• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस २४, २०८२ Thu, Jan 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

एनसेलको स्वामित्व बिक्री : आयकर ऐनको दफा ५७ अनुसार ६० अर्ब रूपैयाँ कर निर्धारण

64x64
सविन मिश्र आइतबार, पुस १९, २०७७  १२:२९
1140x725

काठमाडौं-सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व परिवर्तनमा आयकर ऐन २०५८ को दफा ५७ अनुसार ६० अर्ब रूपैयाँ कर निर्धारण गरेको छ। २०७२ मा एनसेलको स्वामित्व टेलियासोनेराबाट एक्जियटामा हस्तान्तरण हुँदा लाग्ने पुँजीगत लाभकरको विषय टुंगिएपछि एनसेलमाथि आयकर ऐनको दफा ५७ को व्यवस्थाअनुसार कर निर्धारण गरिएको हो। 

ठूला करदाता कार्यालयले केही दिनअघि एनसेललाई कर निर्धारणको प्रारम्भिक सूचना दिइसकेको छ। एनसेलसम्बद्ध स्रोतका अनुसार ठूला करदाता कार्यालयका एक उपसचिव नै प्रारम्भिक सूचनाको पत्र लिएर एनसेल कार्यालय पुगेका थिए। 'कर कार्यालयले प्रारम्भिक सूचना दिएको छ,' स्रोतले नेपाल लाइभसँग भन्यो। 

ठूला करदाता कार्यालयले यही पुस २९ गतेभित्र एनसेलमाथि कर निर्धारण भएको पत्र दिनेछ। एनसेलले प्रारम्भिक पत्र बुझिसकेकाले उसले सरकारको पत्रअनुसार किन कर निर्धारण हुनु नपर्ने हो त्यसको जवाफ दिन सक्छ। करदाताले दिएको जवाफअनुसार कर रकम समायोजन गर्न सक्ने भए पनि सामान्यतया प्रारम्भिक सूचनामा उल्लेख भएअनुसार नै कर निर्धारण हुने भएकाले एनसेलमाथि थप ६० अर्ब रूपैयाँ कर दायित्व सिर्जना हुनेछ। 

Ncell 2
Ncell 2

ठूला करदाता कार्यालयले परामर्शदाताको सुझावअनुसार नै एनसेलमाथि कर निर्धारण गरेको स्रोतले जनाएको छ। एनसेलले पुँजीगत लाभकर यसअघि नै बुझाइसकेकाले नियन्त्रणमा परिवर्तन हुँदा लाग्ने कर यसपटक निर्धारण गरिएको हो। 'सबै अध्ययन गरेर कर निर्धारण गरिएको छ,' स्रोतले भन्यो, 'चार वर्षअघिको कारोबार भएकाले ब्याजसमेत जोड्दा अलि धेरै देखिन पुगेको हो।' 

२०७२ चैत २९ गते एनसेलको ८० प्रतिशत स्वामित्व १ खर्ब ४३ अर्ब ६५ करोड रूपैयाँमा बिक्री भएको थियो। यो बिक्रीमा लाग्ने पुँजीगत लाभकर यसअघि नै तिरेको थियो। सर्वोच्च अदालतको फैसलाअनुसार निर्धारित कर रकम एनसेलले २०७६ चैत ३० गते तिरिसेकेको थियो। 

एनसेलको स्वामित्व परिवर्तन भएसँगै पुँजीगत लाभकरलाई लिएर प्रश्न उठाइएको थियो। लामो समय अदालतमा बहसको विषय बनेको यो विवादमा अदालतले पुँजीगत लाभकर नै हिसाब गरिदिएको थियो। पुँजीगत लाभकर भुक्तान भएसँगै सरकारले स्वामित्व परिवर्तनमा लाग्ने कर निर्धारण गरेको हो।

सर्वोच्च अदालतले २१ अर्ब १० करोड लाभकर तिर्ने गरी फैसला गरेको भएपनि ठूला करदाता कार्यालयले तत्कालीन समयमा जरिवानासमेत गरी २२ अर्ब ४४ करोड रुपैयाँ बुझाउन एनसेललाई पत्र पठाएको थियो। एनसेलले लाभकर र जरिवानासमेत गरी गरी जम्मा २४ अर्ब ४३ करोड रुपैयाँ चुक्ता गरेको हो। 

एनसेलको पुँजीगत लाभकरका विषयमा परेको मुद्दामा २०७६ भदौ ९ गते फैसला गर्दै सर्वोच्च अदालतले २१ अर्ब १० करोड रुपैयाँ कर लाग्ने ठहर गरेको थियो। यसअनुसार ब्याजको हिसाब गर्दै ठूला करदाता कार्यालयले एनसेलमाथि २२ अर्ब ४४ करोड रुपैयाँ कर लाग्ने भन्दै पत्र पठाएको थियो। 
 

प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  १२:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सुनको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ६... बिहीबार, पुस २४, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ७६... बिहीबार, पुस २४, २०८२
ताजा समाचारसबै
कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर छु : प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्डले मधेशमा गाएको सायरी उद्धृत गर्दै रहबरले पार्टीबाट दिए राजीनामा बिहीबार, पुस २४, २०८२
राष्ट्रपतिसँग अमेरिकाका राजदूत डीन आर थम्सनले गरे बिदाइ भेट बिहीबार, पुस २४, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम बिहीबार, पुस २४, २०८२
पूर्वमन्त्री गुप्ताको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने सर्वोच्चको आदेश बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्