काठमाडौं- रौतहटबाट महोत्तरी जाने क्रममा सर्लाहीको हरिवन चोकमा भएको दुर्घटनालाई सहरी विकासमन्त्री प्रभु साहले झुक्किएर भएको बताएका छन्।
शनिबार फेसबुकमार्फत् मन्त्री साहले आफू चढेको गाडीबाट झुक्किएर लडेको व्यक्तिलाई केही नभएको र ढुक्क भएर हिँडेको विषयलाई केही अनलाइन मिडियाले अतिरञ्जित ढंगले प्रचार गरेको आरोप लगाए।
‘आज रौतहटबाट महोत्तरी जाने क्रममा सर्लाहीको हरिवन चौकमा म चढेको गाडीबाट झुक्किएर लडेको व्यक्तिलाई केही पनि नभएकाले ढुक्क भएर हिँडेको सामान्य विषयलाई ‘ठक्कर दिएर भागे’ भनेर मेरो बदनाम गर्ने उद्देश्यले केही अनलाइन मिडियाले अतिरंजित ढंगले प्रचार गर्नु र सर्लाही प्रहरीलाई मेरो यात्राबारे सम्पूर्ण जानकारी हुँदाहुँदै पनि नेपाल प्रहरीले मन्त्री प्रभु साहको गाडी ‘खुलेको’ भन्ने भ्रमपूर्ण वक्तव्य दिन गैरजिम्मेवार रूपमा प्रस्तुत भएको दु:खद विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ‚’ उनले लेखेका छन्‚ ‘सुरक्षा दिनु र सवारी सहजीकरण गर्नुको सट्टा सर्लाही प्रहरीले अफवाह फैलाउने काम गर्नु आपत्तिजनक छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।