काठमाडौं– नागढुंगाबाट करिब डेढ करोड रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन्।
स्रोत नखुलेको उक्त रकम लिएर काठमाडौं प्रवेश गर्न लागेका भारतीयलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेकाको थप विवरण गोप्य राखेको छ। सोमबार पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।