complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेम्वाङलाई ‘विदुर’ बन्ने अवसर

64x64
डिबी खड्का बुधबार, पुस २२, २०७७  २०:५४
1140x725

प्रतिनिधिसभा विघटनका विषयमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले के भन्लान्? धेरैले उत्तरको अपेक्षा गरिहरका छन्। कतिले बोल्न उक्साए र उक्साइरहेका छन्। तर, नेम्वाङ यस विषयमा ताजा प्रतिक्रिया दिने मुडमा छैनन्। बरु उनको ‘बासी’ प्रतिक्रियाको भिडियो आइपुगेको छ। 

त्यो प्रतिक्रियाले संविधानको भावना बोक्छ। किनभने कुनै दबाब नभएको र कित्तामा नरहेको समयमा हरेकले सत्य बोल्छ। नेम्वाङलाई त्यो समय संविधानको मर्मबाट यताउति हुनुपर्ने कुनै कारण थिएन। त्यसैले उनी ठीक ठाउँमा थिए। सत्य बोलेका थिए भन्ने मान्न सकिन्छ।

सजिलै, सहजै र सरल भाषामा नबोल्ने नेम्वाङ एकदिन घुमाउरो बाटोबाटै भएपनि सत्यको मार्गमा पुग्लान्? पुग्न सक्छन्। तर, उनले परिस्थितिले ‘गलत’ ठाउँमा उभ्याएपनि ‘सत्य’बाट नभाग्ने व्यक्तित्व बनाउने सुवर्ण अवसर गुमाउनै लागेको देखिन थालेको छ। सँगै लामो संघर्षबाट आर्जेको समन्वयकारी, विज्ञ र सर्वस्वीकार्य व्यक्तित्वको छवि क्षय हुनबाट जोगिन थोरै ठाउँ बाँकी छ।

प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने उनको पूर्व बुझाइका विषयमा नेपाल लाइभलाई दिएको ताजा प्रतिक्रियाबाट उनी ‘चुप’ बस्ने रणनीतिमा रहेको पुष्टि हुन्छ। उनको प्रतिक्रिया छ, ‘सर्वोच्च अदालतले फैसला गरेको साँझ वा भोलिपल्ट सोध्नुस्, म आफूलाई लागेको कुरा बोल्छु। अहिले बोल्दा राम्रो हुँदैन।’

यहाँनेर ‘महाभारत’मा विदुरको एउटा भनाइ सान्दर्भिक हुन्छ– उत्तर जानेर पनि नबोल्नु आधा झुठ हो। ठीक उत्तर नदिनु पूरा झुठ हो।

महाभारतका विदुर सत्यका बिम्ब मानिन्छन्। ध्रुवीकरण हुँदा उनी गलत (कौरव)को कित्तामा पुगे। त्यसका पछाडि अनेक कारण छन्, बाध्यता छन् र तर्क पनि छन्। तर, गलत ठाउँमा रहँदा पनि सत्य बताउन छाडेनन्। शारीरिक रुपमा मात्रै होइन, पुत्रप्रेम, शक्ति र सत्ताको लोभले समेत दृष्टिविहीन बनिरहेका धृतराष्ट्रलाई ‘सही मार्ग यो हो’ भन्न छाडेनन्। उनको मार्गमा त्यो समय धृतराष्ट्र र कौरव त हिँडेनन्। तर, अहिले पूरा दुनियाँ विदुरको बाटो पछ्याउँछ। कौरवले कदर नगरेको ‘विदुर नीति’लाई इतिहासले कदर गरेको छ। 

त्यो समय ‘धर्म’ र ‘सत्य’को बाटो सही मानिन्थ्यो। के धर्म र के अधर्म? के सत्य र के असत्य छुट्याइन्थ्यो। अहिले धर्म ‘कानुन’मा र सत्य ‘न्याय’मा परिणत भएको छ। बाँकी पात्र र प्रवृत्ति उस्तै छन्, महाभारतमा भनिए जस्तै। त्यहाँ भनिएको छ, ‘यदिहास्ति तदन्यत्र यन्नेहास्ति न तत् क्वचित् (जुन कुरा यहाँ छ त्यही कुरा नै अन्यत्र छ, जुन कुरा यहाँ छैन, त्यो कुरा कहीँ पनि छैन।’

त्यो बेला धर्मात्मा भनेजस्तै यतिबेला ‘कानुनविज्ञ’ होलान्। नेम्वाङ पनि ‘कानुनविज्ञ’ हुन्। राजनीतिज्ञ त भइहाले। यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली संविधान (धर्म)अनुसार चलेको र नचलेको विषयमा व्यापक बहस भइरहेको छ। यस्तो बेला नेम्वाङ महाभारतको सभापर्व अन्तरर्गतको द्युत उपपर्वका ‘धर्मात्मा दर्शक’ जस्तै बनिरहेका छन्। उनलाई अझै अवसर छ, सत्य भनेर विदुर बन्ने। 

Ncell 2
Ncell 2
nimb
nimb

नेम्वाङ परिस्थितिले असंवैधानिक रुपमा प्रतिनिधी सभा भंग गर्ने प्रधानमन्त्री ओलीको कित्तामा छन्। महाभारतमा विदुरले सत्यसँग पक्षधरताको कुनै साइनो नभएको प्रमाणित गरेका छन्। पक्षधरतासँग अनेक कुरा जोडिन्छन्। अनेक बाध्यता हुन्छन्। त्यसैले नेम्वाङको ‘वाक्य बसेको’ यो समयमा महाभारतमा धृतराष्ट्रकै पक्षमा रहेर पनि सत्यको बाटो हिँडिरहेका विदुर सम्झनामा आएका हुन्। 

बाटो हिँड्दा हिँड्दै अलमलिनुलाई पनि स्वभाविक रुपमा लिइन्छ। सत्यको बाटो नछाडेका तर अलमलिरहेका विदुरलाई एक ठाउँमा द्रौपदीले प्रश्न गरेकी छिन्– तपाईं त सत्य बोल्नका लागि प्रसिद्ध हुनुहुन्छ, किन चुप? संविधान सभा अध्यक्ष मात्रै होइन, कानुनका विज्ञ नेम्वाङलाई ‘घाइते संविधान’ यही प्रश्न लिएर आएको छ। 

नेम्वाङले नेपाल लाइभलाई दिएको प्रतिक्रियामा ‘अदालतमा विचाराधीन मुद्दामा बोल्न नमिल्ने’ बताएका छन्। पन्छिनका लागि यो प्राविधिक पक्षको सहायता लिनुले ‘कहिल्यै पूर्व नहुने’ संविधान सभा अध्यक्षको निरीहता दर्शाउँछ। 

यतिबेला बुझ्न जरुरी छ, पूर्व नहुने संविधान सभा अध्यक्ष बन्ने अवसर नेम्वाङलाई शक्तिको छायाँमा लुटपुटिने स्वभावले दिएको होइन। सही कुरालाई पक्डेर अरुलाई पनि त्यहीँ ल्याइपुर्‍याउने समन्वयकारी क्षमताले दिएको हो। निर्वाचित जुनसुकै पार्टीबाट भएपनि, नेता जुनसुकै दलको भएपनि देशको संविधान बनाउने कार्यको अगुवाई गर्ने काम ‘सर्वसम्मत’ रुपमा सुम्पिनुको अर्थ बुझाउनु पर्ने अवस्थामा नेम्वाङ आइपुग्नु नै अनर्थ हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अवस्था हेर्दा ती सर्वदलीय स्वीकार्यता प्राप्त व्यक्ति आज एउटा पार्टी होइन, गुटको बनिरहेका छन्। जुन उनी आफैंले बनाएको संविधानका लागि दुर्भाग्य बनिरहेको छ। संविधान बनाउने व्यक्ति संविधानको मर्म मात्रै होइन, आफ्नै बुझाइ र व्याख्याबाट भाग्नु भन्दा ठूलो दुर्भाग्य अर्को के हुन सक्छ? 

फेरि पनि नेम्वाङले बुझ्नुपर्छ, पक्षधरता नै खराबी होइन । कुनै पक्षमा रहनुनपर्ने बाध्यतामा पनि आफूलाई ‘सत्य’ र ‘धर्म’कै बाटोमा हिँडाउनेहरु ‘विदुर’ बन्छन्। त्यही कसीमा यतिबेला सुवास नेम्वाङ छन्। प्रश्न उनी कहाँ छन् हुँदै होइन, प्रश्न यो हो– संविधान निर्माता संविधानकै मार्गमा हिँड्न सक्छन् कि सक्दैनन्? 

हामीलाई उनले सर्वोच्च अदालतले फैसला गरेको साँझ वा भोलिपल्ट सोध्नु भनेका छन्। आफूलाई लागेको कुरा बोल्छु भनेका छन्। तर, त्यही महाभारतको उही ‘द्युत उपपर्व’मा दुर्योधनले गरेको जस्तै प्रश्न त्यो बेला संविधानका दुर्योधनले गर्नेछन्। भन्नेछन्, ‘द्रौपदीलाई दाउमा लगाउनुअघि राजघरानाकी लज्जा हो भन्ने किन सोचिएन? दाउमा लगाइरहेका बेला किन सवै चुप? जब मैले जितें, तब किन यस्ता प्रश्न?’

अदालतको फैसलापछि नेम्वाङसँग हुने सम्वाद द्रौपदीलाई दुर्योधनले जितिसकेपछि धर्मात्माले गरेको ‘मर्यादा र धर्म’को वहश जस्तै हुनेछ। अर्थहीन। जफावविहीन। त्यहाँ सवथोक भएपनि द्रौपदीको वस्त्रहरण हुन पाएन, कृष्णले जोगाए। अदालततर्फ आँखा छ। कृष्ण बन्ने भरोसा छ। 

प्रधानमन्त्रीको कदमलाई अदालतले सही ठहर्‍याउला। त्यो दिन नेम्वाङको व्याख्याले हार्नेछ। अदालतले प्रतिनिधी सभा पुनःस्थापित गर्ला, त्यो दिन नेम्वाङको मौनताले हार्नेछ। नेम्वाङको व्यक्तित्व र छविको मुद्दा हालसम्म जनताको इजलासमा विचाराधीन छ। अदालतबाट फैसला आएको दिन त्यसको पनि जनताले फैसला गर्नेछन्। त्यो समय डा कृष्णहरि बास्कोटाको गजल उनका लागि सान्दर्भिक हुनेछ:

कति बोलेर पछुताउँछन्, म नबोलेर पछुताएँ।
खोल्नैपर्ने मनका कुरा नखोलेर पछुताएँ।।

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  २०:५४
  • #संसद
  • #नेकपा
  • #subash
  • #nemwang
  • #संविधान

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्