काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) प्रतिनिधिसभा विघटन भए पनि सांसदले ६ अर्ब ६० करोड रूपैयाँ कार्यकर्ता पोस्न खर्चने, विघटनपछि सांसदको भूमिका सकियो तर राज्य कोषको रूपैयाँ मनमौजी खर्च गर्ने अधिकार उनीहरुलाई नै ।
२) प्रधानमन्त्री ओली सच्चिने व्यक्ति नभएको नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव नेपालको दाबी, गणतन्त्र र संघीयताविरोधी मान्छे नै अध्यक्षको पदमा आसीन हुँदा आफूहरु धुरु धुरु रोएको स्मरण ।
३) बिमा कम्पनीहरुद्वारा २० हजार ७७५ जनालाई कोरोना बिमाको दाबी भुक्तानी, कोरोना बिमा दाबी २ अर्ब नाघ्यो, अझै २१ हजार जनाको भुक्तानी पाइपलाइनमा ।
४) चिनियाँ अर्बपति एवं अलीबाबाका संस्थापक ज्याक मा २ महिनायता सार्वजनिक रुपमा देखा नपरेपछि विभिन्न अड्कलबाजी सुरु, अक्टुबरको सरकारविरोधी भाषणका कारण नियामक निकायहरुको निशानामा माको कारोबार ।
५) र, पल्सर स्पोर्ट्स अवार्ड : चार विधाको मनोनयन सार्वजनिक, २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडीलाई मनोनित ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।