काठमाडौँ- कामचलाउ प्रधानमन्त्री केपी ओलीले आफू असली नेकपा भएको दलित पेस गर्दै अदालतले असली चार्ली च्याप्लिन चिन्ने क्षमता राख्ने बताए। विश्व विख्यात हास्यकलाकार चार्ली च्याप्लिनको कथा हाल्दै ओलीले जति नै असली चार्ली भएको दाबी गरेपनि अदालत छुट्याउन सक्ने दाबी गरे।
‘एकपटक चार्ली चाप्लिनको क्यारिक्याचेर गर्ने प्रतिस्पर्धा भएछ। कसले गर्ने सबैभन्दा राम्रो क्यारिक्याचर भनेर। त्यहाँ चार्ली पनि सहभागी भएछन्। चार जना फाइनल राउन्डमा पुगेछन्। त्यसमा चार्ली पुगेछन्। क्यारिकेचरको अन्तिममा अरु नै असली चार्ली ठहरिएछ,’ ओलीले कथामा प्रचण्ड-नेपाललाई व्यंग्य गर्दै भने, ‘हाम्रो अदालत चार्ली चाप्लिन कुन हो भनेर छुट्याउन नसक्ने अवस्थामा छैन। जुँगा हेरे चिन्छ। जेल लगाएको कपाल हेरेर चिन्छ। अनुहार हेरेर चिन्छ। अनेक हिसाबले चिन्छ। कुम हल्लाभएको भएपनि चिन्छ।’
चार्ली च्याप्लिन चिन्नमा अदालतले गल्ती नगर्ने ओलीले दाबी गरे। निर्वाचन आयोगले पनि त्यस्तो गल्ती नगर्ने भन्दै ओलीले त्यहाँ पनि न्याय निरुपण गर्नेहरुले गल्ती नगर्ने बताए। सूर्य चिन्ह आफ्नो पार्टीका हुने बताउँदै ओली ठुक्क रहन नेता कार्यकर्तालाई आग्रह गरे।
‘ढुक्क हुनुस् साथीहरु सूर्य चिन्छ हामीसँग हुन्छ। पार्टी हाम्रो हुन्छ,’ ओलीले चुनाव चिन्ह र पार्टी आफ्नो बनाउँने दाबी गर्दै भने, ‘उहाँहरुले बहुमत छ भन्नु भएको छ। 'गफै त हो सम्धी' भने जस्तो हो। कहाँबाट आयो बहुमत उहाँहरुसँग? कहाँ पुष्टि भयो? कुन महाधिवेशन वा कुन अधिवेशनले भन्यो?’
जिल्ला वा कुनै निर्वाचन क्षेत्रमा बहुमत ल्याएर देखाउन ओलीले प्रचण्ड नेपाल पक्षलाई चुनौती पनि दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।