• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आफू असली नेकपा जताउन केपी ओलीले प्रयोग गरेका ‍८ किस्सा

64x64
डिबी खड्का शनिबार, पुस १८, २०७७  २०:२९
1140x725

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित छ। दुवै समूहले आफूलाई असली नेकपा दाबी गरिरहेका छन्। यद्यपि निर्वाचन आयोगले कुनै समूहलाई आधिकारिता दिइसकेको छैन। 

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राजधानीमा आयोजित काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलामा 'बरमझियाको बुढाको पेडा पसल हो र असली दाबी गर्नलाई?' भन्दै आफू असली नेकपा भएको पटक–पटक जिकिर गरे। निर्वाचन आयोगले सही 'चार्ली च्याप्लिन' चिन्ने भन्दै हास्य कलाकार च्याप्लिनकै हाराहारीमा ठट्टा गरे। 

जसको कटेरो उसकै पुच्छर बाहिर
प्रधानमन्त्री ओलीले सम्बोधनको सुरुदेखि नै अनेक किस्सा र विम्बको प्रयोग गरे। यही क्रममा उल्लेख भयो– जसको कटेरो उसको पुच्छर बाहिर? उनले आफू साविकको नेकपाको घरमूली भएको दर्शाउन उनले यसको प्रयोग गरेका हुन्। उनले भने, 'कार्की ब्याकेटमा गएर केपी ओलीलाई निकाल्ददियौँ भनेर भन्नु भएछ। निर्वाचन आयोगमा पत्र पठाउनु भएछ। निर्वाचन आयोगका आयुक्त कति दिन हास्नु भयो होला? जसको कटेरो उसको पुच्छर बाहिर?'

प्रचण्ड-माधव समूहको आन्दोलनमा कार्यकर्ता र जनताले साथ नदिएको बताउन उनले रत्नपार्कको सिसीवाला औषधि पसलेको प्रसंग सँगै जोडेर ल्याएका थिए। त्यो आन्दोलनमाथि ओलीको मजाक यस्तो थियो, 'पेरिसडाँडामा अहिले पत्रकार सम्मेलन हुँदैछ। यति गते यहाँ जाने, वहाँ जाने भनेका छन्। सिसीमा औषधि जम्मा गर्नेले पनि अलीअली मान्छे जम्मा गर्छ। टाउको दुखेको, पेट दुखेको औषधि भनेर अब रत्नपार्कमा जम्मा गर्ने वहाँहरूको हालत हो।'

नेकपा पेडा पसल हो र असली दाबी गर्नलाई?
नेकपा नाम र लोकप्रिय चुनाव चिह्न सूर्यको लडाइँ पेचिलो बन्दै गइरहेको छ। दुवै समूहले आ–आफ्नो दाबी गरिरहेका छन्। यही क्रममा प्रचण्ड-माधव समूहले आफूसँग केन्द्रीय कमिटीको बहुमत संख्या रहेको जनाउ दिन माइतीघरदेखि निर्वाचन आयोगसम्म केन्द्रीय समितिका नेताहरूलाई नै हिँडायो। शीर्ष नेताहरूले आयोगमै पुगेर हस्ताक्षर बुझाए। आफूहरू वास्तविक नेकपा भएको भनेर दाबी पेस गरे। 

यसैमाथि शनिबार केपी ओलीले मजाक गर्दै भने, 'यो बरमाझियाको बुढोको पेडा पसल हो र म नै असली भनेर दाबी गर्नलाई? यो पेडा पसल होइन। पार्टी हाम्रो हो। हामी नै असली हौँ भनेर निवेदन दिएको भनेर मलाई जानकारी आएको छ। जसको घर हो ऊ निवेदन हाल्न जानु पर्छ? जसको जमिन र गाडी हो ऊ जानु पर्दैन। पार्टीको विधान र नियमावली र कानुनअनुसार पार्टी सञ्चालन गरिरहेका छौँ।'

प्रचण्ड र नेपाल भेट्नु कुहिएर झरेका फल
प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्ष गरिरहेका नेकपा प्रचण्ड–माधव समूहलाई खिया लागेको नटबोल्टदेखि भेट्नु कुहिएर झरेका फलसम्मको संज्ञा दिए। उनीहरू नेकपाबाट अलग्गिएको तर पार्टी नफुटेको दलिल कार्यकर्तामाझ पेस गर्ने क्रममा पूर्व सहयोद्धाविरुद्ध यो स्तरको गालीगलौजमा ओली उत्रिएका हुन्। उनको भनाइ थियो, 'भेट्नु कुहिएर झरेका दुई फलहरूले रुख मै हुँ भनेर दाबी गर्ने? बैठकमा आउनुस् भनेका छौँ। पुष्पकमल दाहाललाई अध्यक्षमा राखेका छौँ। माधव नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेतामा राखेका छौँ।'

पार्टीमा विभाजनको अवस्था आउनु र सरकार राम्रोसँग सञ्चालन गर्न नसक्नुमा दोषी पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई देखाउने क्रममा उनले सधैँको झमेला र गुटका कारण  यस्तो अवस्था आएको आरोप लगाए। 

Ncell 2
Ncell 2
nimb
nimb

पार्टी र सरकारले अब रफ्तार पकड्ने जिकिर गर्न उनले यस्तो तीतो शैली अपनाए, 'सधैको झमेला र गुटको स्थिति थियो। गएका तीन वर्ष पार्टीले देश अघि बढाउन महत्वपूर्ण काम गर्नु पर्दथ्यो तर त्यो भएन। कार्यकर्तालाई अलमलमा राखियो। असंगठनमा राखियो। बलिदान गरेका कार्यकर्ता आज समाजको पछौटेपन हटाएर समाजलाई सचेत बनाएर संगठित नभएर शिथिलतामा पुगेका छन्। समस्या कहाँ रहेछ र खिया कहाँ लागेको छ? दुई वटा नटबोल्ट फेर्दा कहाँ पुग्यो। खिला लागेका नटबोल्ट आफैँ फुक्लेका हुन्।'

असली चार्ली च्याप्लिन अदालतले चिन्छ 
शनिबारको प्रधानमन्त्री ओलीले कार्यकर्तालाई सम्बोधन गरिरहेका थिए वा कुनै हास्य कलाकार मनोरञ्जन दिने कोसिसमा थिए भनेर छुट्याउन मुस्किल पर्ने देखिन्थ्यो। पदीय मर्यादा र परिस्थितिले प्रदान गरेको जिम्मेवारीको ख्याल गर्नबाट उनी पटक–पटक चुके। सँगै अदालतमा विचाराधीन मुद्दामा घुमाउरो रुपमा अदालतमाथि नै व्यंग्य कसे। 

प्रधानमन्त्री ओलीले आफू असली नेकपा भएको दलील पेस गर्दै अदालत र निर्वाचन आयोगले असली चार्ली च्याप्लिन चिन्ने क्षमता राख्ने बताए। विश्व विख्यात हास्यकलाकार चार्ली च्याप्लिनसँग जोडिएको यस्तो किस्सा सुनाए, ‘एकपटक चार्ली चाप्लिनको क्यारिक्याचेर गर्ने प्रतिस्पर्धा भएछ। त्यो प्रतियोगितामा चार्ली पनि सहभागी भएछन्। चारजना फाइनल राउन्डमा पुगेछन्। त्यहाँसम्म चार्ली पनि पुगे। प्रतियोगिताको अन्तिममा अरु नै असली चार्ली ठहरिएछ,’ ओलीले कथामा प्रचण्ड-नेपाललाई व्यंग्य गर्दै भने, ‘हाम्रो अदालत चार्ली चाप्लिन कुन हो भनेर छुट्याउन नसक्ने अवस्थामा छैन। जुँगा हेरे चिन्छ। जेल लगाएको कपाल हेरेर चिन्छ। अनुहार हेरेर चिन्छ। अनेक हिसाबले चिन्छ। कुम हल्लाएको भएपनि चिन्छ।’

ओलीले न्याय निरुपण गर्नेहरूले गल्ती नगर्ने बताउँदै सूर्य चिन्ह आफ्नो पार्टीका हुने विश्वास कार्यकर्तालाई दिलाए। ‘ढुक्क हुनुस् साथीहरू सूर्य चिन्ह हामीसँग हुन्छ। पार्टी हाम्रो हुन्छ,’ ओलीले चुनाव चिन्ह र पार्टी आफ्नो बनाउने दाबी गर्दै भने, ‘उहाँहरूले बहुमत छ भन्नु भएको छ। 'गफै त हो नि सम्धी' भने जस्तो हो। कहाँबाट आयो बहुमत उहाँहरूसँग? कहाँ पुष्टि भयो? कुन महाधिवेशन वा कुन अधिवेशनले भन्यो?’

प्रचण्डको डुप्लिकेट बच्चा
प्रधानमन्त्री ओलीले अर्को समूहका नेता प्रचण्डसँग नेकपाको वास्‍तविक लिगेसी नभएको दर्शाउन केटाकेटी र खेलौनाको कथा हाले। आफ्नो पार्टी राम्रो लागेर एकता गर्न आएको तर अहिले आफ्नो दाबी गरिरहेको उनको उक्त कथाको सार थियो।

उनले उक्त प्रसंग यसरी प्रस्तुत गरे, 'एकपल्ट मैले दुई केटाकेटी देखेको थिएँ। एकजना बच्चाको हातमा खेलौना थियो। अर्कोले कस्तो राम्रो खेल्न देउ न, हेर्न देउ न भन्दै माग्यो। सोझो हिसाबले उसले दियो। दुईटैले एकछिन मिलेर खेले। एकछिन पछि फेरि अघि खेलौना माग्नेले नै लियो।'

यो प्रसंग यतिमै रोकिएन। प्रधानमन्त्री ओलीको झटारो थियो, 'त्यो बच्चा कस्तो प्रचण्डको डुप्लिकेट रहेछ!'

बिरालो अनि विविध
प्रचण्ड-नेपाल समूहका नेतालाई पदलोलुप देखाउने क्रममा अरु पनि अनेक कथा उनले हाले। अनेक व्यंग्यवाण गरे। थुप्रै खित्कौली सुनाए। यही क्रममा एक ठाउँमा भने, 'माथिका नेताहरूको ध्यान पदमा छ। यता (आफ्नो पक्षमा) आउनु पर्ने थियो। सुन्तला खान सुन्तलाघारीतिर जानु पर्ने थियो। सल्लाघारीतिर गएपछि कहाँ सुन्तला पाइन्छ? पद चाहिएको छ ठूलोठूलो तर खालीखाली ठाउँमा जाने?'

यसैगरी प्रचण्डलाई समयमा चिन्न आफूहरूले नसकेको विषयलाई बिरालो र चोरको किस्सासँग जोडेर प्रस्तुत गरे।  किस्सा यस्तो थियो, 'एकपटक एउटा घरमा चोर पसेछ। रातीको समयमा पसेर भाँडा भुईंमा खसेछ। घरवालाले चोर हो कि भनेछ। चोरले म्याउँ भनेछ। तर फेरि भाँडा झरेपछि हेर्दा ढाँडे रहेछ। त्यसको गति के भयो होला? एकछिन अध्यारोमा म्याउँ गर्लान्। तर यस पटक ठेगान लगाउने हो।' 

उनले संसद् पुनर्सथापना कुनै हालतमा नहुने दलील दोहोर्‍याए, 'झन्डै ६४ प्रतिशतको दलको नेताले ताजा जनादेश चाहिन्छ भनेर चलाउन्न भनेपछि कहाँ पठाउने फेरि?' यसक्रममा पनि ओलीको स्वभाविक फ्लेवर प्रस्तुत भयो। त्यो यस्तो थियो, 'घरवाला भन्दैछ छानो नयाँ बनाउछु, तर छिमेकी पुरानै छानो हुनुपर्छ भन्छन्। कुहिएको छानोले नभएर नयाँ बन्दैछ। पुरानै खरको टुक्रा खोज्न जाने कुरा संविधानमा उल्लेख छैन भनेको छु।'

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्