उनले छोटो तयारी मै स्वर्ण पदक जितिन्। यो हामी सबैको लागि गौरवको कुरा हो।’
पुष्पा १३औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक विजेता हुन्। त्यस्तै पुरुषतर्फ म्याराथन मै भएको प्रतियोगितामा भने किरणसिंह बोगटीले चौथो स्थानमा चिक्त बुझाएका छन्। १३औं सागमा स्वर्ण जितेका किरण दौडकै क्रममा खुट्टामा समस्या आएपछि चौथो बनेको मुख्य प्रशिक्षक गुरुङले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।