• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

लम्बोदरको मुद्दा दर्ता गर्न सरकारी वकिलको आनाकानी, 'डिरेल' हुने आशंका

64x64
नारायण अधिकारी शुक्रबार, पुस २४, २०७७  ११:००
1140x725

काठमाडौं- नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेमाथि गरिएको अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा थन्किएको एक साता बितिसक्यो। अनुसन्धान पूरा गरेर कारबाही सिफारिससहित पठाइएको फाइल एक सातासम्म दर्ता नहुनुलाई सामान्य रुपमा लिन नमिल्ने प्रहरी अधिकारीको विश्लेषण छ।

कलेजमा भएको ठगी र कीर्ते आरोप लागेका लम्बोदरविरुद्धको फाइल अहिलेसम्म भक्तपुर जिल्ला अदालतमा दर्ता नहुनुले मुद्दा नै 'डिरेल' हुने आशंका प्रहरीले गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाएको एक साता बितिसक्दासमेत मुद्दा दर्ता नभएपछि सिआइबीका अधिकारीले मुद्दा नै 'डिरेल' हुने आशंका व्यक्त गरेका हुन्।

मंसिर १० गते ललितपुरबाट पक्राउ परेका न्यौपानेमाथि इन्जिनियरिङ कलेजमा भएको ठगी र कीर्तेमा सिआइबीले अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर फाइल सरकारी वकिलमा यसअघि नै सिआइबीले बुझाएको थियो। त्यसबेला पनि सरकारी वकिल कार्यालयले अनुसन्धान पूरा नभएको भन्दै फाइल फिर्ता गरिदिएको थियो भने आरोपित लम्बोदरलाई हाजिरीजमानीमा छाड्न आदेश दिएको थियो। त्यसपछि लम्बोदर हिरासतमुक्त भएका थिए।

यो पनि पढ्नुहोस्

अख्तियारलाई ७८ लाख घुस दिने लम्बोदरको प्रहरीलाई करोड अफरशुक्रबार, पुस ३, २०७७

सरकारी वकिल कार्यालयले अनुसन्धानको विशिष्टीकृत निकाय सिआइबीले गरेको अनुसन्धान नै अपुरो भन्दै फिर्ता पठाउनु लम्बोदरको मुद्दामा भएको चलखेलको एउटा कडी भएको निष्कर्ष सिआइबीले निकालेको थियो। त्यसबेला सरकारी वकिल कार्यालयले पुनः अनुसन्धान, हाजिरीजमानीमा रिहालगायत निर्देशनात्मक ९ बुँदा लेखेर फाइल फिर्ता पठाइदिएको थियो।

लम्बोदरका क्रियाकलापमाथि अनुसन्धान गरिरहेका एक अधिकारी भन्छन्, ‘हामीले पहिला बुझाएको अनुसन्धानको फाइल पनि सरकारी वकिल कार्यालयले फिर्ता गरेको थियो। जुन जरुरी थिएन। केही कुरा नखुलेको वा अपुग भएको अवस्थामा प्रहरीले पछि पनि लेखेर पठाउन सकिने व्यवस्था छ। मुद्दा अदालत गएपछि थप अनुसन्धानबाट खुलेका विषय पेस गर्न सकिने अवस्था रहन्छ। जुन गरिँदै पनि आएको छ।’

जिल्ला सरकारी वकिलको कार्यालयले भने फाइल अध्ययनकै क्रममा रहेको जनाएको छ। ‘हामी प्रहरीले बुझाएको फाइल अध्ययनकै क्रममा छौं, कहिले दर्ता हुन्छ अहिले भन्न मिल्दैन,’ भक्तपुर जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख नवराज पराजुलीले भने। 

'डिरेल' हुनेमा प्रहरी आशंका
लम्बोदरले सोही कलेजमा भएको ठगी लुकाउन अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको काण्ड बाहिरिएको थियो। घुसकाण्डको अडियो बाहिरिएपछि अख्तियारसम्म उनले गरेको सेटिङ छरपस्ट भएको थियो। अडियो बाहिरिएपछि पक्राउ परेका लम्बोदर त्यसबेला धरौटी तिरेर रिहा भएका थिए।

मंसिर १० गते पक्राउ परेका लम्बोदरले अदालतमा पनि सेटिङ गरेको पाइएको थियो। फौजदारी अपराधमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउन कानुनी प्रावधान छ। पक्राउको १० दिनमै न्यायाधीशले लिखित रूपमै लम्बोदरको मुद्दामा म्याद थप गर्न नमिल्ने बताएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

हिरासतमा २५ दिनसम्म थुनामा राख्ने प्रावधान भएपछि १० दिनमै न्यायाधीशले लिखित रूपमै  म्याद थप गर्न नमिल्ने भन्नुले लम्बोदरले शक्तिकेन्द्रमार्फत् मुद्दा कमजोर बनाउन दबाब दिएको प्रहरीको विश्लेषण थियो। अहिले फाइल बुझाएको एक हप्तासम्म पनि मुद्दा दर्ता नहुनुले मुद्दा नै डिरेल हुनसक्ने भन्दै प्रहरीले आशंका गरेका छन्।

यो पनि पढ्नुहोस्

सेटिङमै रिहा भए अख्तियारलाई ७८ लाख घुस दिने लम्बोदरसोमबार, पुस ६, २०७७

‘त्यो फाइल अध्ययन गर्न सात-सात दिन लाग्छ जस्तो हामीलाई लाग्दैन। दफा मिल्यो कि मिलेन? विषय के रहेछ, आरोप के रहेछ? भनेर सरसर्ती अध्ययन गर्ने हो,’ एक प्रहरी अधिकारी भन्छन्, ‘सरकारी वकिलको आशय चाहिँ यसलाई डिरेल गर्ने खालको देखिएको हाम्रो विश्लेषण छ। अहिलेको घटनाक्रमले त्यो पुष्टि पनि गर्छ।’

मुद्दा बुझाएपछि दुई पटक म्याद थप
यति मात्र होइन, यो विषयमा अझ रोचक विषय पनि छ। जतिसक्दो छिटो अनुसन्धान सकेर मुद्दा पेस गराउने आशयसहित न्यायाधीशले लम्बोदर पक्राउ परेको १० दिनमै म्याद थप नहुने बताएका थिए। तर न्यायाधीशले भनेजस्तो भएन। झन्डै २५ दिनसम्म हिरासतमा राखेर लम्बोदरमाथि अनुसन्धान भयो। त्यसपछि मात्र सरकारी वकिलसमक्ष फाइल पेस भयो। सरकारी वकिल कार्यालयले अनुसन्धान नै अपूरो भएको भन्दै पुनः अनुसन्धान गर्नुपर्ने र लम्बोदरलाई हाजिरीजमानीमा छाड्नुपर्ने आदेश दिएका थिए। 

शुक्रबार पुनः पक्राउ परेका लम्बोदर एक सातादेखि हिरासतमै रहँदा पनि सरकारी वकिल कार्यालय भने मुद्दा दर्ता गराइहाल्ने सुरसारमा छैन। सरकारी वकिलको कार्यालयमै फाइल रहेकाले उनलाई तत्काल छाड्न सक्ने अवस्था छैन। लम्बोदरमाथि दुई पटक म्याद थप भइसक्दा पनि अहिलेसम्म सरकारी वकिल कार्यालयले मुद्दा दर्ता नगर्नु रहस्यमय बनेको छ। यसले आशंका गर्ने ठाउँ देखिएको प्रहरी अधिकारी बताउँछन्।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस्

राजनारायण पाठकलाई ७८ लाख घुस दिने लम्बोदरलाई थप ७ दिन थुनामा राख्न आदेशशुक्रबार, मंसिर १२, २०७७

पहिला 'लम्बोदर जतिसक्दो कम हिरासतमा रहुन्' भनेर हाजिरीजमानीमा छाड्न आदेश दिने सरकारी वकिल कार्यालय अहिले मुद्दा दर्ता ढिलो गरेर लम्बोदरलाई हिरासतमै अझै केही दिन राख्ने उद्देश्यमा लाग्नुले लम्बोदरलाई उन्मुक्ति दिने चलखेल भएको विश्लेषण प्रहरीको छ। ‘मुद्दा दर्ताका लागि यति लामो समय लाग्नु नपर्ने हो। आफू अनकुलको समय र न्यायाधीश पारेर मुद्दा दर्ताको तयारी भएको हुन सक्छ,’ सिआइबीका एक अधिकारी भन्छन्।

कलेजको गाडी व्यक्तिको नाममा, कीर्ते गरेर २३ करोड ठगी
नेपाल इन्जिनियरिङ कलेजको दुई पटकसम्म कार्यकारी अध्यक्ष भएका लम्बोदरले कलेजकै गाडी आफ्नो नाममा ल्याउनेदेखि २३ करोडभन्दा बढी घाटा लगाएको अनुसन्धानबाट खुलेको छ। उक्त ठगीमा न्यौपानेसहित ललितपुरका ६१ वर्षीय सूर्यबहादुर केसी, ललितपुर जावलाखेलकै ८३ वर्षीय रामरत्न उपाध्याय, काठमाडौं विशालनगरका ६७ वर्षीय उपेन्द्र गौतम, काठमाडौं बालुवाटारका ७३ वर्षीय दबराज भट्टराईसमेत जोडिएका छन्। केसीको कात्तिक १७ गते निधन भइसकेको छ। 

यो पनि पढ्नुहोस्

अख्तियारका तत्कालीन आयुक्त पाठकलाई ७८ लाख घुस दिने लम्बोदर न्यौपाने पक्राउबुधबार, मंसिर १०, २०७७

उक्त ठगीमा ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ तथ्यगत बिगो कायम गरिएको थियो। लेखापरीक्षणबाट भने २३ करोड १० लाख २३ हजार ४४३ बेरुजु रहेको पाइएको थियो। न्यौपानेविरुद्ध मात्रै ३ करोड ७१ लाख ५३ हजार ५६० रुपैयाँ बिगो कायम गरिएको थियो। कलेजको रकमबाटै किनेको ४९ लाख ५६ हजार रुपैयाँ बराबरको गाडी समेत न्यौपानेले आफ्नो नाममा दर्ता गरी चलाएको पाइएको छ। 

त्यस्तै, कलेजका लेटरप्याड र छाप दुरुपयोग गरी खर्च नै नभएको सचिवालयको खर्चको बहानामा ५७ लाख ५० हजार रकम झिकेर ठगी गरेको अनुसन्धानबाट खुलेको थियो। लम्बोदरले काल्पनिक शीर्षक बनाई सादा कागजमा हस्ताक्षर गरी बिल भर्पाई नचाहिने गरी आफ्नो कार्यकालयको विभिन्न मितिको रकम झिकी ठगी गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  ११:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्