काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) न्यायाधीश हरिकृष्ण कार्कीद्वारा आफूलाई संवैधानिक इजलासबाट अलग गराएको घोषणा, प्रतिनिधिसभा विघटनका मुद्दामा सुनुवाइ गर्न नयाँ संवैधानिक इजलास गठन हुने, मुद्दाको सुनुवाइ अब पुस २९ गते ।
२) एकातिर चुनावी खर्चको दबाब, अर्कोतिर सांसदको ’खल्तीका सडक’को दायित्व ११ अर्ब, चैतभित्रै भुक्तानी दिनुपर्ने अवस्थामा अर्थ मन्त्रालय, विनियोजित पुँजीगत खर्च जम्मा १२ प्रतिशत खर्च ।
३) प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको भनेर आफूले बोलेको संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्वीकारोक्ति, तर त्यसलाई अहिले जोडेर हेर्न नमिल्ने तर्क ।
४) जर्जियामा अमेरिकी सिनेटको २ सिटका लागि भएको निर्वाचनको मतपरिणाम आउन सुरु, दुवै सिटमा डेमोक्रेटिक उम्मेदवारको अग्रता, परिणामले सिनेटको बहुमत निर्धारण गरेर अमेरिकाको परिदृश्य परिवर्तन गर्नसक्ने ।
५) र, महेन्द्रनगरको भलिबल प्रशिक्षण केन्द्रद्वारा तल्लो तहदेखि नै भलिबलको विकास गर्न २४ खेलाडीलाई ‘ट्यालेन्ट हन्ट’बाट छान्यो, ४ दिन लगाएर समान १२–१२ महिला पुरुष खेलाडी छनोट ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।