काठमाडौं–एभरेष्ट बैंकले चितवनको भरतपुरस्थित हाकिम चोकमा आफ्नो १०० औं शाखाको उद्घाटन गरेको छ। बैंकले पुस १५ गते दाङको घोराहीमा ९९ औं शाखा स्थापना गरेको थियो।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र नेपाल उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा शाखा उद्घाटन गरेका हुन्। समारोहमा प्रमुख कार्यकारी अधिकृत नेगीले स्थानीय बासिन्दालाई उच्च गुणस्तरको सम्र्पूर्ण अत्याधुनिक बैकिंग सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए।
दाङको घोराही शाखाको उद्घाटन भने बैंकका सहायक महाप्रबन्धक केशव पौडेल र घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले संयुक्त रुपमा गरेका थिए। स्थापनाकालदेखि नै ग्राहकहरुको रोजाइमा रहेको यस बैंकले हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेका १०० वटा शाखा संजाल, प्रादेशिक कार्यालय , १३२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।