• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री ओली : दैनिकजसो भाषण, भाषणैपिच्छे गाली

64x64
किशोर दहाल मंगलबार, पुस २१, २०७७  ००:३१
1140x725

काठमाडौं- आइतबार अनेरास्ववियुको केन्द्रीय कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई कार्की ब्यांक्वेटमा सम्बोधन गर्दै काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई सुझाव दिए- 'कुनै पनि आधारमा कसैलाई हेप्ने, होच्याउने, अपमान गर्ने खालको सोचहरु अनेरास्ववियुले राख्नुहुँदैन।'

विद्यार्थीहरुलाई यी र यस्ता नैतिक शिक्षा दिएका उनैले आफ्नो करिब ५० मिनेटको भाषणमा भने आफ्नै सहयोद्धाहरुप्रति राजनीतिक र अराजनीतिक टिप्पणी गरे। पार्टीबाट अलग भएका पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालप्रति कटाक्ष गर्दै उनले भने- 'तपाईंहरु सहिद भएको भए श्रद्धाञ्जली दिनुहुन्थ्यो। तर सहिद त होइन। अब तपाईंहरुलाई कार्यक्रमहरुमा स्मरण गर्नुपर्ने पनि आवश्यकता छैन।'

ओलीको बोलीले उनको स्तर प्रष्ट पारेको नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसाल बताउँछन्। ओलीको जस्तो आरोपमा नेपाली कम्युनिस्ट नेताहरु यसअघि कहिल्यै नउत्रिएको उनको भनाइ छ।

पुस ५ मा प्रतिनिधि सभालाई विघटन गरेपछि ओलीको व्यस्तता बढेको छ। यसअघि प्रधानमन्त्री निवास बालुवाटारबाट खासै बाहिर ननिस्कने उनी केही दिनयता भने भाषणकै लागि प्रज्ञा प्रतिष्ठानदेखि कार्की ब्यांक्वेटसम्म पुगिरहेका छन्। जुम मिटिङबाट देश-देशावरसम्म आफ्नो कुरा पुर्‍याउन पनि भ्याइरहेका छन्।

प्रतिनिधि सभा विघटनपछि उनको महत्त्वपूर्ण समय र उर्जा आफ्नै सहयोद्धाहरुलाई गाली गर्ने, अपमानित गर्ने, होच्याउने, गिज्याउने, आरोप लगाउने जस्ता काममा खर्च भइरहेको छ। उनको आरोपको केन्द्रमा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायत सो पक्षका केही नेताहरु, सभामुख अग्नि सापकोटाका साथै सञ्चार माध्यमहरु छन्। फरकफरक कार्यक्रममा गएर फरकफरक शब्दशैली प्रयोग गर्दै उनी उही आरोपको पुनरावृत्ति गरिरहेका छन्।

ओली भाषणहरु पछ्याउने जो कसैले सहजै परख गर्न सक्छ कि उनी आफ्ना कुरा भन्नलाई होइन, अरुलाई होच्याएर आफ्नो उचाइ बढाउन कार्यक्रमहरुमा सहभागी हुन्छन्। अरुलाई अपमान गरेपछि आफ्नो छवि माथि उठ्छ भन्ने उनको सोचाइ देखिन्छ।

नेपालका कम्युनिस्ट नेताहरुले एकअर्काप्रति गर्ने आलोचना र आरोपको इतिहास नयाँ होइन। तर, त्यस्ता आरोप धेरथोर सैद्धान्तिक हुने गरेको विगत देखिन्छ। वा, सिद्धान्तको लेप लगाइएको हुन्छ। तर, ओली अपवाद हुन्। उनी भने अपमानजनक गाली गर्छन् र स्रोता हँसाउँछन्।

ओलीसँग सैद्धान्तिक र वैचारिक कुरै नभएकाले यस्तो भएको बताउँछन्, विश्लेषक हरि रोका। ‘ओलीले लामो समयदेखि सैद्धान्तिक, वैचारिक वा राजनीतिक कुरै गर्न छाडेका थिए। उनी तथ्य केन्द्रित भएर कहिल्यै बोलेन्’, उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

सहयोद्धाकै छवि क्षय गराउने प्रयास
आन्तरिक बहस, विचारमा अन्तरविरोध, निर्णय कार्यान्वयनको सवालमा देखिएको मतभेद जस्ता कारणले पार्टी विभाजन नभएको स्थापित गर्ने प्रयत्न ओलीको छ। किनकि, त्यसो भयो भने उनीमाथि नै प्रश्न उठ्न सक्छ। उनी प्रचण्ड र नेपाललाई पुष्ट-अपुष्ट तथ्यको सहारामा विभिन्न कोणबाट निरन्तर प्रहार गरिरहेका छन्। त्यसैलाई पटकपटक दोहोर्‍याएर सत्य स्थापित गर्न खोजेजस्ता देखिन्छन्।

मुख्यगरी प्रचण्ड-नेपाललाई पदलोलुप देखाउने ओलीको प्रयत्न छ। उनले ती दुवै नेतामा पदको महत्त्वाकांक्षी र पद प्राप्तीको हतारो रहेको दोहोर्‍याउने गरेका छन्। ‘केही मान्छे मैले रोकेर राख्न सकिनँ। उहाँहरुको जंगली महत्त्वाकांक्षालाई मैले शान्त गर्न सकिनँ’, पुस १७ गते प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले भनेका थिए। जबकि, आफ्नै पद जोगाउन प्रतिनिधि सभा विघटन गर्दै संविधानमाथि चोट पुर्‍याएको आरोप उनैमाथि छ।

अर्कोतिर कम्युनिस्ट आन्दोलनलाई बर्बाद बनाएको आरोप उनीमाथि छ। तर उनी अरुलाई आरोपित गर्छन्। 'तपाईंहरु आन्दोलनभित्र बसेर, पार्टीभित्र बसेर घाँसभित्र लुकेर बसेको हरियो साँप जस्तै आन्दोलनभित्र बसेर आन्दोलनलाई कमजोर पार्ने, आन्दोलनलाई बदनाम पार्ने, कम्युनिस्ट पार्टीको दुई तिहाइ कामै लागेन भन्ने, भित्रै बसेर देशको समय बर्बाद् गर्ने स्थिति ल्याउनुभयो। त्यसकारण संसद् विघटन गर्नुपर्‍यो', ओलीले भने।

ओलीले प्रचण्ड-नेपाल पक्षलाई संकर्ण उद्देश्य र पारिवारिक स्वार्थका लागि मात्रै लडेको आरोप पनि लगाएका छन्। १८ गते काठमाडौं जिल्ला स्तरीय भेलामा सम्बोधन गर्दै उनले व्यंग्यात्मक ढंगमा आफूहरुको उद्देश्य संकीर्ण, व्यक्तिगत र पारिवारिक उद्देश्यहरु नभएको र छोराबुहारी, भाइभतिजा, छोरीका लागि पनि नलडेको बताए।

अर्कोतिर, सो पक्षले पहिलेदेखि नै पार्टी फुटाउन र अस्थिरता ल्याउन खोजेको स्थापित गर्ने ओलीको प्रयत्न छ। 'आज बिहान मैले रेकर्ड पल्टाएर हेरें। गएको वैशाख १३ देखि पुस ४ सम्म खुमलटारमा मात्रै पार्टी फुटाउने २८० वटा बैठक बसेका रहेछन्। ३५ वटा बैठक बाहिर बसेका रहेछन्। कहिले कोटेश्वर, प्रेसिडेन्सियल कलेज, अगेनाको डिल, कहिले अर्याल होटल, कहिले कसको घर, कहिले कसको घर', पुस १९ गते कार्की ब्यांक्वेटमा आयोजित कार्यक्रममा उनले भने।

ओलीले आफ्ना भाषणहरुमा पहिलो पटक प्रधानमन्त्रीबाट हट्नुपर्नाको कारण दोहोर्‍याउने गरेका छन्। त्यसमार्फत उनीहरु विदेशी आशिर्वादमा चल्छन् भनेर प्रष्ट्याउने प्रयास गरेका छन्। उनको भनाइका सार छ- मैले नाकाबन्दी विरुद्ध लडें, चीनसँग महत्त्वपूर्ण सम्झौता गरें। अब यो लोकप्रिय हुने भयो भनेर मलाई हटाइयो।

'त्यतिबेला फरक फरक पार्टीमा भए पनि अविश्वास प्रस्ताव राख्ने कुरामा, मेरो विरोध गर्ने कुरामा एकै ठाउँमा हुनुहुन्थ्यो। यिनै साथीहरुको संयुक्त प्रयासबाट म हटाइएको थिएँ', पुस १७ गते प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले भनेका थिए।

अहिले पनि नक्सा बनाए वापत, देशलाई विश्वमा चिनाए वापत, विकासको कामलाई तीव्रता दिए वापत आफूलाई हटाउन खोजेको उनको भनाइ छ। उनले अहिले पनि विभिन्न शक्तिको आशिर्वादको आडमा हुँडलो मच्चाउन खोजिएको दाबी गरिरहेका छन्।

'प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव राख्ने, त्यसपछि विभिन्न दक्षिणपन्थी तत्वहरुसँग साठागाँठ गरेर सरकार बनाउने, पहिले जस्तै। विभिन्न तत्वसँग मिलेर सरकार, अनि तीनतीन महिनामा सरकार परिवर्तनको खेल चलिरहने। त्यसबाट बच्न अरु कसैको आशिर्वाद खोजिरहनुपर्ने, जतिबेलासम्म तथास्तु भन्यो त्यतिबेलासम्म', पुस ९ गते बालुवाटारमा आयोजित आफू पक्षको केन्द्रीय कमिटी बैठकमा ओलीले भनेका थिए।

बिम्बको सहायतामा कटाक्ष
पुस १५ गते कार्की ब्यांक्वेटमा आयोजित उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेश स्तरीय बृहत कार्यकर्ता भेलामा ओलीले प्रचण्डको नाम नलिई बाँदरसँग तुलना गरिदिए।

‘रामले लंकामा एउटा परिस्थितिमा बाँदर जातका मानिसहरुलाई लिएर लडाइँ लडेका थिए भनेर बाँदरले नै केके न गर्ने गरेछ भन्ने ठान्नुहुँदैन। बाँदरले कुनै घर बनाउँदैन। बनायो कि भत्काउँछ’, ओलीले भने, ‘बनाउने काम गर्दै गर्दैन। भत्काउने काम गर्छ। बाँदर लिएर बस्ती बसाउँछु भन्ने ठानेको थिएँ, टाप ठोक्यो।’

त्यसका अतिरिक्त ओलीले प्रचण्ड र नेपाललाई कहिले भेट्नु कुहिएर झरेको फल, कहिले पिलो निचोरिएको, कहिले गाडी जाम गराउने नटबल्टुसँग तुलना गरेका छन्। ‘समस्या कहाँनेर रहेछ, जाम कहाँ भएको रहेछ, खिया कहाँ लागेको रहेछ? दुइटा नटबल्टु फेर्दाखेरी गाडी अगाडि। हामीले फेरेको पनि होइन। आफैं फुक्लिए। खिया लागेको दुइटा नटबल्टु फुक्लिएको थियो, पार्टी गतिसाथ अगाडि गयो’, १८ गते आयोजित कार्यक्रममा उनले भनेका थिए।

नेकपामा आफ्नो हक लाग्ने र आफूहरु नै आधिकारिक भएको दाबी गर्न पनि उनले अनेक बिम्ब प्रयोग गरेका छन्। १८ गतेकै कार्यक्रममा उनले पार्टी बरमझियाको पेडा पसल नभएकोले आफूहरुले आधिकारिकता दाबी गरिरहनु नपर्ने बताए। त्यस्तै, आधिकारिकता दाबी गरिरहेका प्रचण्डलाई भने बच्चासँग तुलना गरे। 'एकपल्ट मैले दुई केटाकेटी देखेको थिएँ। एकजना बच्चाको हातमा खेलौना थियो। अर्कोले कस्तो राम्रो खेल्न देउ न, हेर्न देउ न भन्दै माग्यो। सोझो हिसाबले उसले दियो। दुईटैले एकछिन मिलेर खेले। एकछिन पछि फेरि अघि खेलौना माग्नेले नै लियो', उनले झटारो हाने, 'त्यो बच्चा कस्तो प्रचण्डको डुप्लिकेट रहेछ!'

माधव नेपालप्रति उनको गुनासो अचाक्ली छ। त्यसैले आफ्ना सम्बोधन तथा अन्तर्वार्तामा उनीप्रति कटाक्ष गर्न बिर्सिँदैनन्। उनलाई उनको समूहको अध्यक्षको रुपमा अस्वीकार गर्ने उनको अभिव्यक्तिको सार खिच्न सकिन्छ। ‘माधव नेपालजीको सम्बन्धमा त मलाई खास टिप्पणी नै गर्नुपर्ने छैन। किनकि उहाँ प्रचण्डको एउटा मामुली कार्यकर्ता हो। उहाँ कार्यकर्ता हुन जानुभएको छ’,  पुस १५ गते कार्की ब्यांक्वेटमा आयोजित कार्यक्रममा ओलीले माधव नेपालको बोल्ने शैलीको नक्कल गर्दै भने, ‘मलाई पदको लोभ छैन। म अरुजस्तो पद लोलुप होइन। तर मलाई उधारो हुँदैन। नगद चाहिन्छ। उधारो म पत्याउँदिनँ। हाताहाती चाहिन्छ। नगद के रहेछ भनेको त द्वितीय अध्यक्ष!’

पुस ९ गते बालुवाटारमा आयोजित कार्यक्रममा पनि ओलीले नेता नेपाललाई ‘पार्टी फुटाए बापत रजत पदक पाएको’ भन्दै व्यंग्य गरेका थिए। 

ओलीले अहिलेको लडाइँ सत्य र असत्यको भएको बताउने गरेका छन्। ‘मधुकैटभले न उहिल्यै जिते, न अहिले जित्छन्। कहिलेकाहीँ ब्रह्माको आसनसम्म डगमगाएका हुन् तिनीहरुले। तर मधुकैटभले जितेनन्, जित्दैनन्’, सोही कार्यक्रममा उनले भनेका थिए।

असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेका ओली त्यसको औचित्य पुष्टि गर्नभन्दा अरुलाई निर्वाचनसँग डराएको स्थापित गराउने प्रयत्नमा देखिन्छन्। प्रचण्ड-नेपाल पक्षलाई जनताले भोट नदिने भएकाले निर्वाचनबाट भागिरहेको उनको आरोप छ। ‘चुनाव भन्ने बित्तिकै आजकाल निद्रामा झस्किनुहुन्छ। जनताको भोट सम्झिनुहुन्छ, झस्किनुहुन्छ’, पुस ९ गतेको सम्बोधनमा उनले भनेका थिए।

विषयलाई प्रस्तुत गर्ने ओलीको शैली रोचक छ। उनी हँसाउँछन्, हाँस्छन्, अरुलाई गिज्याउँछन् र आफूले दिन खोजेको सन्देश चलाखीपूर्वक प्रस्तुत गर्छन्। प्रतिनिधि सभा विघटन भएपछि उनलाई लागेका केही आरोपमध्ये एक हो, प्रतिगमनकारी। तर उनी त्यो आरोप अरुलाई नै लगाउन तयार छन्। पुस १८ गतेको सम्बोधनमा उनले भनेका थिए- ‘उहाँहरु प्रतिगमनकारी क्रियाकलाप गरिरहनुभएको थियो र प्रतिगमनतर्फको यात्रा गरिरहनुभएको थियो। र खास प्रतिगमनको तयारी गरिरहनुभएको थियो। हामीले प्रतिगमन रोक्नुथियो। त्यसलाई ब्रेक लगाउनुथियो। उहाँहरुले आन्दोलनलाई भीरबाट खसाल्न खोज्नुभएको थियो, त्यसलाई रोक्नुथियो। हामीले स्टेयरिङ सोझ्याउनुथियो। हामीले स्टेयरिङ सोझ्याएका हौं।’

मर्यादा कसले जोगाउने?
‘उहाँहरुभन्दा कमसेकम १० वर्षअगाडि मैले (कम्युनिस्ट पार्टीको) सदस्यता लिएको होला। १० या १५ वर्षअगाडि कार्यकर्ता भएर हिँडेको होला। एउटा नयाँ आन्दोलनको सुरु गरेर यहाँसम्म ल्याइपुर्‍याउने कामको अगुवाइ गरेको होला। यो एकता एकीकरण प्रक्रियाको पनि नेतृत्व गरेको होला। तर त्यसका बाबजुद उहाँहरुले ती कुनै मर्यादाका सीमा नराखेर पार्टीको प्रमुख अध्यक्ष, त्यो पनि इतिहास नभएको होइन। संघर्षको इतिहास, जेलनेलको इतिहास सबै भोगेर र देशलाई नेतृत्व गरेर आएको व्यक्तिको सम्बन्धमा न उहाँहरुले उमेरको मर्यादा राख्नुभयो, न योगदानको, न इतिहासको, न पदीय हैसियतको। कुनै पनि मर्यादा नराखीकन जुन प्रकारको जग हँसाइ उहाँहरु गरिरहनुभएको छ, त्यो अत्यन्तै दुखद् कुरा छ।’

पुस १७ गतेको भर्चुअल सम्बोधनमा ओलीले भनेका कुरा हुन्, यी। उनको अभिव्यक्तिले प्रष्ट पार्छ, आफ्नो मर्यादाबारे ओलीमा कति चासो र चिन्ता छ।

आफ्नो सम्बोधनमा भने ओली अरुको मर्यादा राख्नुपर्ने दायित्वबोध गर्दैनन्। अरुलाई होच्याएर आफू माथि भएको भ्रममा उनले कैयौं भाषण ठोकेका छन्। आफ्नो भूमिकाको मूल्यांकन हुनुपर्ने दाबी गर्ने उनलाई अरुको भूमिकाको भने तेजोबध गर्न आनन्द आउने स्वभाव छ। जसका लागि उनले प्रयोग गर्ने बिम्ब र शब्द शैलीबारे चर्चा भइसक्यो।

पुस ९ गते बालुवाटारमा आयोजित आफू पक्षको केन्द्रीय बैठकमा उनले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ विरुद्ध धारणा व्यक्त गरे। उनको भनाइको सार थियो- नारायणकाजी जनयुद्धमा पनि हिँडेका थिएनन्। जनआन्दोलनमा पनि हिँडेका थिएनन्। जिन्दगीमा एउटा जुलुसमा हिँडेका छैनन्। त्यस्तो व्यक्तिको नेतृत्वमा आन्दोलन, खुट्टी देख्दै चाल पाइयो।

प्रचण्ड-नेपाल पक्षले श्रेष्ठको नेतृत्वमा आन्दोलनको तयारी गरेपछि उनलाई तेजोबध गर्न ओलीले त्यस खालको अभिव्यक्ति दिएको सहजै बुझिन्छ।

ओलीको अभिव्यक्तिको प्रतिवाद गर्दै श्रेष्ठ निकट नेता गिरिराजमणि पोखरेल भन्छन्- ‘पार्टी एकता गर्दा उहाँहरु नै सहमत भएर सचिवालयमा राखेको हो। एकीकृत पार्टीको प्रवक्ता बनाएको हो। खुट्टी नदेखिएको मान्छेलाई किन बनाएको होला त? हरेक मान्छेको इतिहास हुन्छ। हामी कोही सशस्त्र संघर्षबाट आयौं, कोही जनआन्दोलनबाट आयौं, कोही मधेस संघर्षबाट आयौं, कोही जनजातिको आन्दोलनबाट आयौं। नारायणकाजी श्रेष्ठ टपक्क टिपेर माथि लगेको नेतृत्व होइन। लामो संघर्षको इतिहास छ। कसैको इतिहासलाई पनि तोडमोड गरेर प्रस्तुत गर्दा न्याय हुँदैन। आफूले गरेको कामको कुराकानी गरौं, अरुको पनि सम्मान गर्न सिकौं।‘

पुस ९ कै सम्बोधनमा ओलीले सभामुखप्रति पनि कठोर धारणा व्यक्त गरेका थिए। अविश्वास प्रस्ताव दर्ताको समयका सम्बन्धमा देखिएको विवादलाई आधार बनाउँदै ओलीले कानुन नपढेका व्यक्तिलाई समामुख बनाइएको प्रसंग निकाले।

‘मलाई समामुखमाथि अचम्म लाग्यो। हुन त कानुनका किञ्चित ज्ञान नभएका, कानुनी संघर्षको अत्तोपत्तो नपाएका व्यक्तिलाई सभामुख बनाइएको छ। कानुनको अत्तोपत्तो केही छैन‘, ओलीको भनाइ थियो।

सभामुखले आफूकहाँ आएको अविश्वास प्रस्तावलाई साढे १० को समय राखेर प्रमाणीकरण गरेकोमा ओलीको आक्रोश छ। ‘उहाँले थाहा पाउनुपर्ने, सभामुखकोमा दर्ता गरिँदैन। महासचिवकोमा दर्ता गरिन्छ, ऊ नभए सचिवकोमा दर्ता गरिन्छ। अबिलम्ब सभामुखलाई जानकारी गराउँछन् र सभामुले १५ दिनभित्र कारबाही अगाडि बढाउँछन्। कानुनी व्यवस्था त्यो हो। यस्तो किर्ते काम गर्ने सभामुख हामीले पाएका छौं। किर्ते सभामुख। संसद् सचिवालयले वक्तव्य निकालेर स्पष्ट पार्‍यो’, उनले भने, ‘सभामुख भनेको एउटा स्वच्छ मान्छे हुनुपर्छ। हामीले एउटा किर्ते मान्छेलाई सभामुख मान्नुपर्ने। मानेर आइयो। कत्रो बिडम्बना। यस्ता किर्तेहरुको हातमा जब नेतृत्व हुन्छ। अनि प्रणाली अप्ठ्यारोमा पर्छ। ’

यो प्रसंगमा दुई वटा कोण छलफलका लागि सान्दर्भिक हुनसक्छन्। पहिलो, राज्यको एउटा अंगको प्रमुखले अर्को अंगको प्रमुखलाई किर्ते सभामुख भनेर लगाएको आरोप। दोस्रो, अहिले प्रणालीमा परेको अप्ठ्यारो सभामुखको कारणले हो कि प्रधानमन्त्रीको?

ओलीको शैली आफू सर्वेसर्बा हुँ भन्ने देखिन्छ। उनले गर्ने कटाक्षमा पनि त्यो स्वभाव झल्किन्छ।  त्यसको झल्को पुस १९ गतेको उनको भाषणको एक अंशले दिन्छ। उनले भने- कार्यकारी भन्ने मैले दिएको थिएँ। तर कार्यकारी दिँदा अत्यन्तै उपद्रव मच्चाउनुभयो। मैले कार्यकारी हटाइदिएको छु।

२०७६ मंसिर ४ गतेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अधिकार सहित पार्टी काममा केन्द्रित हुने निर्णय गरेको थियो। २०७७ असार १० देखि भदौ २६ सम्म चलेको स्थायी कमिटीको बैठकले प्रचण्डको अधिकारलाई अझै फराकिलो बनायो। प्रचण्डले आफ्नो अधिकारको पूर्ण कार्यान्वयन गर्न सकेनन्, त्यो अलग कुरा हो। तर प्रचण्डलाई कार्यकारी अधिकार बनाउने निर्णय पार्टी कमिटीले गरेको थियो र ओली त्यसका लागि बाध्य भएका थिए। बाध्य भएर निर्णय गर्नुपरेकै कारण ओलीले प्रचण्डलाई अधिकार प्रयोगमा असयोग गरे। तर पछिल्ला भाषणमा ओली आफूले दया गरेर प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाइदिएको भान पर्ने गरी अधिव्यक्ति दिइरहेका छन्।

अरुको कटाक्ष गर्न उनले तथ्यविहीन समाचार समेतलाई सन्दर्भमा लिने गरेका छन्। पुस १९ गतेको भाषणमा भीम रावललाई होच्याउन उनले गलत तथ्ययुक्त समाचारलाई सन्दर्भ बनाए। र कार्यकर्ताको ताली खाए।

सञ्चार माध्यमाथि निरन्तर प्रहार
आफ्नो भाषणहरुमा प्रधानमन्त्री ओलीले निरन्तर प्रहार गर्ने अर्को क्षेत्र हो- सञ्चार माध्यम। विगतमा पनि उनले सञ्चार माध्यमले समाचारमा प्रयोग गर्ने ‘तिमी’ शब्दलाई लिएर पटकपट आलोचना गर्ने गरेका थिए। आफूले गरेको राम्रो कामको प्रशंसा नगरिदिएको भन्दै सम्पादकसँग मन-मुटु नभएको बताएका थिए।

आफ्ना प्रायः सम्बोधनहरुमा उनले सञ्चार माध्यमको आलोचना गरेका छन्। पछिल्ला दिनमा पनि त्यसमा कमी आएको छैन। पुस १७ गतेको भर्चुअल सम्बोधनमा उनले संसद्‌मा आफ्ना पार्टीका नेताले प्रतिपक्षी जति पनि सहयोग नगरेको बताए। ‘सञ्चार माध्यममा लगानी गर्ने, सञ्चार माध्यमहरु आफू निकट भएका अथवा आफूबाट सञ्चालित अथवा आफ्नो कार्यकर्ताहरु, आफ्नो नातागोतामार्फत सञ्चालित सञ्चार माध्यम र सम्पूर्ण सामर्थ्यलाई सरकारका विरुद्ध र नेतृत्वका विरुद्ध केन्द्रित गर्ने, नेतृत्व खुइल्यायो भने मात्रै उसलाई विस्थापित गर्न सकिन्छ, त्यसैले खुइल्याउने नीति लिने’, ओलीको भनाइ छ।

आफ्ना निर्णयहरुमा, कार्यशैलीमा, अभिव्यक्तिहरुमा पनि कमजोरी हुनसक्छन्, त्यसलाई सुधार गरेर अघि बढ्नुपर्छ भन्ने विश्वास र सहनशीलता उनमा देखिँदैन। उनी आफूलाई मन नपर्ने सबै घटना प्रायोजित र षडयन्त्र हो भन्ने बुझ्छन्। सञ्चार माध्यममाथिको आरोप त्यस्तै देखिन्छ। उनी सहजै भनिदिन्छन्- आजको पत्रिकामा जाली समाचार छपाइएको छ, पहिलो पृष्ठमा। मान्छेहरुलाई भड्काउनका लागि झुटा समाचारहरु प्रायोजित ढंगले आफूलाई स्थापित हुँ भन्ने दैनिक पत्रिकाले छापेका छन्। (पुस १८ गतेको सम्बोधनमा)

‘प्रायोजित सञ्चारमाध्यमहरु पनि कराए। कठैबरी! किन कराएका होलान्? लगानी त देशका र लोकतन्त्रका लागि गरौं। पत्रकारिता देश, जनता, विकास, शान्ति, सत्यताका लागि गरौं। केही सञ्चार माध्यमले किन कसम खाएको हो, यो देश बन्छ भनेर किन आत्तिएको हो, मलाई छक्क लाग्छ। हामी देश बनाएर छाड्छौं, किन टाउको दुख्यो?’, १९ गतेको सम्बोधनमा उनको आक्रोश थियो

देश विकास हुन नदिने शक्ति न सञ्चार माध्यमसँग छ, न उनीहरुको काम त्यो हो। बरु, सम्पूर्ण सत्ता शक्तिलाई आफूमा केन्द्रित गरेर जवाफदेहिताविहीन शासन चलाइरहेका प्रधानमन्त्रीले सञ्चार माध्यमलाई प्रधान शत्रु बराबर देख्नु अनौठो छ।

यस्ता गाली गलौजमा ओली अझै अगाडि बढ्ने आकलन छ, विश्लेषक रोकाको। ‘उनको बर्बराहट अझै एक्स्ट्रिममा जान्छ। उनी अझै नमिठा गाली गलौजमा ओर्लिन तयार छन्’, उनी बताउँछन्।
० ० ०
प्रधानमन्त्री सहभागी भएका मुख्य कार्यक्रमहरु
पुस ६- विघटित प्रतिनिधि सभाका आफू निकट सदस्यहरुसँग छलफल। बालुवाटार।
पुस ६- नेपाल टेलिभिजन मार्फत देशवासीका नाममा सम्बोधन।
पुस ७- केन्द्रीय कमिटीको बैठकमा सम्बोधन। बालुवाटार।
पुस ८- महान्यायाधिवक्ता कार्यालयको नवनिर्मित कार्यालय भवनको उद्घाटन।
पुस ८- योहो टेलिभिजनको ‘सत्य संवाद’ कार्यक्रमका लागि अन्तर्वार्ता।
पुस ९- बालुवाटारमा ओली पक्षीय केन्द्रीय कमिटीको बैठक।
पुस १५- उपत्यकामा उपलब्ध सुदूर पश्चिम प्रदेश स्तरीय बृहत कार्यकर्ता भेला। कार्की ब्याक्वेट। 
पुस १७- ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका ओली निकट अगुवाहरूलाई सम्बोधन। जुम मार्फत।
पुस १७- नेपाल स्काउटद्वारा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा सम्बोधन। बालुवाटार।
पुस १८- नेकपा काठमाडौ जिल्ला कमिटीद्वारा आयोजित बृहत् कार्यकर्ता भेला। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी।
पुस १९- ओली निकट अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा आयोजित बृहत् कार्यकर्ता भेला। कार्की ब्याङ्क्वेट।

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  ००:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्