काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद विस्तार गरिएकोबारे एकसाता भित्र लिखित रुपमा कारण पेस गर्न सरकारका नाममा सर्वोच्चको आदेश जारी, एक सातामा जवाफ लिएर छलफलमा उपस्थित हुन आदेश ।
२) वैदेशिक रोजगारीमा आकर्षक गन्तव्यको खोजी ः यूरोपका पोल्याण्ड, रोमानिया तथा सेसेल्ससँग सम्झौताको तयारी, टर्की, पोर्चुगल लगायत अन्य युरोपियन मुलुकहरुसँग समेत श्रम सम्झौता गर्न मन्त्रालयको जोड ।
३) रासायनिक मलका २ वटा ठेक्का अलपत्र पार्ने मुक्तिनाथ कृषि कम्पनीलाई सरकारको उन्मुक्ति, शैलुङ इन्टरप्राईजेजको र मुक्तिनाथ ठेक्काको कारबाही प्रकृया एकसाथ अघि बढाइने कृषि सामग्री कम्पनीको प्रतिक्रिया ।
४) अमेरिकी राष्ट्रपति ट्रम्पले जर्जियाका निर्वाचन अधिकारीलाई आफूले विजय प्राप्त गर्न आवश्यक मतको व्यवस्था गर्न दबाब दिएको खुलासा, जर्जियाको चुनावी परिणाम सही रहेको भन्दै ब्राड रफेन्सपोगरको अस्वीकार ।
५) र, अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटमा नेपाली युवा स्टार सन्दीप लामिछाने आबद्ध टिम होबर्ट हुरिकेन्स पराजित, सन्दीप आबद्ध पूर्व क्लब मेलबर्न स्टार्स १० रनले विजयी ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।