• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

अख्तियारलाई ७८ लाख घुस दिने लम्बोदरको प्रहरीलाई करोड अफर

अख्तियारदेखि अदालतसम्म सेटिङ
64x64
नारायण अधिकारी शुक्रबार, पुस ३, २०७७  १७:१२
1140x725

काठमाडौं- नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को हिरासतमा छन्। मंसिर १० गते ललितपुरबाट पक्राउ परेका न्यौपानेमाथि सिआइबीले ठगी र कीर्तेमा अनुसन्धान गरिरहेको छ।

अनुसन्धानका क्रममा उनले अख्तियारदेखि अदालतसम्म सेटिङ मिलाएको पाइएको छ। काठमाडौंमै रहेर अस्ट्रेलियामा रहेको भन्दै प्रहरीलाई झुक्याएका उनी अन्ततः पक्राउ पर्न सफल भएका छन्। उनी पक्राउको कारण भने रोचक छ।

अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको काण्डमा पक्राउ परेर धरौटीमा छुटेको केही समयपछि लम्बोदर फरार भएका थिए। उनीविरुद्ध इन्जिनियरिङ कलेज महानगरीय प्रहरी परिसर भक्तपुरमा ठगीको उजुरी दिएको थियो।

लम्बोदरको परिवार नै अस्ट्रेलियामा बस्छ। उनी पनि फरार भएर अस्ट्रेलिया पुगेको हुनसक्ने प्रहरीले आशंका गरेको थियो। प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो, ‘उनले प्रयोग गर्ने भाइबर नम्बर हामीले पत्ता लगाएको थियौं। जहाँ अस्ट्रेलियाकै नम्बरमा सञ्चालित थियो।’

यति भएपछि प्रहरी पनि लम्बोदर अस्ट्रेलियामै रहेको भन्नेमा ढुक्क थियो। प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा रहेका लम्बोदर पछिल्लो समय भने प्रहरीसँगै नजिक हुन थालेका थिए। स्रोतले भन्यो, ‘उनको मुद्दा सिआइबीले हेरेको भन्ने लम्बोदर थाहा पाएपछि उनी आफैं प्रहरीसँग नजिक भएका थिए।’

सिआइबीको खोजी सूचीमा रहेको र सिआइबीले मुद्दा चलाउने जानकारी पाएपछि उनले उक्त मुद्दा ढिसमिस पार्न अख्तियारकै जस्तो आफ्नो पुरानो शैली अपनाएका थिए।

‘अख्तियारलाई ७८ लाख घुस दिएर ढिसमिस पार्ने प्रयास जस्तै प्रहरी समेत एक करोडको अफर लम्बोदरले गरेका थिए,’ स्रोतले नेपाल लाइभसँग भन्यो, ‘सोही च्यानल प्रयोग गर्दै हामीले उनलाई पक्राउ गर्न सफल भयौं।’ एक करोड दिएर उम्कन खोजेका लम्बोदर अन्ततः प्रहरी हिरासतमा पुगेका छन्।

सम्पत्ति शुद्धीकरण पनि अनुसन्धान गर्दै
पक्राउ परेका लम्बोदरविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गरिरहेको छ। उनले अकुत सम्पत्ति कमाएको उजुरी सम्पत्ति शुद्धीकरण विभागमा छ। सोही मुद्दाको अनुसन्धान विभागले पनि गरिरहेको स्रोतले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सिआइबीको हिरासतमा रहेका लम्बोदरलाई विभागले पनि बयानका लागि पटकपटक लगेको छ। शुक्रबार पनि उनलाई बयानका लागि विभागको कार्यालय ललितपुर लगेको छ। उनको सम्पत्तिको स्रोत र उनले कमाएको सम्पत्तिको विवरणबारे विभागले अध्ययन गरिरहेको छ। विभाग स्रोतले भन्यो, ‘उनको आम्दानीको स्रोत र उनले आर्जन गरेको सम्पत्तिबारे अनुसन्धान भइरहेको छ। उनले बयानमा भनेअनुसार आम्दानी र सम्पत्तिको विवरण मेल खाँदैन।’

यो पनि पढ्नुहोस्

राजनारायण पाठकलाई ७८ लाख घुस दिने लम्बोदरलाई थप ७ दिन थुनामा राख्न आदेशशुक्रबार, मंसिर १२, २०७७

अख्तियारदेखि अदालतसम्म सेटिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको काण्ड बाहिरिएपछि उनको अख्तियारको सेटिङबारे सार्वजनिक भएको थियो। त्यसबेला घुस आरोपमा पक्राउ परेका न्यौपाने सेटिङमै ७८ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए।

अहिले पक्राउ परेपछि उनको अदालतसम्मको सेटिङ बाहिरिएको छ। पक्राउ परेका न्यौपानेविरुद्ध भक्तपुर जिल्ला अदालतमा म्याद थप गरिएको थियो। २५ दिनसम्म थुनामा राखेर कारबाही गर्न पाउने कानूनी प्रावधान भएपछि जतिसक्दो छिटो अनुसन्धान नै गर्न नदिई कमजोर बनाएर मुद्दा पेस गर्ने उदेश्यले न्यौपानेले अदालतसम्म सेटिङ गर्न भ्याएका थिए। सिआइबीका एक अधिकारी भन्छन्, ‘अदालतले म्याद समेत थप गर्न नमान्ने अवस्था आएको थियो। कतिसम्म की न्यायाधीशले लिखित रुपमै अब म्याद थप गर्न सकिँदैन भनेका थिए।’

ती अधिकारी भन्छन्, ‘न्यायाधीशले मौखिक रुपमा छिटो अनुसन्धान सक्नु भन्नु सामान्य नै हो। हिरातसमा रहेको हप्ता, १० दिनमै लिखित रुपमा म्याद थप गर्न सकिँदैन भन्नुले प्रश्न गर्ने ठाउँ उठाएको छ। अहिलेसम्म न्यायाधीशले लिखित रुपमा म्याद थप गर्न मिल्दैन भनेका थिएनन्।’

Xtrem

Xtrem

यसबाट भक्तपुर जिल्ला अदालतमा उनको सेटिङबाट प्रष्ट हुन्छ। पछि उनै न्यौपानेले सर्वोच्च अदालतमा समेत बन्दीप्रत्यक्षीकरणको उजुरी हालेका थिए। सर्वोच्चले समेत सिआइबीसँग उनको मुद्दाको फाइल जवाफसहित उपस्थित हुन आदेश गरेको थियो।

‘बन्दीको रिट परेपछि जवाफ माग्नु स्वभाविक हो। तर मुद्दाको फाइल नै माग्नुलाई पनि सामान्य रुपमा लिन मिल्दैन,’ स्रोत भन्छ। सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाले बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएका थिए।

फेरि उत्प्रेषण!
बन्दीको रिट खारेज भएर न्यौपानेमाथि अनुसन्धान गर्ने बाटो खुले पनि फेरि उत्प्रेषणको रिट लम्बोदरले हालेका छन्। उनले उत्प्रेषणको आदेशद्वारा यो मुद्दा नै खारेज गरी पाउँ भनेर सर्वोच्चमा रिट दायर गरेका छन्। 

बिहीबार मात्रै सर्वोच्चले सिआइबीलाई पत्र पठाउँदै १५ दिनभित्र जवाफ पठाउन आदेश दिएको सिआइबीका प्रवक्ता एसपी बेल पाण्डेले बताए। उत्प्रेषणमार्फत सर्वोच्चले न्यौपानेवरुद्धको मुद्दाको फाइल बन्द गराउनेसम्मको आदेश गर्न सक्छ। यद्यपि प्रहरीले न्यौपाने विरुद्धको अनुसन्धान भने अन्तिम चरणमा पुगेको जनाएको छ।

यसरी गरेका थिए लम्बोदरले ठगी
नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणको आर्थिक कारोबार हिनामिना गरी ठगी गरेको आरोप न्यौपानेमाथि छ। न्यौपाने उक्त कलेजमा दुई पटक कार्यकारी अध्यक्ष भएका व्यक्ति हुन्। उनको पहिलो कार्यकाल २०५६ असार १८ गतेदेखि २०५७ मंसिर ७ गतेसम्म थियो। दोस्रो कार्यकाल भने २०७० मंसिर २३ गतेदेखि २०७५ असोज १५ गतेसम्म थियो। 

रामेछापको मन्थली नगरपालिका–८ घर भएका न्यौपानेसहित ललितुरका ६१ वर्षीय सूर्यबहादुर केसी, ललितपुर जावलाखेलकै ८३ वर्षीय रामरत्न उपाध्याय, काठमाडौं विशालनगरका ६७ वर्षीय उपेन्द्र गौतम, काठमाडौं बालुवाटारका ७३ वर्षीय दबराज भट्टराईले कलेजको करोडौँ रुपैयाँ हिनामिना गरेका थिए। 
उक्त ठगीमा ८ करोड २१ लाख ५३ हजार ६५० तथ्यगत बिगो कायम गरिएको थियो। लेखापरीक्षणबाट भने २३ करोड १० लाख २३ हजार ४४३ बेरुजु रहेको पाइएको थियो। न्यौपानेविरुद्ध मात्रै ३ करोड ७१ लाख ५३ हजार ५६० रुपैयाँ बिगो कायम गरिएको थियो। 

यो पनि पढ्नुहोस्

अख्तियारका तत्कालीन आयुक्त पाठकलाई ७८ लाख घुस दिने लम्बोदर न्यौपाने पक्राउबुधबार, मंसिर १०, २०७७

कलेज २०५१ सालमा ७ जना सञ्चालक रही मुनाफारहित उदेश्यले स्थापना भएको थियो। पछि कलेजका सञ्चालकले नै ठगी गरेको हुँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरी पुरानो सञ्चालक समिति गत वर्षको मंसिर २३ गते खारेज गरेको थियो। 

त्यसपछि चाँगुनारायण नगरपालिकाका मेयरको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरिएको थियो। २०७३ फागुन २० गते सञ्चालक समितिको बैठकले बिल भर्पाई पेस गर्न नपर्ने गरी जनही १ करोड ५० लाख रकम लिएर ठगी गरेका थिए। 

कलेजको रकमबाटै किनेको ४९ लाख ५६ हजार रुपैयाँ बराबरको गाडी समेत न्यौपानेले आफ्नो नाममा दर्ता गरी चलाएका थिए।

त्यस्तै कलेजका लेटरप्याड र छाप दुरुपयोग गरी खर्च नै नभएको सचिवालयको खर्चको बहानामा ५७ लाख ५० हजार रकम झिकेर ठगी गरेको अनुसन्धानबाट खुलेको थियो। न्यौपानेले काल्पनिक शिर्षक बनाई सादा कागजमा हस्ताक्षर गरी बिल भर्पाई नचाहिने गरी आफ्नो कार्यकालयको विभिन्न मितिको रकम झिकी ठगी गरेका थिए। 

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  १७:१२
  • #अख्तियार
  • #लम्बोदर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्