काठमाडौं–शिखर इन्स्योरेन्स कम्पनीले हकप्रदबाट कायम शेयरधनीहरुलाई समेत लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीले हकप्रदपछि कायम चुक्ता पुँजी एक अर्ब ३७ करोड रुपैयाँको २९.२३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
कम्पनीले उक्त पुँजीको २७.७६९ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.४६२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो।
हकप्रद निष्काशन अगाडि कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ थियो। हकप्रद शेयर निष्काशनसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब ३७ करोड रुपैयाँ पुगेको हो। प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ। बिमा समितिले आवश्यक स्वीकृति प्रदान गरेपछि कम्पनीले आगामी वार्षिक साधारणसभामा पेश गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।